Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मेलम्ची उर्लिएझैँ थामिएका छैनन् ङाजु तामाङको आँसु
मेलम्ची उर्लिएझैँ थामिएका छैनन् ङाजु तामाङको आँसु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ ३०, २०७८

हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन्। मेलम्ची पहाड यो बर्खा निकै रसायो। 

थान्किए जस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै छ। त्यही पहाडको रसायनले कमेरे माटोको लेदो बोकेर बगेजस्तै ङाजुका आँखा रसाइरहन्छन्। हेलम्बु पहाडले जस्तो ङाजुका आँसुले कसैको बित्याँस पारेको भने छैन।

बरु दिनदिनै आफ्नै आँत भने सुकाएको छ। करिब सय मिटर तल मेलम्ची बगिरहेको छ। यसो हेर्दा लाग्छ मेलम्ची रिसाएको छ। पहिलेभन्दा फरक रङ तर तेजमा बग्दै छ मेलम्ची। छेउछाउका पहरा, लहरा, झार, बुट्यान अनि गेग्रानको लेदोमात्र होइन मेलम्चीले वरपरका घरबस्ती र मानिसलाई नै आफैसँग लगेर गयो यसले। 

हेलम्बु पहाड फेदमा रहेको गणेशबगरको सिङ्गो बस्ती मेलम्चीले आफूसँगै कहाँ पुर्यायो कुनै अत्तोपत्तो छैन। करिब ४३ घरको त्यो बस्ती एकै मेसोमा बगर बने। अहिले त्यहाँ एकाध घरका अवशेष देखिन्छन्, तर बस्ती बगरमा परिणत भएको छ। बगरबीचमा ढलेर आधा पुरिएको पहेँलो रङको घर ङाजुको थियो।

घर पुरेको महिना दिन बढी वितिसकेको छ तर उहाँ त्यो घर ठाडिइहाल्छ कि भन्ने आशले हरेक दिन त्यही ढिस्कोमा हेर्न पुग्छन्। ढलेको घर के उठ्थ्यो? उठ्दैन। उनको मनले पत्याउन भने मानेको छैन।

ङाजु जस्तै आफ्नो घर पहिलेजस्तै उठिदिएहुन्थ्यो भन्ने सपना सबै स्थानीयवासी देख्छन् र बिहानबेलुकै घरको निशाना रहेको बगरको परिक्रमा गर्ने गर्छन्। वरपरको वातावरण उस्तै उराठ र सुनसान छ। 

आवाज छ त त्यही मेलम्चीको एकोहोरो सुस्साहटको। कति मेहनतले सिङारेको घर भक्लक्क ढालेर बगरले पुर्दा उनको अझै आँसु थामिएको छैन। “सर्वस्व गयो मेरो, जे थियो त्यही घर थियो, अब त यही आँसुमात्र बाँकी छ” आँसुका धारसँगै बग्छन् उनका शब्द पनि। 

कोही नयाँ व्यक्ति पुगेर केही सोध्यो कि मनको घाउ बल्झाउन आएजस्तो लाग्छ ङाजुलाई। मन नलागेपनि यसरी आफ्ना व्यथा पोखेको दुई महिनाभन्दा बढी भयो। 

सात जनाको परिवार उनका श्रीमान् कामी तामाङको दाजुभाइको गरेर ६० मुरी धान फल्ने खेत पनि सँगै थियो। घर छेउमै धान कुट्ने मिल थियो। आर्थिक रुपले सम्पन्न र सुखी थियो ङाजुको परिवार। 

असार १ को बाढी घरमा पस्यो, छिमेकका केही घर बगेका थिए। अविरल वर्षा निरन्तर रहँदा असार १७ मा उर्लिएको मेलम्चीले मिलसमेत बगाएपछि ङाजु परिवारको बासै उठ्यो। “एउटा घर बगाएर कहाँ लग्यो थाहा छैन, अर्को एउटा बगरमा पल्टिएर बसेको छ। मिलबाट निकालेको थोरै चामलले केही दिन जीवन धानियो, अहिले दाताको भरमा चुलो बन्दै छ”, आँसु पुछ्दै उनले दुःख सुनाए। मुरीकामुरी धान, मकै र चामलका बोरा सबै मेलम्चीले निल्यो। अहिले त अन्नको सग्लो दाना देख्दा पनि उनको आँखा थप रसाउँछन्। 

परेको बेला अरुलाई सहयोग गर्ने ङाजु अचेल कसले दुइछाक टारिदेला भन्ने आशमा छन्। कोही नयाँ मान्छे गाउँमा देखियो भने केही ल्याइदिए की भन्ने आशले अगाडि पुग्छन्। घरखेतै लगेका यहाँका धेरै सम्पन्न भनिएका मानिस पनि सुकुम्वासी बनेका छन्। 

विपद्ले धनी गरिब नभन्ने रहेछ। जसको घर ठिक छ पूरै पनि खोतलेर बस्न लायक बनाउन सकिन्छ। बनाउन थालेका पनि छन्। जसको घर नै बगाएर बगर बनेको छ उसलाई ठूलो चोट छ। 

उनको घर खोलाको छेउमा भएर बगेको पनि थिएन। खोला अतिक्रमण गरेर बनाइएको पनि होइन। खोला निकै तल घरबाट देखिँदैन थियो। एक्कासि मेलम्ची उर्लेर यसरी माथि आयो की झोलङ्गे पुलको समेत नाम निशान नै मेटेर लग्यो। अघिल्लो दिन चामल अलिकति निकालेका थिए। मिल र घट्ट उप्काएर राखे, त्यही चामलले सुरुको समयमा छाक टार्याे।

केही माथि संस्थाले बनाइदिएको अस्थायी टहरामा बसेर उनको परिवार अहिले गुजारा गर्दैछन्। उनले थपे, “सङ्घ संस्थाले खाना दिएको छ, त्यही खाएर बस्ने बसिराछौँ, दाताको सहयोग आएन भने भोकै बस्नुपर्छ।” बाँकी भएको बाँदर खेल्ने पखेरोमा अन्न फल्दैन। अब कसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ।

घर बगाएको ठाउँबाट तल गहिरोमा थियो खोला। घरबाट खोला हेर्न सकिँदैन थियो। त्यहाँ ठूलो फाँट पनि थियो। सबै बगर बनेको छ। अस्तिसम्मको घरबस्तीबाटै मेलम्ची आफ्नै तालमा मस्त कुदिरहेको छ। बाढी आएको दिन गाउँमा रोपाइँ थियो। 

ङाजु रोपाइँ सकेर घर फर्कदै थिए। उनका अनुसार आउँदाआउँदै उतिसलगायतका रुख निकै ठूलो आवाजका साथ गर्लम्मै ढले। कहाँ के भयो ? केही पत्तो भएन। तर एकैछिनमा हेर्दा त माथिको माछा फार्म बगाइसकेको रहेछ। अनि मान्छेको भागभाग भयो। बल्लतल्ल ज्यान जोगियो उनले सम्झिए। 

गणेश बगरका स्थानीय राम तामाङका अनुसार असार १ गते साँझ ७ बजे बाढी आएको थियो त्यसदिन खोला छेउका केही घर लग्यो। पछि  १६ गतेदेखि परेको भिषण वर्षाले १७ गते साँझ एक दुई घर मात्रै बाँकी राखेर अन्य ४३ घर लग्यो। त्यसपछि बनेको यहाँको अस्थायी टहरामा तीन समूहमा बाढीपीडित बस्दै आएका छन्। सबै मेसमा खाना खान्छन्। 

उनीहरूले सरकारसँग सबै स्थायी बासको माग गरिरहेका छन्। “बरु एकीकृत बस्ती बनाइदिए हुन्थ्यो, भाडाको जग्गामा यसरी कति दिन बस्ने”, राम तामाङले भने। दिनमा बाढी आएकाले मात्रै त्यहाँ मान्छे जोगिएको उनीहरू सुनाउँछन्। 

केही अघि उक्त बस्तीको स्थलगत निरीक्षण गरेर फर्किएका गृहमन्त्री बालकृष्ण खाँडले उनीहरूको पुनर्वासका लागि तत्काल व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन पनि दिएको छ। 

यसपाली औषतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ। जेठ २८ मा भिभिएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो। 

त्यसको अर्को दिनबाटै भारी वर्षा शुरु भई जनजीवन प्रभावित बनायो। शुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोक लगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो। असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भएको हो। 

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ। 

कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ। उनले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाए। 

यसपाली मेलम्चीको माथिल्लो हेलम्बु क्षेत्रमा खोला किनार कटान गर्दै र पहिरो खस्दै गेगरसहितको अकल्पनीय बाढीले तल्लो तटीय क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको हो। 

अझै लाखौँ टन गेगर अड्किएर बसेकाले तल्लो क्षेत्रमा जोखिम कायमै छ। उता जिल्लाको हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। 

कूल दुई हजार १०० रोपनी बढी जग्गा लगेको छ। बाढी, पहिरो र डुवानबाट यो वर्ष १३१ जनाको मृत्यु भएको छ भने ४२ जना हराइरहेका छन्।
 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्