Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • ENEnglish
  •   E-paper
शनिबार, असार ११, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • समय नै सबैभन्दा ठूलो मल्हम रहेछ : सृजना प्याकुरेल
समय नै सबैभन्दा ठूलो मल्हम रहेछ : सृजना प्याकुरेल
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, फागुन २८, २०७८

हरेक परिस्थितिसँग जुध्न सक्ने क्षमता जो कोही संग हुँदैन । पिडाका प्रकृति पनि फरक हुन्छन्। कसेैले सहन सक्छ त कसैलाई सहन मुस्किल हुन्छ । संघर्ष मात्र गरेर हुँदैन संघर्षमा भाग्यले पनि साथ दिनु पर्छ भन्ने सोच राख्छिन् काभ्रे धुलिखेल निवासी सृजना प्याकुरेल। जीवनमा उतार चढाव नआएका होइनन् । सहनै नसक्ने तनाव पनि नभएका होइनन्।

त्यस्ता तनावले आफूले आफ्नो जीवन समाप्त गर्ने सोच पनि आएको बताउँछिन् उनी। आखिर बाँच्नु त पर्ने नै रहेछ! भाग्यभन्दा धेरै र समयभन्दा बढी कसैले पनि केही नपाउने उनी भन्छिन् । समय नै सबै भन्दा ठूलो मल्हम भएको बताउँछिन् सामाजिक कार्यकर्ता प्याकुरेल ।

हरेक मानिसको जीवनमा एक पटक मात्र अवसर आउँछ। त्यही अवसरलाई समात्न सके सफलता आफ्नै हातमा हुने बताउँछिन्। नेपालीमा एउटा भनाइ नै छ जिन्दगीमा पढेर होइन परेर धेरै कुराको अनुभव लिन सकिन्छ। यही कुरालाई उनी आत्मसात् गर्दै अघि बढेको बताउँछिन्।

जीवनमा एकै पटक यस्तो खालको अवसर आयो, जुन अवसरले उनलाई नयाँ जीवन प्राप्त भयो भन्दा फरक नपर्ला। यसको सम्पूर्ण श्रेय उनी महिला शक्ति विकास केन्द्र नेपालकी कार्यकारी निर्देशक कविता गुरुङलाई दिन चाहन्छिन्। २०६६ सालमा महिला शक्ति विकास केन्द्र नेपालले त्इत् तालिम दिएपछि २०७५ सालसम्म कोर लिडरको रुपमा काम गरेको र त्यसपछि क्षेत्रिय संयोजकको रुपमा काम गर्दै आएको बताउँछिन् ।

संस्थाबाट विभिन्न किसिमका तालिमहरु लिएर आफ्नो समुदायका दिदी बहिनीहरुलाई सोही तालिमहरु संचालन  गर्ने बताउँछिन्। समुह व्यवस्थापन तथा सुदृढिकिकरण तालिम, महिला पुरुष समविकास तालिम, नागरिक शिक्षा सुशासन तथा महिला अधिकार सम्बन्धि आधारभूत तालिमदेखि लिएर महिला हिंसा विरुद्धको सचेतनाको सम्बन्धि तालिमहरु सञ्चालन गरेको अनुभव सुनाउँछिन्।

संस्थामा आबद्ध भइसकेपछि विभिन्न कामहरु गरेको अनुभव सुनाउँदा उनी खुशीले भावविह्ल बनेकी थिइन् । उनले आफ्नो जीवनको १२ वर्ष यही संस्थामा बिताइसकेकी छिन् । कार्यकारी निर्दैशक गुरुङलाई आफ्नो आदर्श व्यक्तित्वको रुपमा लिन पाउँदा आफूलाई निकै भाग्यमानी सम्झिने प्याकुरेल उनै गुरुङको  एक फोन कलले उनको जीवनमा आशाका थुप्रै किरणहरु ल्याइदिएको स्मरण गर्छिन्।

आफ्नो जीवनको भोगाईबाट थुप्रै कुरा सिक्न सकिने र आफ्नो कथा सुनाउँने हो भने पनि एउटा उपन्यास नै तयार हुने बताउँछिन्। यदि महिला शक्ति विकास केन्द्र नेपालमा आफू आबद्ध नभइदिएको भए आज सृर्जना प्याकुरेलको नाम निशान नै नरहने बताउँछिन्।

सामाजिक कार्यकर्ता प्याकुरेल भन्छिन् ‘आफूलाई जस्तो पिडा अरु कसैलाई पनि नपरोस्, आफू भन्दा अगाडि आफ्नो सन्तान गुमाउनुको पिडा कसैलाई पनि नपरोस्।‘ मानिस भएर जन्मिसकेपछि आफ्नो लागि मात्र नभएर पूरै समाजको लागि केही न केही काम गर्नु पर्ने रहेछ भन्ने शिक्षा पाएको बताउँछिन्।

जीवन नष्ट गर्ने त कायरले मात्र हो भन्छिन् उनी। समस्याहरु थु्रपै आए, उतार चढावहरु पनि आए, ती सबैलाई समाधान गर्दै आज यहाँसम्म आएको बताउँछिन्। महिला शक्ति विकास केन्द्र नेपाल त एउटा साझा चौतारी रहेछ, दुःख–सुख साटासाट गर्ने फूलवारी पनि रहेछ उनी थप्छिन्।

एउटा चुल्होमा मात्र सिमित म जस्तो महिला जसले मलाई जस्तै पिडा परेको छ भनेर कसरी थाहा पाउने ? आफूलाई परेको बज्रपात अरुलाई परेको छैन भन्ने सोच्ने म जस्तो महिला घर बाहिर निस्किएपछि थाहा पाए मेरो जस्तो पिडा अरुलाई पनि हुने रहेछ। त्यसकारण सबै महिला दिदी बहिनी जागरुक बन्न आवश्यक छ। 
 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १२:५५
प्रतिक्रिया दिनुहोस्
hopefd hopefd
थप सम्वाद
महिलाको सम्मान विना देश निर्माण असम्भव : मेयर बाजिसिंह खड्का
महिलाको सम्मान विना देश निर्माण असम्भव : मेयर बाजिसिंह खड्का शनिबार, असार ११, २०७९
महानगरपालिकामा भ्रष्टाचार शून्य  बनाउनेछु : वीरगञ्ज नगरप्रमुख सिंह
महानगरपालिकामा भ्रष्टाचार शून्य बनाउनेछु : वीरगञ्ज नगरप्रमुख सिंह आइतबार, जेठ २९, २०७९
बिगौती दूधमा शिशुलाई रोगसँग लड्ने तत्वहरु हुन्छ : स्त्री रोग विशेषज्ञ डा आस्था रेग्मी
बिगौती दूधमा शिशुलाई रोगसँग लड्ने तत्वहरु हुन्छ : स्त्री रोग विशेषज्ञ डा आस्था रेग्मी शनिबार, जेठ २८, २०७९
समृद्ध भरतपुर नै मेरो सपना : महानगर प्रमुख दाहाल
समृद्ध भरतपुर नै मेरो सपना : महानगर प्रमुख दाहाल शुक्रबार, जेठ २०, २०७९
अघिल्लो कार्यकालका बाँकी काम अब पूरा गर्छु : ललितपुर महानगर प्रमुख महर्जन 
अघिल्लो कार्यकालका बाँकी काम अब पूरा गर्छु : ललितपुर महानगर प्रमुख महर्जन  बिहीबार, जेठ १२, २०७९
करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख राई
करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख राई बुधबार, जेठ ११, २०७९
यो धरानमा एक्कासी आएको भलबाढी होइन :  निर्वाचित मेयर हर्कराज राई
यो धरानमा एक्कासी आएको भलबाढी होइन : निर्वाचित मेयर हर्कराज राई आइतबार, जेठ ८, २०७९
सुक्ष्मदर्शी र स्वतन्त्र दृष्टिकोण हुनुपर्छ हास्यव्यङ्ग्य लेखकमा : हाँस्यव्यङ्ग्य लेखक रामकुमार पाँडे
सुक्ष्मदर्शी र स्वतन्त्र दृष्टिकोण हुनुपर्छ हास्यव्यङ्ग्य लेखकमा : हाँस्यव्यङ्ग्य लेखक रामकुमार पाँडे शनिबार, वैशाख ३१, २०७९
समान कामको असमान ज्याला किन ? श्रमिककाे सङ्घर्षका कथा...
समान कामको असमान ज्याला किन ? श्रमिककाे सङ्घर्षका कथा... शनिबार, वैशाख १७, २०७९
लोकप्रिय
  • नंः १ काजु सेवनले यौन शक्तिमा दमदार वृद्धि 
  • नंः २ कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर 
  • नंः ३ एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक हुने
  • नंः ४ नेपाल प्रहरीको सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
  • नंः ५ डिशहोमको प्रायोजनमा “कमेडी क्लव वीथ च्याम्पियन”
विचार
चुरोट तथा सुर्तिजन्य पदार्थको सेवन-ज्यानकै जोखिम
चुरोट तथा सुर्तिजन्य पदार्थको सेवन-ज्यानकै जोखिम Nami News
कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर 
कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर  Nami News
चौतर्फी वाहवाही भएपछि मात्र घरपरिवारले सहयोग गरेकाे सशक्त समाजसेवी साहीकाे खुलासा
चौतर्फी वाहवाही भएपछि मात्र घरपरिवारले सहयोग गरेकाे सशक्त समाजसेवी साहीकाे खुलासा निशान बुढाथाेकी
सूचना-प्रविधि
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार 
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार  Nami News
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्