Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, साउन ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • फोरजी सेवासहितको टेलिफोन टावर १८ स्थानमा 
फोरजी सेवासहितको टेलिफोन टावर १८ स्थानमा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असोज १८, २०७८

काठमाडौ । नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर जिल्लाको विभिन्न १८ स्थानमा सञ्चालनमा आएको छ।

जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो। 

दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडा, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताए। 

“नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको थियो”, उनले भने, “जडान गरिएकामध्ये पहिलो चरणमा १८ वटा सञ्चालन गरिएको छ। निर्माणाधीन दशवटा पनि चाँडै सञ्चालन गर्ने तयारी गरेका छौँ।”

दोस्रो चरणमा बतासे, छितापोखरी, खार्पा, दुवेकोल, ऐंसेलुखर्क, पाथेका, मेरुङ, मुडे र आमचोकमा जडान गरिएका टेलिफोन टावर सञ्चालन गर्ने तयारी गरिएको टेलिकम खोटाङका कार्यालय प्रमुख मगरले बताए। 

“टेलिफोन टावरका लागि आवश्यक सामग्री ल्याई सकिएको छ”, उनले भने, “अहिले जिल्लाका ग्रामिण सडक अवरुद्ध रहेकाले निर्माणस्थल पु¥याउन सकिएको छैन। दशै र तिहारलगत्तै बाँकी दशवटै ठाउँका टेलिफोन टावर सञ्चालनमा ल्याउँछौँ।”

नेपाल टेलिकम खोटाङका अनुसार यस वर्ष जिल्लाका थप तीन ठाउँमा टेलिफोन टावर जडानका लागि केन्द्रबाट कार्यक्रम आएको जनाइएको छ। सल्ले, राजापानी र लिच्किराम्चेमा यस वर्ष टेलिफोन टावर जडानका लागि केन्द्रबाट थप कार्यक्रम आएको कार्यालय प्रमुख मगरले जानकारी दिए।  

नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन्। जिल्लामा जडान गरिएका टेलिफोन टावरलाई प्रभावकारी बनाउन केन्द्रीय प्रशारण लाइनको विद्युत्का साथै सोलार प्यानेल जडान गरिएको टेलिकमले जनाएको छ। 

जिल्लाका अधिकांश भेगमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि दुई नगर र ८ गाउँपालिका रहेको जिल्लामा नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि हुँदै गएका छन्। 

गाउँगाउँमा फोरजीसहितको नमस्ते मोबाइल सेवा सञ्चालन भएपछि जिल्लामा रिचार्ज कार्डमात्रै २ करोड बढीको खपत हुने गरेको कार्यालय प्रमुख मगरले जानकारी दिए।  

टेलिकमले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका साथै धार्मिक तथा पर्यटकीयस्थल हलेसी, चिसापानी, ऐसेलुखर्क र खोटाङबजारमा ल्याण्डलाइन टेलिफोन विस्तार गरेको छ। जिल्लाका विभिन्न ठाउँमागरी करिब ६ सय उपभोक्ताले टेलिकमको एडिएसएल सेवा लिएको जनाइएको छ। 

जिल्लामा इन्टरनेट सेवालाई समेत प्रभावकारी बनाउन पहल थालेको टेलिकमले पछिल्लो समय दिक्तेल बजारमा फाइबर विस्तारको कामसमेत तीव्रगतिमा अगाडि बढाएको छ। दशै/तिहारलगत्तै सेवाग्राहीलाई फाइबर सेवा वितरण गर्ने लक्ष्य लिएको टेलिकमले दिक्तेल बजारमा तार टाँग्ने काम सम्पन्न गरिसकेको छ। 

दिक्तेल बजारमा फाइबर सेवा शुरु भएपछि इन्टरनेटमा कुनै समस्या नआउने कार्यालय प्रमुख मगरले बताए। “जिल्लामा विस्तार गरिएका एडिएसएल सेवामा समेत बेलाबखत समस्या देखिने गरेको छ”, उनले भने, “फाइबारमार्फत वितरण गरिने इन्टरनेट छिटो चल्नुका साथै अवरुद्ध हुने सम्भावना कम हुन्छ।”

बढ्दो प्रविधिको प्रयोगसँगै जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरु गरिएको छ तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्वाहीले स्थानीय तह तथा कार्यालयमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन्।

सेवाग्राहीलाई बिना झन्झट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (बिना कागजात) इन्टरनेटमार्फत कामसमेत शुरु गरेको छ।

इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम (प्रविधि) नचलेपछि सेवाग्राहीको काम घण्टौँसम्म रोकिने गरेको छ।

दश स्थानीय तह रहेको जिल्लामा दर्जन बढी इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट जडान गरिएका छन्। कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर जडान गरिदिएका छन् भने, कतिपयले मासिकरुपमा भुक्तानी लिने गरेका छन्। 

इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील सञ्चारकर्मी मारमा परेका छन्।यससँगै जग्गा पास तथा नामसारी गर्न जिल्ला मालपोत कार्यालय आउने सेवाग्राही पनि उत्तिकै मारमा पर्ने गरेका छन्।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०८:०१
##NepalTelecommunicationsAuthority
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम शुक्रबार, असार २६, २०८३
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक बिहीबार, असार ११, २०८३
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो बिहीबार, असार ११, २०८३
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक बुधबार, असार १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
विचार
माइतीघरको सामीप्यता: माया  स्नेह र भरोसा
माइतीघरको सामीप्यता: माया  स्नेह र भरोसा शारदा बजगाईँ
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्