Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि १९औँ संस्करणको मिस नेवाः नेपाल सम्पन्न
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ ७, २०८३

काठमाडौ । राजधानीमा आज सम्पन्न १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुर पाटनकी तिशा शाक्यले जितेकी छन्।

फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ मा १६ प्रतिस्पर्धिलाई पछाडि पार्दै प्रमूख उपाधि जितेवापत तिशाले नगद एक लाख रुपैयाँ प्राप्त गरेकी हुन्।

miss-newa-nepal--5-1787484883.JPG

उपाधि विजेता तिशाले मिस नेवाः नेपालको मुख्य ताजसँगै गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितेकी छन्। सो वापत उनलाई थप १० हजार रुपियाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप तथा जेसिका श्रेष्ठ सेकेण्ड रनर्सअप घोषित भए। फस्ट र सेकेण्ड रनर्सअप भएवापत सारिकाले ५० हजार र जेसिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सबनम शाक्य मिस ट्यालेन्ट घोषित भइन् भने हिमानी प्रधान मिस ट्यालेन्ट फस्ट रनर्सअप र करुणा चक्रधर मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप भए।

miss-newa-nepal--3-1787484881.JPG

करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए भने सोही विधामा सारिका महर्जन फस्ट रनर्सअप र दृष्टि महर्जन सेकेण्ड रनर्सअप बनेका छन् । प्रतियोगितामा दुर्गा देउलाले मिस डिसिप्लिन, हिमानी प्रधानले मिस पब्लिक च्वाइस र प्रिस्टिन अवालेले बेस्ट ड्रेसको उपाधि जितिन् भने कञ्चनजंघा अगरबत्ती मिस कल्चरको उपाधि नगद १० हजार रुपैयाँसहित शिक्षा महर्जनले जितिन्।

miss-newa-nepal--2-1787484882.JPG

त्यस्तै, बेलाभिटा मिस पर्सनालिटी नगद १० हजार रुपैयाँसहित निश्ला महर्जनले जितिन् भने श्री केश बेस्ट हेयरको उपाधि नगद १० हजार रुपैयाँसहित कलशा अवालेले, बेस्ट स्किन दृष्टि महर्जनले, तस्बिर मिस फोटोजेनिक सारिका महर्जनले, मिस स्माइल अनुष्का नाकर्मीले र मिस चार्मिङ सोनिया महर्जनले प्राप्त गरेका छन् । मिस फ्रेन्डसिपको उपाधि रेजिना बज्राचार्यले जितेकी छन्।

miss-newa-nepal--4-1787484883.jpg

नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमूख निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्मण महर्जन, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित, सञ्चारकर्मी, लेक्चरर, उद्यमी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी सहसंस्थापक तथा निर्देशक स्वरूपा श्रेष्ठ र नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी सचिव प्रा. दिव्यलक्ष्मी बज्राचार्य निर्णायक रहेका थिए।

फाइट फर लाइफ नेपालकी वरिष्ठ सल्लाहकार तथा नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी उपाध्यक्ष प्रा. डा. विमला शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विधाका उपाधिमार्फत प्रतियोगीहरूको प्रतिभा र सांस्कृतिक पहिचानलाई सम्मान गरिएको थियो।

19th-miss-newa-nepal-1787485234.jpg

प्रतियोगितााको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवा समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित मिस नेवाः नेपाल आयोजना गरिँदै आएको बताएकी थिइन् । उनका अनुसार प्रतियोगितामा सौन्दर्यसँगै प्रतियोगीको प्रतिभा, व्यक्तित्व, अनुशासन, नेपालभाषा, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वका विभिन्न पक्षलाई मूल्याङ्कन गरिँदै आएको छ।

प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन, मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बासडर चिफ तिमिला महर्जनको सह–संयोजन तथा मिस नेवाः सकिना महर्जन र कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १७:१५
#missnewa #missnewanepal #19thmissnewanepal
प्रतिक्रिया दिनुहोस्
थप समाज
फोटो प्रदर्शनीमा घुइँचो
फोटो प्रदर्शनीमा घुइँचो बिहीबार, भदौ ४, २०८३
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
  • नंः २ किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
  • नंः ३ देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ? 
  • नंः ४ किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ?
  • नंः ५ बागमती प्रदेश मुख्यमन्त्रीको सपथ ग्रहण
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्