Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • सुक्ष्मदर्शी र स्वतन्त्र दृष्टिकोण हुनुपर्छ हास्यव्यङ्ग्य लेखकमा : हाँस्यव्यङ्ग्य लेखक रामकुमार पाँडे
सुक्ष्मदर्शी र स्वतन्त्र दृष्टिकोण हुनुपर्छ हास्यव्यङ्ग्य लेखकमा : हाँस्यव्यङ्ग्य लेखक रामकुमार पाँडे
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, वैशाख ३१, २०७९
Ram Kumar Panday
Api Himal

विक्रम सम्वत २००३ सालमा जन्मेर उच्च शिक्षा हासिल गरी त्रिभुवन विश्वविद्यालयमा २०१९ सालदेखि २०६६ सालसम्म भूगोल विषयको प्राध्यापन गरी आफ्नै परिवेश अनुभव र अनुभूतिहरुले हास्यव्यङ्ग्य लेखनतिर आकर्षित भएर 'ख्याल ख्याल', 'सञ्चै छ', 'खप्पर', 'बाबुको विहे', 'शिङ् न पुच्छर', 'हाँस्ने कविता' लगायत दर्जनौ 'पाँडे पुराँण' संग्रह लेखिसकेका र कार्टुन चित्र बनाएर साथमा प्रहसन पनि लेख्दै पछिल्लो समय 'जोकतन्त्र जिन्दाबाद' नामक पुस्तक लेखेका कारण चर्चाको शिखरमा पुग्न सफल भएका त्रिभुवन विश्वविद्यालयबाट दीर्घसेवा पदक, स्वर्गिय राजा वीरेन्द्रको शुभराज्यविशेक पदक, नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा अतुलनिय योगदान पुर्याएवापत २०५९ सालमा बासुदेव लुइँटेल पुरस्कार, तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सै कार्यक्रमका तर्फबाट 'गाइजात्रा महोत्सव २०७२' को अवसरमा र मदनकृष्ण र हरिवंश आचार्य साक्षी बसी सारेगम रिकडर्सको तर्फबाट '२०६५ सालमा सम्मान पत्र' लगायत अरु पनि पुरस्कारहरु प्राप्त गरिसकेका नेपालका सुप्रशिद्ध हाँस्यव्यङ्ग्य लेखक रामकुमार पाँडेसँग नामी साप्ताहिकका लागि प्रज्ज्वल घिमिरेले नेपाली हाँस्यव्यङ्ग्य साहित्यको अवस्था र नेपालको भौगोलिक परिस्थितिमा केन्द्रित रही लिएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत छ । 

साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ? 

साहित्यको परिभाषा सीमित रुपले गर्नु ठूलो मुर्खता हुन्छ । साहित्य व्यापक र सर्वोपरि हुने भएकोले मानव सभ्यताको उत्कृष्ट उपलब्धी र विचारको आविष्कार नै साहित्य हो भन्नु उपयुक्त हुन्छ । तर अनुभव र अनुभूतिको उत्पति साहित्यको मूलआधार हुने भएकोले पनि साहित्यलाई सीमित रुपले परिभाषित गर्न मिल्दैन। 

हास्यव्यङ्ग्य विधा रोज्नुको कुनै कारण छ कि ?

Nepal Oil Corporation

प्रायः मानिसहरुलाई दुःख धेरै पर्ने भएकोले पनि तिनलाई केही राहत महसूस गराउँन मैले हास्यव्यङ्ग्य विधा रोजेको हो । तर यो सजिलो विधा चाहि होइन । कुनैपनि मानिसलाई दुःखको कुरा गर्दा सजिलै दुखी बनाउन सकिन्छ तर हसाउन ज्यादै गार्हो हुन्छ । मैले प्राय आफ्नै समस्याहरुलाई उजागर गर्दै हास्यव्यङ्ग्यको सिर्जना गर्ने गरेको छु, जुन समाजका प्राय मानिसलाई ज्यादै नै उपयोगी हुने गरेको छ । शुरुमा मलाई आफ्नो लेखाईको स्तर त्यति राम्रोसँग थाहा थिएन । तर पछि साहित्यकार तथा पत्रकार बासु रिमाल यात्री र आफ्नै टोलका साथीभाइहरुले गज्जब लेख्यो भनेपछि मलाई हौशला मिल्यो । अनि धमाधम लेख्न थालेँ । 

साहित्यका अरु विधा र हास्यव्यङ्ग्यमा के फरक पाउनुहुन्छ ?

सबै साहित्यका विधाहरुको आ आफ्नै ठाउँमा महत्व र स्थान देख्छु म । तर हास्यव्यङ्ग्य खानामा चटनीको महत्व भए जस्तै साहित्यको एउटा महत्वपूर्ण विधा हो । त्यसैले पनि पाठकहरुको पहिलो रोजाईमा हास्यव्यङ्ग्य हुने गर्दछ। अरु विधा भन्दा हास्यव्यङ्ग्य लेख्दा धेरै कुराको अध्ययन गर्नुपर्छ र लेखाईमा हास्य रस उत्पादन गर्ने शैली पनि हुनुपर्छ । लेखनका दृष्टिकोणले हास्यव्यङ्ग्य लेख्दा परिस्थिति त्यस्तै पर्यो भने आफूले आफैलाई आलोचना गरेर आफैलाई उडाउने हैसियत र क्षमता पनि लेखकले राख्नुपर्छ । समष्टिमा भन्दा सुक्ष्मदर्शी र स्वतन्त्र दृष्टिकोण हुनुपर्छ हास्यव्यङ्ग्य लेखकमा। 

हास्ने घर बनाउने चाहना किन पूरा नगर्नु भएको ?

हास्ने घर निर्माणको सोच धेरै अगाडि आएको हो मलाई जसका लागि अहिलेसम्म प्रयारत् नै छु । यहि क्षेत्रका मानिसहरुले पनि मेरो हास्ने घर बनाउँने चाहनामा खासै ध्यान दिएनन् । यो बनाउन पाएको भए विश्वकै एउटा नौलो र उत्कृष्ट काम बन्न पुग्थ्यो । अहिलेका दुःखै दुःख र पीडा झेलिरहेका विश्वका सम्पूर्ण मानिसहरुका लागि हास्ने घर निर्माण गर्न पाएको भए ठूलै राहत पुग्ने थियो । त्यहाँ पुगेपछि नहासी कोही पनि फर्कन नसक्ने स्थिति पनि हुने थियो । तर हास्ने घर को महत्वको बारेमा अहिले धेरैले कुरा नबुझेपनि एक न एक दिन सबैले कुरा बुझ्नेछन् र यसको निर्माण भएरै छाड्नेछ। 

हास्ने घर निर्माण भएमा यसमा विशेषतः के के हुनेछ ?

विश्वभरिका हास्यव्यङ्ग्य चित्रहरु, हास्यव्यङ्ग्य पुस्तकहरु, हास्यव्यङ्ग्य सिनेमाहरु र हास्यव्यङ्ग्य क्षेत्रका लेखक कलाकारका सम्बन्धमा जानकारी दिने उद्देश्यले म्यूजियम पनि यसमा हुनेछ । अनि यी र यस्ता रोचक क्षेत्रहरुको बारेमा ज्ञान प्राप्त गर्न चाहनेहरुलाई तालिमको व्यवस्था पनि गरिनेछ ।

हालसालै कतैबाट हास्ने घर निर्माणका लागि आश्वासन पाउनु भएको छ ?

महानगरपालिकाले यो कार्यलाई प्राथमिकता दिनु पर्ने विषय भनेकोले हास्ने घर निर्माणको कार्य केही समयमा अगाडि बढ्ला साथमा अहिले हास्य कलाकारहरु र साहित्यकारहरु पनि यो कामका लागि तात्न लागेकाले म यसको निर्माण हुने कुरामा धेरै आशाबादी र विश्वस्त पनि छु । 

हास्ने घर निर्माण गर्न खोज्नुको खास उद्देश्य चाहिँ के हो ?

पीडाबाट हास्यव्यङ्ग्य जन्मिन्छ र त्यो पीडा घटाउन पनि हास्यव्यङ्ग्यले ठूलो भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले पनि हास्यव्यङ्ग्यलाई पहिलेदेखि नै उत्कृष्ट विधा मानिदै आएको छ । अहिलेको दुनियाँ नै करुण रस र श्रृङ्गार रसलाई लिएर अगाडि बढेकोले नवरसको नेतृत्व हास्यव्यङ्ग्यले गर्ने वातावरण अहिले प्रष्टसँग देखिन्छ । संसारभरि भइरहेको अहिलेको अकल्पनीय युद्धका कारण जन्मिएको दुःख र पीडालाई घटाएर सबैको जीवनमा खुशीयाली छाउने वातावरण बनोस् भन्ने नै हास्ने घर निर्माण गर्न खोज्नुको मूल चाहना र उद्देश्य हो । 

स्वर्गिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले हास्ने घर निर्माणका लागि पहल गरेको कुरा सञ्चारमाध्यमहरुमा सुनिएको थियो के यो सत्य हो? 

उहाँले २०४७ सालमा राष्ट्रिय सभागृहमा दमाहा ठट्टाएर हास्ने संस्था उद्घाटन गरि हास्यव्यङ्ग्यको महत्वको बारेमा प्रकाश पारेको चाहिँ हो जुन निकै चर्चामा पनि आएको थियो तर खासमा हास्ने घर निर्माणका लागि पूर्व प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दले सिफारिस गरेको कुरा सत्य हो । पछि उहाँ पदमुक्त भएपछि पत्रकार नेता साहित्यकार सबैले हास्ने घरको निर्माणमा रुचि देखाए पनि अस्थिर राजनीतिले गर्दा यो काम अगाडि बढ्न सकेन।

तपाईलाई नेपालका मनपर्ने हास्यव्यङ्ग्यकारहरु को को हुन् ?

केशवराज पिँडाली, भैरव अर्याल र उपत्यका बाहिरका केही छन् जो प्रभावशाली छन् तर उनीहरुको पुस्तक जति आउनु पथ्र्यो त्यति आउन सकेको छैन । 

प्रहसन र हास्यव्यङ्ग्य लेखनमा के भिन्नता पाउनुहुन्छ ?

प्रहसनबाट हसाउन सजिलो हुन्छ । यसो जुँङ्गा चलाइदियो, जीउ बङ्ग्यायो, अनुहार खुम्च्यायो र चिप्लिएर लड्यो भने मान्छे हासिहाल्छन् । तर प्रहसनमा भएको कुरालाई लेखनमा प्रभावकारी बनाउन सकिदैन । लेखन भनेको उच्च बौद्धिक र गहिरो चिन्तनबाट बनेको साहित्यिक खुराक हो । प्रहसन हल्का फुल्का हुन्छ तर लेखनमा हल्का फुल्का कुरा समेट्दा साहित्यको स्तर उच्च हुँदैन । लेखनमा कसैले बुढीले पाइन्ट लगाइन्, सुरुवाल फुस्कियो भन्दा त्यति चोटिलो र गहिरो हुँदैन । त्यसैले लेखन कालजयी हुनुपर्छ । प्रहसनले तत्कालिक परिस्थितिको चित्रण गर्छ तर साहित्यमा प्रवृत्तिलाई व्यक्त गरिएको हुनुपर्छ अनि मात्र त्यो गहकिलो हुन्छ । 

नेपालको चर्चित हास्यव्यङ्ग्य कृतिहरुको अंग्रेजीमा उल्था हुन सकेको भए हाम्रो हास्यव्यङ्ग्य साहित्य अन्तर्राष्ट्रियस्तरको हुन सक्थ्यो?

उल्था गर्दा अरु देशको र हाम्रो देशको संस्कृति र संस्कार नमिल्ने भएकोले हामीलाई हास उठ्ने कुराबाट विदेशीलाई हास नउठ्ने परिस्थिति हुन जान्छ । जस्तैः कसैले पान खाएर भित्तामा थुक्दा हामी हाँस्छौं तर विदेशीको त्यस्तो संस्कारै नहुने भएकोले उनीहरु हाँस्दैनन्।

उल्थाको अर्थ छैन भन्न खोज्नु भएको हो ?

त्यस्तो भन्न खोजेको होइन । सम्पूर्ण मानवलाई छोएको विश्वको परिस्थिति भए मात्र उल्थाको अर्थ रहन्छ भन्ने मेरो सोच हो।

भनेपछि यही कारणले हो हाम्रो हास्यव्यङ्ग्य कृतीहरुको विदेशी भाषामा उल्था हुन नसकेको ?

हो। हास्यव्यङ्ग्यले भाषा समाज र संस्कृतिलाई आधार बनाएर आफ्नो स्वरुप निर्माण गर्ने भएकोले हामीलाई जुन कुराले हसाउँछ विदेशीलाई त्यहि कुराले हसाउँदैन । 

अनि तपाईले चाहि किन आफ्नो पुस्तक अंग्रेजीमा उल्था गर्नु भएको त ?

वीस वर्ष अगाडि नेपाली हास्यव्यङ्ग्यलाई विश्वमा चिनाउन मेरा केही निवन्धहरु अंग्रेजीमा नमूनाका लागि मैले उल्था गरेको हो। मलाई सजिलो पनि भयो । आफ्नो पुस्तकहरु आफैले उल्था गर्न। 

तपाईँ हास्यव्यङ्ग्यकार मात्र नभएर भूगोलको प्राध्यापक पनि भएकोले यो प्रश्न नशोध्दा अन्तर्वार्ता नै अधुरो होला ? बताइदिनुस् त नेपालको भौगोलिक परिस्थिति कस्तो देख्नुहुन्छ ?

नेपाल प्राकृतिक रुपले धेरै नै सम्पन्न देश हो । यहाँ क्षेत्रैपिच्छे विभिन्न हावापानी र वनस्पति छ । विभिन्न उचाइको जमीन भएकोले यहाँ विभिन्न किसिमका माटो पनि भेटिन्छ । विभिन्न अवस्थाको जीवजन्तुहरु र कला संस्कृतिमा पनि नेपाल जस्तो सम्पन्न देश विश्वमा कुनैपनि छैन । भौगोलिक विविधता र सांस्कृतिक विविधता नै नेपालको मूल पहिचान हो। 

तपाईको विचार यस्तो भौगोलिक अवस्था भएको हाम्रो देशले कसरी उन्नति गर्न सक्छ ?

नेपालको विशेषता बुझेर यहाँको भौगोलिक उचाइको विविधतालाई मनन गरि अगाडि बढ्न सक्यो भने नेपालको उन्नति हुन्छ। 

अहिले के लेख्दै हुनुहुन्छ ?

हाइकूको खण्डकाव्य र महाकाव्य तयार भइसक्यो । अनि नेपालको परिवेश र आफ्नै घरपरिवारको बारेमा आजीवनी चिना विनाको मान्छे, तयार भइसक्यो अब प्रेसमा जान्छ ।   

-नामी साप्ताहिकबाट

 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १५:२०
##RamKumarPanday
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव शनिबार, चैत २४, २०८०
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह शनिबार, चैत ३, २०८०
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्