नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसंगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउने बताएको छ।
नुवाकोटको विदुर-४ बट्टारमा आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले नेपाली काँग्रेसले मुलुकमा भइरहेका बेथितिलाई सुधारको लागि सम्पूर्ण पक्षलाई साथ लिएर पाँच वर्षमा ‘देशको सुधार’ गर्ने दाबी गरे।
“पाँच वर्षमा देशको सुधार हुन्छ। यसलाई काँग्रेसले मुख्य संकल्प लिएर अघि बढेका छौ।” सभापति थापाले भने “अहिलेको तुलनामा पाँच गुणा तिव्र गतिमा काम गर्छौ। सजग र सचेत भएर मुलुकमा कुनै दुर्घटना (अप्रिय घटनना) हुन दिदैनौँ।”
प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२ २०:४६