Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असोज ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असोज ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन २२, २०८३

काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) को २१औँ स्थापना दिवसको अवसरमा आयोजित अडान डे देशभर विभिन्न व्यावसायिक तथा सामाजिक कार्यक्रमका साथ भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ।

लेखापरीक्षण क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि नीतिगत सुधार, कानुनी संशोधन, दक्ष जनशक्ति उत्पादन, प्रविधिको प्रभावकारी प्रयोग तथा व्यावसायिक क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने महालेखापरीक्षक माननीय तोयम रायाले लेखापरीक्षण क्षेत्रमा दीर्घकालीन रणनीति अवलम्बन गर्दै विशेषगरी ग्रामीण क्षेत्रमा सेवा दिन सक्ने दक्ष रजिष्टर्ड अडिटर उत्पादन तथा गुणस्तरीय सेवा विस्तारमा जोड दिनुपर्ने बताएकाे छ।

प्रतिनिधि सभा सदस्य माननीय नरेन्द्र कुमार केरुङले लेखापरीक्षण पेशाको विकासमा अडानको योगदानको प्रशंसा गर्दै अडान आइक्यानबीचको सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

audan-2-1786085700.jpg

सप्ताहव्यापी रूपमा आयोजना गरिएको यस कार्यक्रमअन्तर्गत वित्तीय सुशासन, लेखापरीक्षण पेशाको सुदृढीकरण, कृत्रिम बुद्धिमत्ता (AI), समसामयिक आर्थिक तथा कर सम्बन्धी विषयहरूमा केन्द्रित अन्तरक्रिया, सेमिनार, गोष्ठी तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष आनन्दराज शर्मा वाग्ले, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, आन्तरिक राजस्व विभागका महानिर्देशक डा भिष्म राज भुसाल, SAFA का उपाध्यक्ष प्रविन कुमार झा, एशियन ओसिनियन स्ट्यान्डर्ड सेटर्स ग्रुपका उपाध्यक्ष प्रकाश जंग थापा, नेपाल लेखामान बोर्डका अध्यक्ष रमेशकुमार धिताल, एक्यानका अध्यक्ष अनुप नेपाल, अडानका निवर्तमान अध्यक्ष केदारनाथ पौडेल, पूर्व अध्यक्ष मोहनराज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल, अडानका केन्द्रीय पदाधिकारीहरु तथा विभिन्न व्यावसायिक संस्थाका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षता तथा महासचिव तिलक बहादुर अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा देशभरबाट करिब ८ सयजना रजिष्टर्ड अडिटर, चार्टर्ड एकाउन्टेन्ट, व्यावसायिक लेखापाल, कर्पोरेट प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत व्यावसायिक लेखा तथा लेखापरीक्षणमा कृत्रिम बुद्धिमत्ता (AI), अवसर, चुनौती र भविष्य,सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यान्वयन, लाभ तथा अवसरहरूू तथा नेपालको आयकर ऐन तथा कर प्रणाली स् वर्तमान समस्या, चुनौती र सुधारका रणनीतिहरूू विषयमा तीनवटा प्राविधिक कार्यपत्र प्रस्तुत गरिएको थियो।

प्रस्तुत कार्यपत्रहरूमाथि सम्बन्धित क्षेत्रका विज्ञ, नियामक निकायका प्रतिनिधि तथा व्यावसायिक संस्थाका पदाधिकारीहरूले टिप्पणी तथा अन्तरक्रिया गर्दै विषयवस्तुलाई थप व्यावहारिक र समसामयिक बनाएका थिए।

audan3-1786085743.jpg

उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईले लेखापरीक्षण पेशाको विकास, रजिष्टर्ड अडिटरहरूको क्षमता अभिवृद्धि, पेशागत हकहितको संरक्षण तथा वित्तीय सुशासन प्रवर्द्धनमा अडानले विगत दुई दशकदेखि निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पारेका थिए।

उनले बदलिँदो व्यावसायिक परिवेशअनुसार सदस्यहरूको क्षमता विकास, प्रविधिमैत्री लेखापरीक्षण तथा संस्थागत सुदृढीकरणका लागि अडान निरन्तर प्रतिबद्ध रहने बताएका थिए।

प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायाले महालेखापरीक्षकको कार्यालय लेखापरीक्षण क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सधैँ सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा आवश्यक नीतिगत सुधार तथा कानुनी संशोधनका विषयमा समेत सहकार्य गर्न तयार रहेको बताए। उनले समयको मागअनुसार दक्ष जनशक्ति उत्पादन, प्रविधिको प्रभावकारी प्रयोग तथा व्यावसायिक क्षमता अभिवृद्धिलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।

विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य माननीय नरेन्द्र कुमार केरुङले आगामी दशकमा लेखापरीक्षण क्षेत्रमा हुने पुस्तान्तरणलाई ध्यानमा राखी विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा दिन सक्ने दक्ष रजिष्टर्ड अडिटर उत्पादनका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गरेका थिए।

शुभकामना मन्तव्यका क्रममा आइक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले लेखापरीक्षण पेशाको विकासमा अडानले खेलेको भूमिकाको प्रशंसा गर्दै दुवै संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे भने अडानका पूर्व अध्यक्ष मोहनराज रेग्मीले संस्थाले हासिल गरेको व्यावसायिक उचाइलाई अझ सुदृढ बनाउँदै भविष्यमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए थिए।

यस अवसरमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित अडानका आजीवन सदस्य तथा पूर्व जिल्ला अध्यक्ष माननीय नरेन्द्र कुमार केरुङ, आइक्यानका नवनिर्वाचित अध्यक्ष आनन्दराज शर्मा वाग्ले, उपाध्यक्ष हेम कुमार काफ्ले तथा नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताललाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

स्थापना दिवसको अवसरमा अडान उपत्यका प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए। साथै देशभरका प्रदेश तथा जिल्ला कार्यसमितिहरूद्वारा अन्तरक्रिया, फुटसल प्रतियोगिता, सेमिनार, वृक्षारोपण, वृद्धाश्रममा भोजन तथा फलफूल वितरण, असहाय व्यक्तिहरूलाई सहयोग तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरी २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइएको थियो।

कार्यक्रमको अन्त्यमा अडानका वरिष्ठ उपाध्यक्ष एवम् २१औं अडान डे मूल आयोजक समितिका संयोजक डा डोलप्रसाद दाहालले धन्यवाद ज्ञापन गरेको थियो।

त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथिहरू तथा अडानका पदाधिकारीहरूले संयुक्त रूपमा स्थापना दिवसको केक काटी शुभकामना आदानप्रदान गर्दै २१औँ स्थापना दिवस समारोह सम्पन्न भएको घोषणा गरिएको थियो।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड मंगलबार, भदौ ९, २०८३
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो बुधबार, साउन २७, २०८३
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब बुधबार, साउन २७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ५ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्