Top Navigation
Main Navigation
बुधबार, वैशाख १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, वैशाख १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
शारदा बजगाईँ
शारदा बजगाईँ शनिबार, फागुन ३०, २०८२

झापा क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने अरुणोदय आधारभूत विद्यालय जुरोपानी ८ मा मिति २०८२ फागुन २१ गते विहिवार खटिँदै गर्दा त्यहाँ देखिएको मतदाताहरूको सामाजिक भावना, सहयोगी मन र यसैसँग जोडिएको राजनीतिक व्यवहार हामीले प्रयोग गर्ने सञ्चारका माध्यमहरूमा देखिने केही असामाजिक भावनाहरूभन्दा धेरै नै फरक थियो ।

पहिला जस्तो व्यक्तिमा एकअर्कालाई गालीगलोज गर्ने पार्टीगत स्वार्थ राख्दै मतदातासँग कानेखुसी गर्ने, एकअर्कालाई आक्षेप लगाउने परिपाटीहरू पूर्ण रुपमा बन्द थिए । शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई स्वतःस्फुर्तरूपमा आफ्नो पालो छोडेर उहाँहरुलाई प्राथमिकता दिने संस्कार देख्दा एकदमै खुशी लाग्यो।

Jhapa-News-1-1773483325.jpg

हामीले सामाजिक सञ्जालमा देखेका जातिय धार्मिक मतभेदहरू सिमित मान्छेहरुसँग मात्र छन्। हाम्रो समाज एकदमै सहयोगी छ भन्ने उदाहरण स्पष्ट देखिन्थ्यो । वास्तवमै शिक्षा समाजको ऐना हो । सचेत युवाहरू समाज तोड्न होइन जोड्न चाहन्छन्। नेपाली समाज परम्परागत रूपमा सहकार्य आपसी सहयोग सहिष्णुता र सामूहिकताको भावनाले भरिएको छ। 

गाउँ समाजमा मेलापात, परोपकार र सामाजिक एकताले नेपाली समाजमा बलियो सामाजिक भावना, विपत् समस्या वा विकासका काममा एक–अर्कालाई सहयोग गर्ने संस्कारबाट झल्किन्छ । यो संस्कार मैले अरुणोदय केन्द्रलाई हेर्दै गर्दा पूर्णरूपमा समाजमा झल्किएको सामाजिक भावना र सहयोगी पनि स्पष्ट रूपमा व्यवहारमा  देखिन्थ्यो।

Jhapa-News-3-1773483327.jpg

यस सामाजिक भावनाले राजनीतिमा पनि प्रभाव पारेको छ। हिजो जस्तो अरुले देखाएका आश्वासनहरू मान्ने भन्दा पनि स्वविवेक निर्णय गर्ने क्षमता व्यक्तिहरूमा देखिन थालेको छ । नागरिकहरू सामाजिक न्याय समानता र अधिकारको पक्षमा निर्धक्क आवाज उठाउन थालेका छन्। यो लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने आधार हो । र जनभावना अनुसार निर्णय गर्ने बलियो दबाब हो।

यसरी नेपाली नागरिकमा रहेको सामाजिक भावना समाज एकताको आधार मात्र नभई राजनीतिक चेतना र लोकतन्त्रलाई सुदृढ बनाउने महत्वपूर्ण आधार हो । लोकतन्त्रको सुन्दर उदाहरण पनि हो ।

याे पनि :

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १६:०३
#jhapa #election2082 #election2026
प्रतिक्रिया दिनुहोस्
थप विचार
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास मंगलबार, वैशाख १५, २०८३
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   मंगलबार, वैशाख १५, २०८३
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल सोमबार, वैशाख १४, २०८३
बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ? आइतबार, वैशाख १३, २०८३
सुकुम्बासीमाथि राज्य किन अमानवीय ?
सुकुम्बासीमाथि राज्य किन अमानवीय ? शनिबार, वैशाख १२, २०८३
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ आइतबार, वैशाख ६, २०८३
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  बुधबार, वैशाख २, २०८३
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल सोमबार, चैत २३, २०८२
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
  • नंः २ लोकतन्त्रको यात्रा र यथार्थ
  • नंः ३ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः ४ ६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
  • नंः ५ इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
विचार
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास NamiNews- नामीन्यूज
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   NamiNews- नामीन्यूज
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्