Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज नियुक्त
थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज नियुक्त
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस २६, २०७८

काठमाडौँ । थाइल्यान्डको क्षेत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ।

यो नियुक्ती २०२१ डिसेम्बर १ देखि लागू भइसकेको छ भने बैङ्कक स्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षेत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको हो। 

सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने छ।

यसै सम्झौतामार्फत थाई स्माइल एयरवेजले नेपाली ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै नेपाली बजारमा रहेको अवसरलाई सदुपयोग गर्ने मात्र नभई सन् १९६८ देखि थाइ एयरवेज इन्टरनेशनलले वायुसेवा प्रदान गर्दै आएको यस रुटमा फेरी वायुसेवा प्रदान गर्दै नेपाल र थाइल्याण्ड बीचको दुरी पनि मेटाउने लक्ष्य राखेको छ।

आरआर ग्रुप अफ कम्पनिजको स्वामित्व अन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भने, “थाई स्माइल एयरवेजसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ। हाम्रो पार्ट्नर एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय बजार हिस्सा र बिक्री बढाउन हामीले अभ्यास गर्दै आइरहेकोमा अन्तरराष्ट्रिय स्तरको सेवा र स्थानीयबजारको हाम्रो ज्ञानलाई यो नियुक्तिले अझै राम्रो अवसर दिएको छ। थाई स्माइल एयरवेजको काठमाडौं–बैंकक उडानले दुई देशको सम्बन्ध अझ मजबुत बनाउनुको साथै दुवै देशको पर्यटन प्रवर्धन गर्दै दुवै देशको अर्थतन्त्रको विकासमा पनि उल्लेखनीय भूमिका खेल्नेछ।”

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक एयरलाइन्स, थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाईले भने, “बैंकक–काठमाडौं रुट शुरु भएको जानकारी दिन पाउँदा थाई स्माइल टिम गौरवान्वित भएको छ। यसले निश्चय नै बैंकक र एसियाका अन्य मुख्यशहरहरूबीच सम्पर्क बढाउने हाम्रो रुट प्लानिङ रणनीतिलाई सफल बनाएको छ। यस उडानले थाइल्याण्ड–नेपाल सम्बन्धमा अर्को सुनौलो आयाम थप्नेछ भन्ने हामीले विश्वास गरेका छौँ। र साथ–साथै अन्य धेरै किसिमले एसियाली क्षेत्रीय ट्रेड फेयर क्यापिटलको रूपमा हाम्रो भूमिकामा, हाम्रो सांस्कृतिक र पर्यटकीय विकासमा, र हाम्रो व्यापार र ट्रेड सम्बन्धमा पनि नयाँ आयाम थप्नेमा पनि हामी विश्वस्त छौँ। त्यसैले विस्तारै दक्षिण एसियाली र अन्य एसियन मुलुकहरुमा पनि गन्तव्य विस्तार गर्ने गेट–वेको रुपमा नेपालको विकास हुनेछ र साथै पर्यटकहरुको लागि नेपाल अझै उत्कृष्ट गन्तव्य बन्नेछ भन्ने हामी अपेक्षा गर्दछौँ।"
 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १७:१८
##THAISmileAirways
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्