Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
शारदा बजगाईँ
शारदा बजगाईँ शनिबार, वैशाख २६, २०८३
सांकेतिक फाेटाे एआई

झापा । “तयार होऔँ” भन्ने उद्देश्य बोकेर हिँडेको स्काउटले व्यावहारिक रूपमा विद्यार्थीहरूलाई विभिन्न सिपहरू प्रदान गर्दै आइरहेको छ। झापाको शिवसताक्षी नगरपालिकामा २० वटा विद्यालयमा स्काउट कक्षा सञ्चालनमा रहेका छन्। यसै सन्दर्भमा स्काउट मास्टरहरूको क्षमता विकास तथा अभिवृद्धिका लागि रिफ्रेसमेन्ट तालिम मिति २०८३ वैशाख १८ र १९ गते पर्यटकीय स्थल श्रीअन्तुमा सञ्चालन भएको थियो। जसमा २८ जना स्काउट मास्टरहरूको सहभागिता रहेको थियो।

१२ जना महिला शिक्षक र १६ जना पुरुष शिक्षकको सहभागिता रहेको उक्त कार्यक्रममा पहिलो सत्रको प्रारम्भिक कार्यक्रम सञ्चालन नगर स्काउट परिषद् सदस्य सन्तोष खत्री सरबाट भएको थियो भने प्रारम्भिक चरणको कार्यक्रमको अध्यक्षता ज्येष्ठताको आधारमा स्काउट मास्टर केदार खनाल सरबाट भएको थियो। प्रमुख अतिथि सूर्योदय नगरपालिका स्थानीय स्काउट आयुक्त सुवास राईज्यू हुनुहुन्थ्यो भने दोस्रो सत्रको कार्यक्रम भक्ति काफ्लेद्वारा सञ्चालन भएको थियो।

१८ गतेको प्रशिक्षण कार्यक्रम स्काउटिङ गतिविधिहरू विषयमा अतिथि प्रशिक्षक श्री सुवास राईद्वारा गरिएको थियो भने नटिङको सिप नरेन्द्र सुवेदी र दुर्गा उप्रेती सरद्वारा सिकाइएको थियो। जसमा खुल्ला किल्ला पासो, बन्दकिल्ला पासो, डाक्टरी गाँठो, सन्धि गाँठोजस्ता डोरीको प्रयोग मानवीय हरेक क्रियाकलापमा आवश्यक पर्ने भएकाले डोरीको गाँठो सम्बन्धी प्रयोगात्मक अभ्यास रोचक ढङ्गले सबैजनाको सक्रिय सहभागितामा व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने गरी सिकाइएको थियो।

दोस्रो दिन बिहानको सुरुवात हामीले श्रीअन्तुको भौगोलिक तथा प्राकृतिक दृश्य अवलोकनबाट गरेका थियौँ। जसमा हामीलाई प्रशिक्षक आदरणीय व्यक्तित्व सुवास राईले सहजीकरण गर्नुभएको थियो। उहाँले नेपाल–भारत सिमाना अवलोकन गराउनुभएको थियो। जहाँ मेची नदी नेपालको र भारतको सिमानामा रहेको कुराको दृश्यावलोकन गरियो। नेपाल–भारतको भौगोलिक अवस्था उस्तै तर विकास फरक देखिरहँदा नेपाल कहिले विकसित देशको सूचीमा पर्छ ? यहाँका यस्ता राम्रा भौगोलिक तथा प्राकृतिक स्रोतहरूको प्रयोग दिगो विकासका लागि कहिले हुन्छ ? भन्ने अपेक्षा र चाहना सबैको रहेको थियो।

कार्यक्रमको औपचारिक सत्र सञ्चालन शारदा बजगाईद्वारा गरिएको थियो भने सभाध्यक्षता कार्यक्रमका संयोजक तथा शिवसताक्षी नगर परिषद् सदस्य सन्तोष खत्रीले गर्नुभएको थियो। यसैगरी प्रमुख अतिथि सूर्योदय नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओर्गेन तामाङ तथा विशिष्ट अतिथि सूर्योदय स्थानीय स्काउट आयुक्त सुवास राई रहनुभएको थियो भने उपस्थित अतिथिगणलाई स्काउट नगर परिषद् सदस्य मीना कार्कीद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो। कार्यक्रममा स्काउट क्रियाकलापअन्तर्गत शारीरिक, बौद्धिक, भावनात्मक, सामाजिक र आध्यात्मिक क्रियाकलापका बारेमा प्रशिक्षकद्वारा स्पष्ट पारिएको थियो।

कार्यक्रमका सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष तथा कार्यक्रम अवधिका व्यवस्थापकीय पक्षका बारेमा स्काउट मास्टर दीपा राईले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो। यसैगरी दुईदिने कार्यक्रमको प्रतिवेदन स्काउट मास्टर नारद दवाडीद्वारा प्रस्तुत गरिएको थियो। स्काउटहरू प्रकृतिप्रेमी हुने भएकाले फर्किने क्रममा करसाङ पदमार्गमा पदयात्रा गरिएको थियो। जाने क्रममा इलामका धार्मिक स्थलहरूको दर्शनसमेत गरिएको थियो।

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्