Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • सार्बजनिक यातायातमा सहचालक र चालकको मनपरी भाडादर
सार्बजनिक यातायातमा सहचालक र चालकको मनपरी भाडादर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, वैशाख ११, २०७९
Public Vehicle

सार्वजनिक सवारी साधन हरेक सर्वसाधारणको निम्ति अति आवश्यक बनिसकेकाे छ । आफ्नो निजी सवारी नहुने र महँगो शुल्क तिर्न नसक्नेहरुले सार्वजनिक सवारीको प्रयोग गर्दछन् । आपतविपत पर्दा र आर्थिक अवस्था कमजोर हुनेहरु यी सवारी साधनमा यात्रा गर्दछन्। तर, यातायात व्यवसायीले यात्रुलाई हैरान बनाएको पाइन्छ । 

सवारी भाडादेखि लिएर उनीहरुको रुखो बोलीवचन सहन यात्रुहरु असह्य बनिसकेका छन् । सरकारले तोकेकोभन्दा बढी भाडा लिएर जनता ठग्न माहिर भइसकेका छन् उनीहरु । सार्वजनिक सवारी साधनमा यात्रु चढ्ने बित्तिकै सहचालकले १ किमिको भाडा २५ रुपैंयाँ लिइहाल्छ  । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले २०७८ चेत २४ गते सार्बजनिक सवारी भाडा बढाइएको हो । 

२०७९ वैशाख १ गतेदेखि सो भाडा लागू भयो । सरकारले तोकेको अनुसार १ किमिदेखि ५ किमिसम्म यात्रा गरेको भाडादर २० रुपैया छ । तर, सरकारको निर्णयलाई यातायात व्यवसायीले धोती लगाइदिएका छन् । ००६ख२९८५ नम्बरको मयूर यातायातले गौशालाबाट चाबहिलसम्म यात्रा गरेको यात्रुसँग भाडा रुपैयाँ २५ लिइरहेको छ । 

यसको औसत दुरी डेढदेखि २ किमि होला । त्यस्तैगरी कीर्तिपुर रुटमा चल्ने माइ्रक्राबसले कालिमाटीबाट कुलेश्वरको नयाँबस्ती चोकसम्म गएको भाडा रुपैयाँ २५ लिइरहेको पाइन्छ । पछिल्लो समय सबै सार्वजनिक यातायातहरुले चढ्नेबित्तिकै २५ रुपैंयाँ भाडा लिइरहेका छन्। माइ्रक्रोबस, टेम्पो र अन्य बसले पनि यसरी नै यात्रु ठगिरहेका छन् ।

मन्त्रालयले भाडा त बढायो तर अनुगमन गर्न बिर्सियो । विद्यार्र्थी, जेष्ठ नागरिक, अपाङगताहरुलाई पनि छुट दिएको पाइदैन् । डिजेलको मूल्य बढेको बहाना बनाउँदै यात्रु ठग्ने काम भइरहेको छ । सरकारले एक वर्षमा दुईचोटि भाडा बढाउँदा पनि यातायात व्यवसायीलाई पुगेको छैन् । कसरी यात्रु ठग्ने बारे भन्ने ध्याउन्नमा मात्र यिनीहरुको मनस्थिति रहेको छ । 

सार्बजनिक सवारी साधन यात्राको क्रममा सहचालक र चालकले यात्रुसँग राम्रो व्यवहार गरेको पाइन्न । भाडादर टाँसेर त गाडी गुडाउँछन् तर त्यो भाडा लिस्ट सरकारले प्रमाणित गरेको हँदैन । कम्पनी र यातायात व्यवसायीले तयार पारेको भाडा लिस्ट हो त्यो । आफ्नै कम्पनीको भाडादर लिस्टमा जथाभावी भाडा राखेर टाँस्दा पनि सम्बन्धित निकाय मौन बसेको देखिन्छ । 

यसरी दिनदहाडै यात्रु ठगिदा पनि के हेर्दै छ यातायात व्यवस्था विभाग ? ट्राफिक प्रहरी महाशाखा चाल पाएर पनि नपाएझैं बसिरहेका छन् । यता, महाशाखा जनशक्ति अपुग भएको बहाना बनाउँदै आफनो जिम्मेवारीबाट बच्न खोजिरहेका हुन्छन् । यातायात व्यवस्था विभागबाट खटाइएका अनुगमन टोली सडकमा भन्दा कार्यकक्षमा तास खेलिरहेका भेटिन्छन्। 

अनुगमन गर्न खटाइएका टोलीलाई छानबिनमा निस्किन लाज लाग्छ ? तर, जनताले तिरेको कर सित्तैमा पचाउन यिनीहरुलाई नैतिकताले कसरी दिइरहेको छ ? सरकारले सडकमा भएको सवारीको गतिविधि चेकजाँच गर्नका निम्ति छुट्टै गाडी दिएको छ । तर, त्यो गाडी आफू र आफ्नो नातागोता घुमाउनका लागि मात्र काममा आइरहेको भेटिन्छ । 

अनुगमन नगर्दा जनताले बढी भाडा तिर्नुपरेको छ भने राज्यलाई राजश्व पनि आएको छैन । विभागका महानिर्देशक नमराज घिमिरेले सार्वजनिक सवारी साधनको दिनहँु अनुगमन गर्न जानु भनेर कडा निर्देशन दिँदैन् । अनुगमनमा नगएर तास खेलेर बस्ने कर्मचारीलाई कारबाही पनि गरेको भेटिदैनन् । 

विभागका डिजी आफैं निरीह हुँदा कर्मचारीले मनोमानी चलाएको छ । कुन कर्मचारी ? कुन समयमा आयो ? के काम गरे ? भनेर सोधखोज गर्ने गरेको पाइन्न । यसरी जनता ठगिरहँदा पनि डिजी किन मौन ? अनुगमन गर्न नजाने कर्मचारी न सरुवा गर्छन्, न त उनीहरुलाई कारबाही नै ? यस्ता कर्मचारीको अगाडि डिजी लम्पसार छन् । 

यसको मार सरकार र जनताले भोगिनु परेको छ । राज्यले पाउँनु पर्ने राजश्व धनराशी सङ्कलनमा ठूलो धक्का पुगेको देखिन्छ । कमाई पुग्ने बित्तिकै गाडी ग्यारेजमा लगेर थन्क्याइदिने प्रवृत्ति छ । जसको कारण यात्रुले धेरै सास्ती खेप्नु परेको छ । घण्टौ गाडि कुर्दा पनि नपाउने कारण भाडाको गाडी रिजर्भ गरी जाने प्रवृत्तिले गर्दा पनि हो ।

सबैको जागिरको समय एउटै हुँदैन, राति ११ बजेसम्म गाडि चलाउँदैन । नचलाउने सवारी साधनको रोड परमिट र दर्ता खारेज गरिदिनुपर्छ । दैनिक उपत्यकामा २० देखि २२ लाख मान्छे सार्वजनिक सवारी साधन चढ्ने ओर्लिने गर्छन् । एउटा यात्रुले प्रत्येक पटक यात्रा गर्दा ६ देखि १० रुपैया बढी भाडा तिर्छन् ।

दिनमा १ करोड २० लाखभन्दा बढी भाडा यात्रुसँग ठग्छन् । नक्कली सिट, क्षमता भन्दा बढी यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउँछन् । सिटभन्दा धेरै यात्रु राख्ने सार्वजनिक यातायातलाई किन कारबाही नगरिएको ? ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायी साच्चै नै मजदुर संङगठन अगाडि लम्पसार परेकै हुन् त ? 

ट्राफिक प्रहरी महाशाखाले अनुगमन नगर्दा कति यात्रु गाडीबाट झरेर घाइते भएका छन् । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाले बनाएको नियम पनि मानेको देखिँदैन । सहचालक र चालकले अनिवार्य जुत्ता लगाउनुपर्छ । सरकारले हर्न बजाउन निषेध गरेपनि यो कार्यान्वयनमा जान सकेको छैन् । 

अहिले पनि हर्न बजिरहेको पाइन्छ । खोई त कहाँ छ ट्राफिक प्रहरी महाशाखा ? यात्रुले पैसा तिरेपनि उनीहरुले टिकट पाउँदैनन् । चढाउँदा जँहा पनि गाडी रोक्छन् तर यात्रुले आफनो ठाउँमा रोकदिनु भन्दा पनि रोक्दैनन् । बस स्टपमा ट्राफिक जाम भइसकेको हुन्छ भने यात्रुलाई ढिला भईसकेको हुन्छ । 

पछाडि अर्काे बस अथवा गाडी नआउँदासम्म चालकले गाडी गुडाउँदैन् । जसको कारण अस्पताल जाने, जागिरमा जानेहरुलाई निकै आपत्ति व्यहोर्नु परेको छ । त्यस्ता गाडीलाई कारबाही गर्न पनि नियमनकारी निकाय चुकेको देखिन्छ । यता, गाडीमा बजाउने क्यासेटले पनि यात्रुलाई निकै असहज अबस्था भएको पाइन्छ । 

कोही फोनमा कुरा गरिरहँदा सवारी साधनमा बजाएको म्यूजिकको चर्को आवाजका कारणले नबुझिन केही कुरा बुझिनसक्नु हुन्छ । सहचालक, चालकको व्यवहार र यातायात क्षेत्रमा भएको बेतिथिका कारण यात्रुहरु आजित भइसकेका छन् ।  

- प्रेम वहादुर थापा, काठमाडौं 
 
 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ०८:५१
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः २ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ३ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्