Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कम उमेरमा विवाह : घरायसी वातावरण, परम्परागत संस्कार र सञ्चार माध्यमको बढ्दो प्रयोग
कम उमेरमा विवाह : घरायसी वातावरण, परम्परागत संस्कार र सञ्चार माध्यमको बढ्दो प्रयोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन २१, २०७८

मस्र्याङ्दी गाउँपालिका–३ की एक किशोरी उमेरले १५ वर्ष पुगिन् । विवाह गरेको एक वर्षपछि उनले बच्चा जन्माइन्। उनी मात्र होइन, जिल्लामा उनी जस्तै कम उमेरमा आमा हुनेहरूको सङ्ख्या बढ्दो छ। 

कानून अनुसार २० वर्षअघि विवाह गर्न पाइँदैन। तर, जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १३ दशमलव १५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ। 

जिल्लामा बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि सरकारी तथा गैरसरकरी सङ्घसंस्थाले विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको देखिएको छैन।

सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्यामा अहिले पनि कमी आउन सकेको छैैन। २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला अस्पतालको अनुमान छ। 

“उमेर नपुग्दै यहाँ प्रसूति सेवा गर्न आउनेमध्ये अधिकांश १४ देखि १८ वर्ष उमेर समूहका छन्”, जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले भने, “यीमध्ये सबैभन्दा बढी १७ वर्ष उमेरका महिलाले प्रसूति सेवा लिएको छ।” 

अधिकांश किशोरीलाई शल्यक्रियामार्फत सुत्केरी बनाउनु पर्ने बाध्यता कम उमेरमा विवाह नै भएको उनले बताए। कम उमेरमा सन्तान जन्माउँदा मातृ–शिशु मृत्युदरको उच्च जोखिम रहेको प्रमुख श्रेष्ठको भनाइ छ। अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्याङ्कमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिएको उनले बताए। 

स्वास्थ्य कार्यालय लमजुङ तथा जिल्ला अस्पतालले आमा सुरक्षा कार्यक्रम गरेर चाँडै विवाह गर्दा हुने असर र विभिन्न समस्याका बारेमा आमा समूहमार्फत सेवाग्राहीलाई समेत जानकारी गराउँदै आएका पनि छन्। 

जिल्लामा विभिन्न सङ्घसंस्थाले पनि नाटक कार्यक्रममार्फत उमेर नपुग्दै विवाह गर्दा तथा गर्भवती हुँदा बच्चा र आमा दुवैलाई हुने असरलगायतका बारेमा सचेत गराउँदै आएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमार्फत बालविवाह गर्न नहुने, स्वास्थ्यमा पर्ने असर, कानूनी कारवाही हुनेबारे सचेतसमेत गराउँदै आएको छ।

कम उमेरमा विवाह गर्नेलाई प्रहरीले कारवाही समेत गर्दै आएको छ, तर पनि जिल्लामा उमेर नै नपुगी विवाह मात्र होइन कलिलै उमेरमा बच्चाको आमा बन्नेमा वृद्धि हुँदा एउटा ठूलो चुनौती बनिरहेको छ। 

कलिलै उमेरमा विवाह गर्नाले महिलाको स्वास्थ्यमा पनि असर पर्ने भएकाले यसतर्फ सचेत गराउनका लागि स्वास्थ्य शिक्षाबारे विद्यालयस्तरमै बढी जानकारी गराउनु पर्नेमा चिकित्सकले जोड दिएका छन्। 

कम उमेरमा आमा बन्नुपर्दा हुने जोखिम बारे विद्यालय स्तरमा नै सचेत एंव शिक्षा दिनुपर्ने आवश्यकता रहेको उनीहरुको भनाइ छ। अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। हेमा सन्त्यालले भने, “उमेर नपुगी गर्भवती हुँदा तथा बच्चा जन्माउँदा महिला र बच्चा दुबै जनाको स्वास्थ्यमा गम्भीर असर पुग्ने र कतिपय अवस्थामा ज्यानसमेत जान सक्ने जोखिम छ।”

ग्रामीण भेगमा स्कूले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति भएकाले पनि किशोरी उमेरमै आमा बन्ने गरेको उनको भनाइ छ। उनले किशोरी उमेरका गर्भवती जाँच गराउन आउँदा पर्न सक्ने शारीरिक, मानसिक र आर्थिकलगायत सबै प्रकारका समस्याका बारेमा सम्झाएर पठाउने गरेको उनले जानकारी दिए। 

कम उमेरमै बच्चा जन्माउँदा पाठेघर खस्ने, विभिन्न रोगको सङ्क्रमण हुन सक्ने, महिलाको योनी मार्ग बढी च्यातिनेलगायत विभिन्न असर तथा समस्या हुने उनको भनाइ छ। 

उमेर नपुगी अस्पतालमा आउने अधिकांश ती महिलाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको अस्पताल स्त्रीरोग विशेषज्ञ सन्त्यालले बताए। उनले भने, “कानूनी रुपमा २० वर्षपछि विवाह तथा बालबच्चा जन्माउन पाउने भएपनि २५ वर्ष नाघेपछि महिलाले बच्चा जन्माउँदा बढी उपयुक्त हुन्छ।” 

अस्पतालका प्रमुख श्रेष्ठका अनुसार अस्पतालमा १४ वर्षका किशोरी समेत प्रसूति सेवा लिन आउने गरेका छन्। जिल्लाका आठ स्थानीय तहमध्ये मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिकाका अधिकांश महिला प्रसूति सेवा लिन आउने गर्छन्। 

विशेष गरी आदिवासी जनजाति, दलित समुदायका महिला सानै उमेरमा विवाह गर्ने र गर्भवती हुने गरेका पाइएको उनको भनाइ छ। अस्पतालका अनुसार गत आर्थिक वर्षमा एक हजार १७१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्। तीेमध्ये  २० वर्ष भन्दा कम उमेरका १५४ जना रहेको अस्पतालले जनाएको छ। 

आर्थिक वर्ष २०७६/२०७७ मा अस्पतालमा १ हजार १२३ जनाले प्रसूति सेवा लिएका थिए। सोमध्ये कम उमेरका १७१ जना रहेको थियो। यसैगरी आर्थिक वर्ष २०७५/२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या १ हजार ११ रहेकामा १८३ जना २० वर्षभन्दा कम उमेर समूहका थिए। 

त्यस्तै आर्थिक वर्ष २०७४/२०७५ मा एक हजार ३२२ जनाले प्रसूति सेवा लिएकोमा २० वर्षभन्दा कम उमेर समूहका ३६३ जना रहेको अस्पतालले जनाएको छ। विसं २०५८ देखि अस्पतालले प्रसूति सेवा प्रवाह गर्दै आएको छ। अस्पतालको प्रसूति गृहमा १५ श्यया रहेको छ।

जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँग समन्वय गरेर बालविवाह नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ। बालविवाह गर्ने र गराउनेलाई कारबाही गर्दै आए पनि रोक्न सजिलो नभएको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार घरायसी वातावरण, परम्परागत संस्कार र सञ्चार माध्यमको बढ्दो प्रयोगले कम उमेरमा विवाह गर्ने क्रम बढेको पाइन्छ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ०८:५२
##ChildMarriage
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्