Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, फागुन ३०, २०८२

२१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचनले नयाँ मुहार फेरेको छ। ३५ बर्षदेखि उही पुरानै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी तथा मधेश दलका नेताहरुको फोस्रा भाषण अनि धुसी परेका आश्वासन मात्र पाउंदैआएका नेपाली जनताले उनीहरुलाई लात मारेका छन्।

नयाँ पुस्ताको चाहना र सोच बमोजिम नेपाली राजनीतिमा नयाँ पुस्ता यो निर्वाचनले दिएको छ। प्रचण्ड जस्ता एक दुईजना पुराना अनुहार परास्त गर्न नसकेपनि अधिकाँस नयाँ जोशका अनुहार नै आएको छ। सधैं एक नंबरमा रहने गरेका कांग्रेस, एमालेलाई सोतर पार्ने कोशिश ३ बर्षअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीवाट भएको छ।

यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइको बहुमत ल्याउन सफल भएको छ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको चाहना र सोच बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइको बहुमत पाएको हो। पुराना पार्टी तथा बूढा नेताहरुको हैकमवादी प्रवृति अनि व्यापक भ्रष्टाचारको कारण देश बर्बाद परिरहेको एवम् लाखौ युवाहरु खाडीमा जानुपरेको यथास्थितिलाई मध्यनजर गरेर यसपटक नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी र उनको घण्टी चिन्हलाई ठूलो विश्वास गरेको छ।

विश्वासको बहुमत नै दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको बलियो सरकार बन्ने निश्चित भएको छ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ सिटको नतिजा आइसकेको छ । समानुपातिकको मतगणना पनि लगभग अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगद्वारा जारी मंगलबार ९ बजेको तथ्यांकअनुसार एक करोड ६ लाख ३० हजार १४८ सदर मत गणना भएको छ।

जसमा ५० लाख ९२ हजार ५७२ मत राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख २८ हजार ३९१ मत प्राप्त गर्दा तेस्रो स्थानको नेकपा एमालेले १४ लाख ३८ हजार ४९३ मत पाएको छ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ८९ हजार ९०८ मत पाउँदा अन्य दुई दलले पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका छन्। जसमा हर्कराज राई(साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्। हालसम्मको समानुपातिकको गणनामा श्रम संस्कृतिले ३ लाख ७२ हजार ४२९ मत प्राप्त गर्दा राप्रपाले तीन लाख २८ हजार ३७ मत पाएको छ।

अन्य दलले थ्रेसहोल्ड कटाउने सम्भावना निकै न्युन छ। निर्वाचन आयोगको प्रारम्भिक रिपोर्टअनुसार समानुपातिकतर्फ एक करोड नौ लाख ७७ हजार ७११ मत खसेको छ। युवाको चाहना भ्रष्टाचारमुक्त देश अनि स्वदेशमा नै उचित शिक्षा, स्वास्थ्य र रोजगार भएको कारण यसलाई मध्यनजर गरेर राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बहुमत सरकारले यसतर्फ देशलाई अगाडि बढाउने जिम्मा यो निर्वाचनले दिएको छ।

नेपाली जनताले बहुमतवाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो मौका तथा अवसर दिएको छ। यसलाई पार्टीभन्दा माथि जनताको लागि भनेर जनताको सेवामा लगाउनु अति आवश्यक छ। पुराना पार्टी र तिनका नेताले गरेको जस्तो गल्ती यो पार्टी र यो पार्टीका नेताले गर्नु हुदैन। गरेमा सत्तोसराप लाग्नेछन्।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १७:३६
#election2082
प्रतिक्रिया दिनुहोस्
थप विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्