Top Navigation
Main Navigation
बुधबार, जेठ १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, जेठ १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔ : डा. ज्ञान कायस्थ
कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔ : डा. ज्ञान कायस्थ
निशान बुढाथाेकी
निशान बुढाथाेकी आइतबार, भदौ २०, २०७८
Api Himal

काठमाडौं । विश्वब्यापी कोरोना महामारीले, असर नपारेको क्षेत्र शायदै छ। विशेष गरेर, मानव स्वास्थ्यमा गम्भीर घात पु¥याएको कोरोनाले आर्थिक क्षेत्र तहस नहस पारेको छ। कोरोनाले अर्थतन्त्रमा परेको असरबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले नै, मुलुकको कूल गाह्रस्थ उप्पादनमा करीब २ अर्ब रुपैयाँको क्षति पुगेको देखाएको छ। 

यद्यपी यो प्रतिवेदन सार्वजनिक हुन बाँकी छ। मुलुकभित्र उत्पादन भएका बस्तु र सेवाको बजार मूल्य हो, कुल गाह्रस्थ उत्पादन। अध्ययन अनुसार कोभिड–१९ नभएको भए मुलुकको अर्थतन्त्रको आकार ३९ खर्ब ५ अर्बको हाराहारीमा हुने थियो। तर कोभिड–१९ को असरले ३७ खर्ब ७ अर्बमा, मुलुकको अर्थतन्त्र संकुचित हुन पुगेको भनिँदैछ। मुलुकको अर्थतन्त्रमा अहिले नै यति ठूलो रकम क्षति हुँदा, यसको सीधा असर रोजगारीमा परेको छ। 

महामारी फैलिनुअघि वैदेशिक रोजगारी सहित १ करोड ५९ लाख नेपाली विभिन्न रोजगारीमा आबद्ध थिए । ती मध्ये १५ लाख ७० हजार जनाले रोजगारी गुमाएको प्रतिवेदनमा उल्लेख छ । ती मध्ये पनि ३ लाख ५६ हजार अनौपचारिक क्षेत्र र १२ लाख भन्दा बढी औपचारिक क्षेत्रका छन्। अनौपचारिक क्षेत्रमा अधिकांश महिला आबद्ध छन्। औपचारिक क्षेत्रको रोजगारीमा पनि महिलाको संख्या बढ्दो क्रममा छन्। यति ठूलो मात्रमा रोजगारी गुमेपछि, त्यसको सीधा असर महिला रोजगारी परेको स्पष्ट छ। अध्ययन अनुसार, कोरोनाल, कृषिमा १९ अर्बको क्षति पुगेको छ। खुकुरादेखि माछा र पशुपालनमा महिलाको सहभागीता बढी। 

निजी शैक्षिक संस्थामा काम गर्ने करीब १ लाख २० हजार शिक्षक मारमा छन्। त्यहाँ पनि महिला उपस्थिति बाक्लो छ। प्रतिवेदनले देखाएको डरलाग्दो पाटो होः “लैंगिक विभेद झनै बढ्नेछ।” यो महामारीले लैंगिक समानता र महिला सशक्तीकरणमा समेत समस्या सिर्जना गरेको प्रतिवेदनले देखाएको छ। यसरको कारण हो, कोरोनाको प्रभावले परिवारका प्रायः सदस्य घरमै बस्ने गर्दा, महिलालाई कामको बोझ बढेको र आर्थिक बोझका कारण मनोसामाजिक दबाब समेत बढेको छ र ‘बढी महिला अनौपचारिक क्षेत्रमा काम गर्ने भएकाले अधिकांशले रोजगारी गुमाएको, प्रतिवेदनले देखाएको छ। साना उद्योग र कृषि उत्पादनले बजार नपाउँदा महिलाहरूको सामाजिक तथा आर्थिक अवस्था कमजोर हुँदै गएको छ प्रतिवेदनले देखाएको छ। 

Nepal Oil Corporation

सरकारी प्रतिवेदनले नै यो तस्वीर देखाएपछि, कोरोनाले महिलामाथि पारेको आर्थिक र सामाजिक असर स्पष्ट हुन्छ। अनौपचारिक क्षेत्रमा पुरुष भन्दा धेरै महिलाहरु कार्यरत छन्। अनौपचारिक क्षेत्रमा काम गर्दा, स्वास्थ्य लगायतको बीमा त हुँदैनन नै, बेरोजगार बन्ने दर पनि उत्तिकै हुन्छ। महामारीको बेला, उनीहरुको सहयोगका लागि कुनै प्याकेजको व्यवस्था छैन। होटल, पर्यटन लगायतका क्षेत्रबाट थुप्रै महिला बेरोजगार बनेका छन्। बेरोजगार बन्नुको अर्थ, आम्दनी नहुनु हो। जसको सीधा असर सशक्तिकरणमा पर्छ नै। अर्को कुरा, विश्कै आँकडामा पनि, पुरुषभन्दा तीन गुणा बढी महिला तलब नआउने काम गर्छन्। बच्चा हेर्ने पढाउने, वृद्धबृद्धको हेरचाहदेखि घरका अरु कामहरुमा उनीहरु बढी संलग्न छन्। महामारीको बेला बिरामी पर्नेदेखि घरमैै बसेका बालवालिका हेर्नसम्मको काममा उनीहरु व्यस्त हुनु परेको छ। परिवारका सदस्य पटक पटक खुवाउनेदेखि, सेवा सत्कारका कामसम्ममा पनि लाग्नु परेको छ। कतिपय व्यवसायी महिलाले, घरबाटै पनि काम गर्नुपर्ने अवस्था हुन्छ। 

यी सबै व्यवस्थापन गर्दा, महिलालाई मानसिक र शारीरिक रुपमा अरु बोझ थपिएको छ। कोरोना महामारी लम्बिदै जाँदा बेरोजगार महिलाको संख्या बढ्दै गएको छ, आम्दानी घटेको छ। तर कामको बोझ बढ्दै गएको स्पष्ट छ। यस्तो बेला महिला आफैं र सरकारले के गर्न सक्छ? के अहिलेको अवस्थामा मास्क, स्यानिटाइजर अनि भ्याक्सिन प्रभावकारी छ त? यो महामारीबाट कसरी बच्न सकिन्छ त? यसै विषयमा निशान बुढाथोकीले नेपाल कोरिया मैत्रीनगरपालिका अस्पतालका निर्देशक प्रोफेसर डाक्टर ज्ञान कायस्थसँग कोरोना भाइरस र यसको असर तथा समाधानका विषयमा विभिन्न सवाल राखेकी थिइन्। ती सवालमा डा. ज्ञान कायस्थको बुँदागत जवाफ यस्तो रह्यो–

वास्तवमा कोरोना भाइरस भनेको एक प्रकारको सार्स कोभ २ भाइरस हो। यो संक्रमणबाट हुने रोगलाई कोभिड १९ भनिन्छ। सारा विश्व यसको संक्रमणबाट ग्रसित छन्। धेरै मानिसहरुले यो रोगबाट आफ्नो प्राण त्यागिसकेका छन्। अझ यसको क्रम रोकिएको छैन। यो पशुपंक्षिमा पनि पाइन्छ। शुरुको अवस्थामा सुगर, प्रेसर हाइ भएका वृद्ध बा आमाहरु संक्रमित भएका थिए भने अहिले अझ धेरै डरलाग्दो भएर आएको छ। अहिलेको डेल्टा भेरियन्ट बच्चाहरुमा पनि छिटो छिटो सर्ने खालको छ। महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले विश्व मै नराम्ररी असर पारेको छ। विशेषगरी यो खोक्दा, थुकको छिटा, गुम्सिएको कोठामा झ्याल ढोका नखोली बस्दा पनि सर्ने सम्भावना धेरै हुन्छ। परिवारमा एक जना सक्रंमित भएपछि सबै संक्रमित हुन्छन्।

हो यसको कुनै निश्चित उमेर छैन। नेपालको तथ्यांक अनुसार ६० वर्षभन्दा माथिका नागरिकलाई ५४ प्रतिशत संक्रमित भएका छन्। बाँकी ४६ प्रतिशतमा जसलाई पनि हुन सक्छ। अहिलेको अवस्थामा बच्चाहरु प्नि संक्रमित भएका छन्। यही अस्पतालको कुरा गर्दा बच्चाहरु प्नि आएका चाँही छन्, तर भर्ना नै गर्नुपर्ने अवस्था छैन । सामान्य उपचारपछि ठिक भएको अवस्था छ। अहिले हामीसंग कोरोनाको वार्ड र पाकाहरुका लागि आइसियुहरु छन्। अब तेस्रो चरणको महामारी आउनु अगावै हामीले बच्चाहरुको लागि पिआईसियुहरु तयार गर्दैछौं। किनभने बच्चाहरुलाई विशेष ध्यान र केयर दिनुपर्ने हुन्छ।

सामान्यतया ज्वरो आउनु, थकाई, खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु, जिउ दुख्नु , गन्ध थाहा नपाउनु, स्वाद नहुनु, स्वाँ स्वाँ, निमोनिया यी सबै वयस्कहरुको लक्षणहरु हुन्। अब बच्चाहरुको कुरा गर्दा उनीहरुमा यस्तै खालको लक्षणका साथै अरु फरक  खालकका लक्षणहरु देखा पर्ने विज्ञहरुको अनुमान छ। मुटु, जोर्नी लगायत अरु अंगहरुलाई पनि असर गर्ने खालको लक्षण देखा पर्न सक्छ। गम्भिर प्रकृतिका लक्षण्हरु देखा पर्न सक्छ। भाइरसले सिधै आक्रमण गर्ने भन्दा पनि भाइरसलाई आक्रमण गर्ने शरीरले रेसपोन्स देखाउने हुँदा शरीरमा विभन्न किसिमका असरहरु देखा पर्न सक्छ। महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले विश्व मै नराम्ररी असर पारेको छ। कोरोनाले मानिसको सामाजिक गतिविधि तथा दैनिकिमाथि उथलपुथल पारिरहेको तपाई हामीले प्रत्यक्ष भोगिरहेका छौं। हामी घरभित्र बस्न बाध्य छौं। शैक्षिक संस्था ठप्प छन् भने कलकारखाना, बजार, कार्यालय जस्ता क्षेत्र सामान्य रुपमा संचालनमा आएका छन्। कोरोनाले निम्त्याएको महामारीले लाखौंको ज्यान लिई सकेको छ भने अहिले यसको रोकथामको प्रयासहरु पनि तिब्र रुपमा भैरहेको छ। 

अहिलेको अवस्थामा भ्याक्सिन एकदम प्रभावकारी छ। आँखा चिम्लेर विश्वास गर्नुस् र भ्याक्सिन लगाउनुस् भन्न्छौं हामी। कतिपय आम मानिसहरुको गुनासो छ कि भ्याक्सिन प्रभावकारी छैन भनेर, यस्तो मानसिकता त्याग्नुस्। भ्याक्सिन लगाइसकेपछि जसको शरीरमा राम्रोसंग एण्टी बडी बन्छ। उनीहरुमा संक्रमण नै हुँदैन। यदि कसैलाई संक्रमण भएपनि त्यो माइल्ड खालको देखिन्छ। अहिलेको अवस्थामा नेपालमा जति पनि संक्रमित भएका छन् ८० प्रतिशत मानिसहरुमा भारतबाट आएको डेल्टा भेरियन्ट देखिएको छ। कुनै कुनै मात्र युके, ब्राजिलियन र अफ्रिकन भेरियन्ट केही प्रतिशत मात्र देखिएको छ। अझ अहिले अर्को खतरनाक कुरा त डेल्टा प्लस भन्ने पनि देखिएको छ। यो भेरियन्टलाई भ्याक्सिनले पनि काम गर्दैन। कसैलाई कसैलाई मात्र देखिएको छ। अहिलेको अवस्थामा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन पाए राम्रो हुन्थ्यो, हाइ रिस्क समुहलाई पनि पर्याप्त मात्रामा पुर्याउन सकिरहेको छैन। त्यसको व्यवस्थापन नेपाल सरकारले गरि नै रहेको छ। त्यसको अलावा मास्क लगाउने, स्यानिटनइजर प्रयोग गर्ने, राम्रो संग हात धुने, अनावश्यक भिडभाडमा नजाने, यदि आफू सक्रमित भएमा चिकित्सकको सल्लाह लिने, आइसोलेसनमा बस्ने। केही हदसम्म हामी सुरक्षित रहन सक्छौं। मास्कले कोरोना मात्र होइन धेरै किसिमका सरुवा रोगहरु नियन्त्रणमा आएको छ। म पाटन अस्पतालमा आइसियू हेर्छु त्यहाँको प्रोफेसरको रुपमा काम समेत गर्दै आइरहेको छु, यस अर्थमा मैले त्यहाँ काम गर्ने दौरानमा कुनै पनि किसिमका सरुवारोगका विरामीहरु आएको अवस्था छैन। त्यसकारण मास्क अनिवार्य प्रयोग गर्नुपर्छ। 

हाम्रो जस्तो देशको लागि धेरै ठूलो समस्या हो। त्यसो त अमेरिकाको नै कुरा गरौं त्यहाँ कति नोक्शान भयो भन्ने कुरा अनुमान नै छैन। ट्रम्प र वायडेन राष्ट्रपति भएपछि  त्यहाँका जनताालाई आर्थिक सहयोग एक पटक बाँड्दा हाम्रो देशको १५० वर्षको बजेट बराबरको सहयोग गरेको छ। धनि देशले त बाँडेको छ, हाम्रो जस्तो देशमा त्यो सम्भव छैन। हाम्रो देशको पर्यटन, होटल व्यवसाय, संचार, शिक्षा सबै ठप्प भएको छ। जनताहरुको आयश्रोत ठप्प छ। हाम्रो देश जोगिनुको मुख्य कारण नै रेमिट्यान्स हो। वार्षिक ९ खर्बको हाराहारीमा रेमिट्यान्स आउँछ। देशको कुल बजेट १४÷१५ खर्ब हो। यदि रेमिट्यान्स नआउने हो भने हाम्रो देश पनि इथियोपिया जस्तै हुन्थ्यो, महामारी, भोकमरी लाग्ने अवस्था आउँथ्यो । त्यसकारण यसलाई नियन्त्रण गर्न सबै जनताले सावधानी अपनाउनु पर्छ, यो जिम्मेवारी सरकारको मात्र होइन हामी सबैको हो। हामी उपत्यकामा बसेकालाई त गाह्रो छ भने देशको कुना कुनामा बस्ने, रोजगारी नहुने, रोग लागेर समयमा अस्पताल पुग्न नसक्नेलाई कति गाह्रो छ होला।

विश्वभर खडेरीमा सल्किएको डडेलो जस्तै फैलिएको कोरोना भाइरसबाट हाम्रा दिदी बैनीहरु उच्च जोखिममा छन्। यही कोरोना भाइरसले गर्दा धेरै महिला दिदी बैनीले ज्यान गुमाइसकेका छन् भने धेरै दिदीवहिनीहरुको जिविकोपार्जनमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसकै कारण महिलालाई घरेलु कामको बोझ बढेको छ नै संगसगै उनीहरु घरेलु हिंसामा समेत परेको विभिन्न घटनाक्रमले देखाएको छ। 

यस्ता खालका रोगहरु एक पटक शुरु भएपछि तुरुन्त समाधान चाँही हुँदैन। विश्वमा कन्ट्रोल हुन्छ। सबैभन्दा बढी भ्याक्सिन लगाउने देशहरु अमेरिका, इजरायल जस्ता देशहरुमा कन्ट्रोल भएको छ। तर इजरायलको कुरा अलि फरक नै छ। अझ अमेरिकामा त स्कूलहरु संचालन गर्ने अवस्थामा नै पुगिसकेको छ। त्यहाँ बच्चाहरुलाई पनि भ्याक्सिन लगाउने तयारी हुँदैछ। जतिजति भाइरस कडा हुँदै जान्छ, त्यति नै छिटो हराएर जान्छ। पहिलेको अल्फा भन्दा डेल्टालाई कमजोर नै मान्नु पर्छ। केही वर्ष त लाग्छ नै। सामान्यतया सन्तुलित भोजन गर्ने, प्रसस्त मात्रामा फलफूल खाने, पानी पिउने। म के भन्छु भने कोरोना कसैलाई पनि नहोस्, यो सरकारको मात्र दायित्व होइन हामी सबैको जिम्मेवारी हो। आफ्नो आफ्नो तर्फबाट सहयोग गरौं। अनिवार्य रुपमा मास्क प्रयोग गरौं। कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं। 
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  २२:२५
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
विवाह गर्न गएका दुई युवती बिचल्लीमा
विवाह गर्न गएका दुई युवती बिचल्लीमा मंगलबार, वैशाख ३०, २०८२
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला सोमबार, वैशाख २९, २०८२
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान सोमबार, वैशाख २९, २०८२
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु सोमबार, वैशाख २९, २०८२
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र सोमबार, वैशाख २९, २०८२
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन सोमबार, वैशाख २९, २०८२
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्