नेपालमा कसैले पनि नसोचेको र अहिलेसम्म इतिहासमा नघटेको घटना घटेको आन्दोलन भनेको जेन-जी आन्दोलन नै हो। जुन यो बर्ष २०८२ भदौको २३ र २४ गते भएको कसैले विर्सन सकेको छैन्।
देश जलेको अनि देश दुखेको यी दुई दिनमा कलिला उमेरमा जेन-जी पुस्ताका ७२ जनाको ज्यान गएको अत्यन्तै दुःखदायी घटनाले ल्याएको ८४ सालको प्रतिनिधी सभा सदस्यको निर्वाचन यही ८२ सालकै २१ फागुनमा हुन गैरहेको छ। जुन अत्यन्त नजिक पुगिसकेको छ।
यो निर्वाचन हुने या नहुने दोधार वीच सुशीला कार्की नेतृत्वको सरकारले निक्कै नै सोच विचार पूर्वक ह्याण्डिल गरेर निर्वाचनको संघारमा पुर्याएको छ । यसलाई अवश्य पनि चानचुने भन्न मिल्दैन। देशलाई नयाँ दिशावोध दिने देखि देशको मुहार फेर्ने निर्वाचनको रुपमा आँकन गरिएको यो निर्वाचनमा देशले परिवर्तन खोजेको छ।
देश अव पक्कै पनि परिवर्तन हुन्छ भन्ने यस निर्वाचनमा मतदान गर्न कम्मर कसेका नेपाली जनता परिवर्तनको पक्षमा छन्। पुराना पार्टी भनिएकाहरुको भन्दा नयाँ सोच र खोजकाहरुको यतिखेर यो निर्वाचनमा संभावनाका लहर देखिएको छ।
घर–घरमा पुरानाभन्दा नयाँकै बढी चर्चा हुने गरेको पाइएकोले पनि देश अव नयाँ अनुहारका साथ उज्यालो हुने हो कि भन्ने विश्वास बलियो बन्दैगएको छ । युवा पुस्ताको त्याग र बलिदानले निम्ताएको यो निर्वाचनले नयाँ नेतृत्वको खोजी गरिरहेको छ। युवा पुस्ताहरु नयाँ अनुहारलाई अवसर दिनुपर्छ भन्दै नयाँ राजनितिक दलका समर्थनमा भोट मागिरहेका छन्।
र त्यो भन्दा अगाडिको पुस्ताले पुरानै राजनितिक दल र नेतृत्व देशको लागि आवश्यक रहेको भन्दै पुरानै पार्टीकै समर्थनमा छन्। त्यसैले यो पटक धेरै मतदाता अलमलमा पनि छन् । एउटै परिवारमा मतविभाजन हुने देखिएको छ।
जसले गर्दा यो पटकको चुनावी नतिजा कस्तो आउने छ भन्ने यस्सै आँकलन गर्न सकिने अवस्था भने देखिदैन्। नेपालको आगामी राजनीतिक दिशा अब जनताकै हातमा छ । देशलाई जिताउने तथा हराउने पनि जनताकै हातमा रहेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ ०७:४४