Top Navigation
Main Navigation
शुक्रबार, असार २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असार २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • विदेश जाँदा ऋण, स्वदेशमै मासिक ९० लाख आम्दानी 
विदेश जाँदा ऋण, स्वदेशमै मासिक ९० लाख आम्दानी 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक १३, २०७८

काठमाडौ । पछिल्लो समय युवा वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दै गइरहेका बेला स्वदेश फर्केर व्यावसायिक उत्पादनमा लाग्ने युवाको सङ्ख्या बढ्दो छ। 

करिब दुई वर्ष दुबईमा काम गरी घर फर्किएका बागलुङ नगरपालिका-८ सिगानाका टीकाबहादुर क्षत्रीले १७ लाख लगानीमा एक वर्षअघिदेखि गाउँमै लक्ष्मी पशु कृषि फार्म सञ्चालन गरेको थियो। २५ वर्षका क्षत्रीले विदेश बसाईपश्चात् आफ्नै गाउँ ठाउँमा केही गरौँ भन्ने सोच लिएर व्यावसायिक काम आरम्भ गरेको बताउँछन। 

“१२ कक्षा पास गरी दुबई पैसा कमाउने सपना बोकेर गएको थिए, तर त्यहाँ जाँदा लागेको ऋणसमेत तिर्न सकिन”, क्षत्रीले भने, “विदेश गएपछि बल्ल महसुस भयो कि विदेशमा गर्ने दुःख आफ्नै ठाउँमा गरे यही धेरै राम्रो गर्न सकिन्छ, विदेश गएको ऋणसमेत अब पशुपालनबाटै उकास्ने योजना छ।” त्यसपछि गाउँ आएर भैँसीपालन थालेको उनको भनाइ छ। 

“अहिले गोठमा १६ वटा भैँसी छन्, पोखराबाट १ लाख ५० हजारदेखि २ लाखसम्म पैसा तिरेर ल्याइएका भैंसी छन्, अझै थप गर्ने योजना छ, मासिक ९० लाख आम्दानी हुन्छ, अहिलेसम्म लगानी नउठे पनि घाटा भने भएको छैन”, उनले भने। 

Nepal Oil Corporation

दैनिक ४० लिटर दूध बागलुङ बजारमा बिक्री गर्ने क्षत्री बताउँछन। क्षत्री भन्छन्, “अहिले गाउँ घरमा युवा युरोप अमेरिका जानेको लर्को छ, त्यो लर्कोका कुरा सुन्ने र देख्ने मेरा घरका परिवारलाई मैले गाउँमै आएर पशुपालन गर्छु भनेर कुरा राख्दा बुबाआमा र श्रीमती खुसी हुँदै स्वदेश फर्कने अनुमति दिएको थियो।” विदेशबाट गाउँमा आएर १७ लाख ऋण लिएर काम शुरु गरेको क्षत्रीले बताए।  

अहिले उनको गोठमा १६ वटा भैँसी छ। गोलभेँडा खेती लगाइएको छ। गोठको काम गर्न बुबा मानबहादुर र श्रीमती देवीले सघाएको छ। करिब ३० रोपनी जग्गा भाडामा लिएर फार्म र भैँसीका लागी घाँस रोपेको क्षत्रीले बताए।  आगामी दिनमा कृषिलाई पनि अगाडि बढाउने र गाउँका युवालाई रोजगार दिने योजना उनको छ। 

अहिलेसम्म पालिका र वडाबाट कुनै अनुदान नलिएरै अगाडि बढेको क्षत्री बताउँछन्। पालिका र वडाबाट युवा लक्षित कार्यक्रम गाउँ-गाउँमा ल्याउने हो भने युवा विदेश पलायनबाट रोक्न सकिने क्षत्री बताउँछन्। 

बागलुङ नगरपालिका–४ लामाचौर, रमेटारका झण्डै एक हजार परिवारलाई खानेपानी पुर्याउने गरी शुरु भएको योजना बजेट अभावका कारण रोकिएको छ। ट्याङ्की निर्माण भएको दुई वर्ष बित्न लाग्दासमेत लिफ्टिङका लागि आवश्यक पाइप, विद्युतका संरचनाका लागि बजेट अभाव भएको हो।

पानी जम्मा गर्न तयार पारिएका र वितरणका लागि तयार पारिएका ट्याङ्की प्रयोगविहीन भएका छन्। आर्थिक वर्ष २०७५/०७६ बाट शुरु भएको योजना क्रमागत योजना हो। चालु आर्थिक वर्षमा यो योजनाका लागि गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले ३५ लाख बजेट विनियोजन गरेको थियो तर आयोजनाको बनेका पहिलो चरणका ट्याङ्कीमा पानी पुर्याउन १ करोड १५ लाख आवश्यक पर्छ।

“विनियोजित रकमको काम भइसक्यो, बाँकी काम अगाडि बढाउन बजेट कुरेर बसेका छौँ”, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर ईश्वरीप्रसाद शर्माले भने, “पाइप, विद्युत्, मोटरलगायतका कामका लागि थप ७० लाख अपुग हुन्छ।” ११ करोड लागत अनुमान गरिएको योजनामा हालसम्म १ करोड ७६ लाख ८८ हजार मात्रै खर्च भएको छ। 

कालीगण्डकी किनारबाट लिफ्टिङ गरेर रमेटारमा पानी तान्ने योजना हो। सिधा उचाइ २४५ मिटर माथि ६ लिटर प्रतिसेकेण्ड पानी तान्ने गरी योजनाको स्टमेट छ। ३२ एचपीको विद्युतीय मोटरले पानी तान्ने योजना छ। पहिलो चरणमा तानेको पानीलाई थप ७५ मिटर माथि पुर्याएर उपभोक्ताको धारामा वितरण गरिने शर्माले बताए।

कालीगण्डकी किनारमा रहेको मुहानमा २०० घनमिटरको ट्याङ्की तयार भएको छ। पहिलो चरणमा पानी सङ्कलनका लागि १०० घनमिटरका दुई ट्याङ्की र त्योभन्दा माथि १०० घनमिटरका दुई र तीस घनमिटरको एक ट्याङ्की निर्माण सम्पन्न भएको उपभोक्ता समितिका सचिव गणेश प्रसाद शर्माले बताए।  

“हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ, काम धेरै बाँकी छन्”, शर्माले भने, “बजेट थोरै थोरै गर्दै आउँदा बनेका संरचना जिर्ण हुने र नयाँ संरचना नबन्ने खतरा भयो।” “बस्तीको विकास भइरहेको लामाचौर र रमेटार क्षेत्रमा दिनदिनै पानीको आवश्यकता बढ्दै छ”, उपभोक्ता समितिका सहसचिव श्यामप्रसाद शर्माले भने, “आयोजना शुरु हुँदा उपभोक्तामा पलाएको आशा निराशामा परिणत हुँदैछ।” गाउँ छेउमा रहेका कुवा तथा पँधेराकाको पानीका भरमा रहेका उपभोक्ताले तत्काल आयोजना सम्पन्न गर्न माग गर्दै आएका छन्। 

गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले उक्त आयोजनाको निरीक्षण गर्दै प्रदेशमा उपलब्ध स्रोत साधनको उचित प्रयोग गरेर आयोजना सम्पन्न गरिने आश्वासन दिएको थियो। खानेपानी महाशाखाका प्रमुख प्रेमप्रसाद डोटेलले प्रदेशमा न्यून बजेट भएकै कारण उपभोक्ताको आवश्यकताअनुसारको बजेट दिन नसकेको बताए। 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु बिहीबार, असार १९, २०८२
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त बुधबार, असार १८, २०८२
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता  
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता   आइतबार, असार ८, २०८२
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई शुक्रबार, असार ६, २०८२
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता सोमबार, असार २, २०८२
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ सोमबार, असार २, २०८२
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता बिहीबार, जेठ ३०, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः २ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ३ बजार अनुगमनले लियाे तीव्र रूप
  • नंः ४ नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
  • नंः ५ सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्