Top Navigation
Main Navigation
मंगलबार, वैशाख १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा 
शारदा बजगाईँ
शारदा बजगाईँ शनिबार, फागुन १६, २०८२

नेपाल एउटा लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको हो। लोकतान्त्रिक व्यवस्थामा वैधानिक र विधिसम्मत तरिकाले चयन भएका जनताका प्रतिनिधिहरू राष्ट्रका मार्गदर्शक हुन् । संविधान र कानुनको पालना गर्दै निर्वाचित प्रतिनिधिहरूले जनताको चाहना, आवश्यकता, अपेक्षालाई नीतिमा रूपान्तरण गर्दछन्।

देशमा सुशासन, पारदर्शिता, जवाफदेहिता, नैतिकता, वैधता र विश्वास प्रदान गर्न साथै नीति नियमलाई अक्षरांश पालना गर्न दक्ष र असल नेतृत्व आवश्यक पर्दछ। जनप्रतिनिधिहरू इमान्दार उत्तरदायी र पारदर्शी भएमा विकासले गति लिन्छ शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्योग, पूर्वाधारका क्षेत्रमा प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्न सक्दा देश समृद्धतर्फ अघि बढ्छ। जनताको मतले छानेका प्रतिनिधि नै स्थिर सरकार दिगो विकासका आधार स्तम्भ हुन्।

नेपालमा २०८२ साल फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन लागेको छ। यस चुनावले देशको राजनीतिक र सामाजिक दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । देशभर विभिन्न राजनीतिक दलका उम्मेदवारहरू छन्। ठूला दलका साथै साना दलका र स्वतन्त्र उम्मेद्वारले पनि सांसद बन्न प्रतिस्पर्धा गर्दैछन् । हरेक उम्मेद्वारले जनताको रोजगारी शिक्षा स्वास्थ्य पूर्वाधार तथा समृद्धि जस्ता मुद्दाहरूमा आफ्नो योजना प्रस्तुत गरेका छन्।

१८ वर्ष पूरा भइसकेका सबै नागरिकहरूले मताधिकारको प्रयोग गर्न पाउनेछन्। युवादेखि वृद्धसम्म महिला र पिछडिएका समुदायसम्म सबैले मतदान गरी देशको नेतृत्व चयन गर्ने अवसर पाउँछन्। मतदानले जनताको आशा र अपेक्षा प्रतिबिम्बित गर्छ। चुनाव गराउन देशलाई आर्थिक भारको चुनौती रहेको हुन्छ । देशको आर्थिक स्थितिमा विकास र चुनौती दुवै छन्। कृषिमा धेरै जनशक्ति भएपनि रोजगारीका अवसरहरू सीमित छन्। पर्यटन निर्माण, सेवा क्षेत्रले आर्थिक गतिविधिमा योगदान दिइरहेका छन्।

सरकारले लगानी रोजगारी तथा दिगो विकासका लागि नीति बनाउन प्रयास गरिरहेको छ। तर बेरोजगारी र आधारभूत सुविधामा सुधार अझै आवश्यक छ । यो चुनावले सरकारको नीतिहरू, बजेटको प्राथमिकता, लगानी, आकर्षक रोजगारी सृजना र जनताको जीवनस्तरमाथि प्रत्यक्ष प्रभाव पार्नेछ। जनताले राम्रो नेतृत्व छान्यो भने आर्थिक सुधार र समृद्धिको बाटो छिटो तय हुन सक्छ। विगतमा जे जसो भएपनि अब जनताको भरोसा साकार पार्ने प्रतिनिधि छानेर सरकार बनोस् । पुरानो दलका सबै गलत छैनन् नयाँ दलका सबै सही नहुन सक्छन् त्यसैले मतदाताले सही निर्णय लिने समय आएको छ। 
      
चुनावले देशप्रेमी नेतृत्व चयन गर्न सके सही नीतिको निर्माण तथा कार्यान्वयन विदेशी लगानी, शिक्षा, स्वास्थ्य प्रणाली, सडक तथा सिँचाई जस्ता विकासका पूर्वाधारहरूमा सकारात्मक प्रभाव पार्नेछ। त्यसैले वैदेशिक हस्तक्षेप रोक्न सक्ने कूटनीतिक क्षमता भएका, देशमा भएको स्रोत र साधन प्रयोग गरी देशलाई समृद्ध बनाउन सक्ने क्षमता भएका योजनाबद्ध विकासको परिकल्पना गरी त्यसलाई कार्यान्वयन गर्न सक्ने व्यक्ति चयन गर्न आवश्यक छ। यसर्थ वैधानिक विधिसम्मत रुपमा निर्वाचित जनप्रतिनिधि देशको समृद्धिका भरोसा मात्र होइनन् उज्ज्वल भविष्यका आधार पनि हुन्।

याे पनि : 

नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल सोमबार, चैत २३, २०८२
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी आइतबार, चैत २२, २०८२
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ शनिबार, चैत १४, २०८२
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शनिबार, चैत ७, २०८२
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार शनिबार, फागुन ३०, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शनिबार, फागुन ३०, २०८२
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? शनिबार, फागुन २३, २०८२
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा बिहीबार, फागुन २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्