Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, फागुन ९, २०८२

आफ्नो मुलुक छोडेर विदेशी भूमिमा रोजगारीका लागि जानुको कारण आफ्नो भूमिमा काम गर्ने अवसरहरू नपाएर नै हो। सामाजिक सोच र संरचना सही ढंगले अगाडि बढेन भने पनि  मानिसहरूलाई वृतिष्णा पैदा भई विदेशिन अभिप्रेरित गर्दछ।

राजनैतिक अस्थिरताका कारण नीति नियमहरू सिस्टमेटिक ढंगले अगाडि नबढ्नु र बनेका नीति नियमहरूलाई आम नागरिकले अपनाउन जटिल हुनु पनि वैदेशिक रोजगारीको बढोत्तरी हुनुको  मुख्य  कारण हो ।

अहिले हाम्रो देश नेपालबाट वर्षेनी हजारौंको संख्यामा हाम्रा दाजुभाई तथा दिदीबहिनीहरू विदेशिनी क्रम  तीव्र गतिले बढ्नु हामी सबै नेपाली र नेपालका लागि अत्यन्त दुःखदायी कुरा हो । संसारका सबै मानिसहरूको जीवनकालमा उसले गर्ने प्रगति र उसको देशले गर्ने प्रगति उसको युवा अवस्थाकै कारण सम्भव भएको हो । किनभने युवा अवस्थामा हरेक मानिस बलवान हुने भएका कारणले उनीहरुले गर्ने श्रम ज्यादै महत्वपूर्ण र फलदायी हुने गर्दछ।

पढेलेखेका योग्य मानिसहरू र नपढेका मानिसहरू आफ्नो क्षमता र दक्षता अनुसार विभिन्न अतिविकसित र विकसित राष्ट्रहरुमा आफूले गरेको श्रमको उचित मूल्याङ्कन भई अधिक मात्रामा अर्थोपार्जन गर्न सकिने भएकोले आफ्नो भूमि छोडेर पराईको माटो टेक्छन्।

मानव सभ्यताको सुरुवातदेखि नै मानिसको स्वभाव प्रोग्रेसिभ रहेको पाइन्छ। यही संस्कारले आजपर्यन्त संसारका हामी सबै मानिसहरु तीव्र गतिले दिनानुदिन अगाडि बढिरहेका छौं। सम्भवत यही कारणले होला मानिसहरूमा तीव्र प्रतिस्पर्धा पनि छ।

र एकले अर्कोलाई पछारेर छलाङ मार्ने होडबाजीका कारण संसारका हामी सबै मानिसहरूमा अस्वच्छता, अपवित्रता र अमर्यादाले राम्रैसँग जरो पनि गाडिसकेको छ। झन् त्यसमाथि विकासोन्मुख राष्ट्रहरुमा सरकारले जनताप्रतिको उत्तरदायित्व र कर्तव्यलाई राम्रोसँग ननिभाउँदा  त्यसले सामाजिक परिस्थिति भयावह अवस्थामा पुर्‍याउँछ।

अहिले हाम्रो देशमा राज्यले नागरिकलाई गर्ने व्यवहार र त्यसबाट आएको सामाजिक परिणामले माथिको पंक्तिलाई अझ राम्रोसँग पुष्टि गर्दछ। कुनै पनि देशको प्रगति हुनको लागि त्यस देशको नागरिकलाई गरी खान सक्ने वातावरण र आर्थिक उन्नति गर्नको लागि विभिन्न व्यवसाय उद्योग धन्धा सञ्चालनमा सरलीकरण भएन भने त्यो देश कहिले पनि उभो लाग्न सक्दैन। र यस्तो परिस्थितिले त्यस देशको सामाजिक संरचनालाई र नागरिकलाई पनि नकारात्मक सोचतर्फ डोर्‍याएर लैजान्छ । 
     
हाम्रो देशले यही परिस्थिति झेलिरहेको छ । कुनै पनि नेपालीले अहिले कुनै पनि व्यापार व्यवसाय उद्योगधन्दा गर्न खोज्दा उसले सरकारी नीति नियमका कारण भोग्नुपर्ने पीडा र राजनीतिका कारण आन्तरिक रूपले व्यहोर्नुपर्ने बाधा अडचन आज नेपाल र नेपालीको उन्नतिका लागि ठूलो टाउको दुखाइको विषय  बनेको छ ।

यस्तो परिस्थितिलाई चुनौतीको रूपमा लिएर कसैले उन्नति प्रगति गरिहाल्यो भने पनि उसको आर्थिक सुरक्षाको ग्यारेन्टी कहीँ कतै भएको देखिँदैन। जब सामूहिक रूपले कुनै पनि देशको नागरिकहरुको आर्थिक उन्नति हुँदैन तब, कुनै पनि एउटा उन्नत व्यक्ति सुरक्षित हुन सक्दैन। हाम्रो नेपाली समाजमा बिना कारण उद्योगपति र व्यवसायीहरूले व्यहोर्नुपरेको क्षति यसैको परिणाम हो।

अब यस्तो अवस्थामा उद्योगहरू कसरी खुल्ने? व्यवसायहरू कसरी फस्टाउने ? अनि रोजगारी कसरी सिर्जना हुने? मानिसहरू आफ्नो उन्नति प्रगतिका लागि विकल्पहरूको खोजीमा मानव सभ्यताको सुरुवातदेखि नै रहेको कुरा माथि उल्लेख भइसकेको छ।

यो एउटा मानवीय स्वभाव र संस्कार पनि हो। राम्रो लुगा लगाउ मिठो खाउँ र सुविधामूलक जीवन बिताउँ भन्ने चाहना संसारका सबै मानिसहरुलाई हुन्छ । हामी नेपालीमा त्यो भावना हुनु कुनै अनौठो र आश्चर्यका कुरा होइन। आफ्नो मानवीय चाहनाहरू पूरा हुने भएकोले संसारका अरु अविकसित देशका मानिसहरुलाई जस्तै नेपालीहरूलाई पनि वैदेशिक रोजगारीमा आकर्षण हुनु स्वभाविकै हो।

त्यसैले अब नेपाल हाँक्ने अवसर जसले पाउँछ उसले नेपालमै रोजगारीको सिर्जना गर्नका लागि उद्योगधन्दा व्यवसाय गर्न चाहनेहरूलाई अनुकूल वातावरण बनाउन जटिल सरकारी नियमहरूलाई सरलीकृत गर्ने र साना र मझौला उद्योगधन्दाहरू सञ्चालन गर्न चाहनेहरूलाई हौसला दिने खालका नीति नियमहरू बनाउने कार्य प्रमुख प्राथमिकतामा राखेर गर्नैपर्छ।

जसले गर्दा व्यापकरूपले रोजगारीको सिर्जना हुन गई हामी सबै नेपालीको सामूहिक आर्थिक उन्नति भएर हामीमा देखिने गरेको द्वेष राग ईष्र्याको न्यूनीकरण पनि हुन्छ र हाम्रो एकता सद्भाव पनि बलियो बनेर जान्छ। अन्यथा मानवीय स्वभाव र संस्कार अनुसार सुविधामूलक जीवन जिउने निँहुमा हामी पराइको गुलाम बनिरहनेछौँ ।

याे पनि :

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शनिबार, असोज २४, २०८३
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्