Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे बुधबार, भदौ ११, २०८२

संसारमा केही धर्महरू छन् जसलाई धेरै मानिसहरूले श्रद्धापूर्वक ग्रहण गर्छन् । कुनै पनि धर्म आफैमा राम्रो अथवा नराम्रो हुँदैन। त्यसलाई अपनाउने मानिसले कसरी जीवनमा बुझेर एक आपसमा व्यवहारत उतार्छ ।

त्यसमा सबै धर्मावलम्बीहरूको वास्तविक पहिचान लुकेको हुन्छ । वास्तवमा संसारभरि नै धर्म र अध्यात्मलाई एउटै दृष्टिकोणबाट हेर्ने र बुझ्ने समुदाय धेरै छन् तर धर्म र अध्यात्ममा एकदमै ठूलो भिन्नता हुन्छ । धर्मले कुनै एउटा विशेष समुदायलाई डोर्याइरहेको हुन्छ भने अध्यात्मले जगतकै नेतृत्व गरेको हुन्छ।

संसारमा रहेका सबै धर्महरूले मानवताको दृष्टिकोणलाई अपनाएर व्यक्त गर्ने धारणाहरू प्राय एकै किसिमको हुन्छ। कुनै पनि धर्मले अमानवीय कार्य अथवा मानव कल्याणरहित कार्य गर र गर्न लगाउ भन्दैन जसरी संसारमा धेरै गुरुहरु स्वरूपका दृष्टिकोणले फरक फरक देखिएता पनि स्वार्थबाट ओतप्रोत भएका केही अपवाद बाहेक तिनीहरुमा भएको ज्ञान एउटै हुन्छ ।  

अहिले संसारमा देखिएका सबै  झडपहरू अध्यात्मलाई नबुझी धर्मलाई मूल आधार मानेर अगाडि बढेका समुदायहरू का कारण भएको हो भनेर भन्दा खासै गलत हुँदैन । एउटै धर्मबीच कोरिएका रेखाहरू ले जन्माउने विवादलाई नियाल्दा अध्यात्मको वास्तविक महत्वलाई बुझ्न सरल हुन्छ। मुस्लिम धर्ममा सिया र शून्य बीच हुने गरेको द्वन्दबाट हामीले धर्म र अध्यात्म बीचको भिन्नतालाई अझ राम्ररी बुझ्न सक्छौँ। 

मुस्लिम धर्ममा जस्तो द्वन्दमै नहोमिएको भएतापनि संसारमा धेरै मानिसहरूले अपनाउने सनातन हिन्दू धर्म र बुद्ध धर्ममा पनि विभिन्न समूहहरूले अपनाउने धार्मिक गतिविधिहरु मा भिन्नता देखिन्छ । तर यी दुई वटा धर्मका धर्मावलम्बीहरू लचिलो र आक्रामक नभएका कारण एक आपसमा अप्रिय घटनाहरू घटाउँदैनन् । 

यसरी एकआपसमै आन्तरिक रूपमा मोक्ष प्राप्त गर्ने बाटाहरू फरक फरक भएको अवस्थालाई झेलिरहेको हाम्रो आध्यात्मिक गन्तव्यले झन् पृथक धर्महरू बीचको सामाजिक व्यवस्थापनलाई शान्तिपूर्ण ढङ्गले कसरी अगाडि बढाउला यो प्रश्न द्वन्द्वको सम्भावनाहरूको निकट रहेको अहिलेको विश्वमा ज्यादै विचारणीय र सोचनीय भएर उपस्थित भएको छ ।

माथि उल्लेखित सबै तर्क वितर्कहरूले धर्म र अध्यात्म बीचको भिन्नतालाई आजका विश्वका मानिसहरूले बुझ्न नसकेका कारण उत्पन्न समस्याको जडलाई इङ्कित गर्दछ । अध्यात्मले विश्वभरि रहेका सबै मानिसहरूको नेतृत्व गर्ने भएकै कारण एकआपसमा असमझदारीहरू निम्तिन दिँदैन। किनभने अध्यात्म नितान्त मानवताको पक्षमा मुखरित हुन्छ ।

अझ यसलाई सरल ढङ्गले बुझ्ने हो भने सन्तान र आमाबीचको भिन्नतालाई केलाएर हेर्दा सजिलो हुन्छ। एउटा परिवारमा पाँचजना छोरा–छोरी छन् भने तिनीहरूको सोच, विचार र व्यवहार एउटै आमाको कोखबाट जन्मिएता पनि फरक फरक हुन सक्छ। तर आमाको सोच, विचार अनि व्यवहार सबै सन्तानप्रति एकै किसिमको हुन्छ । ठिक त्यस्तै अध्यात्मले कुनै पनि जाति समुदाय अथवा देश, महादेश विशेषलाई सीमान्तकृत गरी अपनाउँदैन। यो त जगतकै हित र संरक्षणका लागि आधार बनेर खडा भएको हुन्छ ।

तसर्थ अहिलेको विश्वको नकारात्मक परिस्थितिलाई चिन्तन मनन गर्दै संसारभरि रहेका हामी जति पनि धर्मावलम्बीहरू छौँ। ती सबैले आफ्नो विनाशको कारण आफैंलाई नबनाई धर्मलाई होइन अध्यात्मलाई अपनाउँ । र संसारभरि रहेका सम्पूर्ण मानवको हित र संरक्षणका लागि समर्पित बनौँ। अन्यथा हामीले बुझेको ज्ञान नै हाम्रो विनाशको कारण बन्नेछ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शनिबार, असोज २४, २०८३
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्