Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, वैशाख २८, २०८३

काठमाडौं । नेपालको राजनीतिमा जब–जब कम्युनिस्ट आन्दोलन कमजोर, विभाजित वा दिशाहीन देखिन्छ, तब–तब ‘वाम एकता’ को बहस सतहमा आउँछ । 

अहिले फेरि त्यही बहसको केन्द्रमा छन्–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ । निर्मल लामा स्मृति दिवसका अवसरमा काठमाडौंको पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा प्रचण्डले ‘वामपन्थी एकता अब विकल्प नभई बाध्यता बनिसकेको’ भन्दै कम्युनिस्ट शक्तिलाई ‘जिरो’ मा पुर्‍याउने षड्यन्त्र भइरहेको दाबी गरे । उनले पछिल्लो निर्वाचन परिणाम, बदलिएको राजनीतिक परिस्थिति, गणतन्त्रमाथि बढ्दो चुनौती र वाम आन्दोलनको भविष्यलाई जोड्दै एकताको आवश्यकता औँल्याए । 

तर प्रश्न यथावत् छ–प्रचण्ड अहिले किन वाम एकताको आह्वान गरिरहेका छन् ? के यो केवल आगामी निर्वाचनको रणनीति हो ? सत्ता राजनीतिमा कमजोर हुँदै गएको प्रभाव जोगाउने प्रयास हो ?  कि वास्तवमै बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले वाम शक्तिलाई नयाँ ढंगले पुनर्गठित हुन बाध्य बनाइरहेको छ ?

यो प्रश्नको उत्तर केवल नेपालको वर्तमान राजनीतिमा सीमित छैन ? यसको सम्बन्ध विश्व वाम आन्दोलन, लोकतान्त्रिक संकट, आर्थिक असमानता र दक्षिणपन्थी शक्तिको उदयसँग समेत गाँसिएको प्रष्ट छ । 

प्रचण्डको चिन्ता

नेपालको कम्युनिस्ट आन्दोलन इतिहासमै सबैभन्दा धेरै विभाजनको शिकार भएको आन्दोलनमध्ये एक हो । एउटै वैचारिक आधारबाट जन्मिएका दलहरू पटक–पटक फुटे, जुटे, फेरि विभाजित भए ।  सिद्धान्तभन्दा नेतृत्व, रणनीतिभन्दा सत्ता समीकरण र विचारभन्दा व्यक्तिगत शक्ति संघर्षले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको आरोप पुरानै हो । 

धेरै वर्ष अगाडी फर्कदा धेरै विषय भेटिन्छन् । तर, २०७४ सालको निर्वाचनपछि घटनाक्रम हेरौँ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरणलाई धेरैले नेपालीले वाम आन्दोलनको ऐतिहासिक क्षण मानेका थिए । दुई ठूला कम्युनिस्ट शक्तिको एकताले स्थिर सरकार, आर्थिक विकास, समाजवाद उन्मुख राजनीतिक मार्ग र बलियो राष्ट्रिय शक्ति निर्माणको अपेक्षा गरिएको थियो । त्यो समय नेपालमा लगभग दुईतिहाइ जनमत कम्युनिस्ट शक्तिको पक्षमा थियो । 

तर त्यो एकता लामो समय टिकेन । सत्ता संघर्ष, नेतृत्व विवाद, राजनीतिक अविश्वास र शक्ति सन्तुलनको असहमतिले नेकपा विघटनतर्फ गयो । सर्वोच्च अदालतको निर्णयपछि एमाले र माओवादी केन्द्र अलग–अलग बाटोमा फर्किए । त्यसपछि वाम शक्तिहरू झन् विभाजित बन्दै गए । त्यस वेलाका एमाले र माओवादी विभाजनका शिकार बने ।

आजको यथार्थ के हो भने नेपालका वाम दलहरू एउटै भाष्य बोल्छन्, तर एउटै राजनीतिक मञ्चमा उभिन सकिरहेका छैनन् । जनमत पनि क्रमशः खस्किँदै गएको छ । नयाँ दलहरूको उदय, स्वतन्त्र उम्मेदवारहरूको लोकप्रियता र पुराना दलहरूप्रतिको असन्तुष्टिले वाम आन्दोलनलाई चुनौती थपेको छ । यही कारण प्रचण्डलाई अब एकता ‘विकल्प’ होइन, ‘बाध्यता’ जस्तो लाग्न थालेको हुन सक्छ । त्यसमा चिन्ता बढेको देखिन्छ ।

निर्वाचनको संकेत 

प्रचण्डले आफ्नो भाषणमा पछिल्लो निर्वाचन परिणामलाई विशेष रूपमा उल्लेख गरेका छन् । यसलाई हल्का रूपमा लिन सकिँदैन । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश निर्वाचनले एउटा स्पष्ट संकेत दिएको छ–परम्परागत दलप्रतिको जनविश्वास घटिरहेको छ । 

विशेषगरी शहरी क्षेत्रमा युवापुस्ताको असन्तुष्टि तीव्र छ । रोजगारीको संकट, भ्रष्टाचार, महँगी, सुशासनको अभाव र राजनीतिक स्थिरतामाथिको निराशाले नयाँ विकल्पको खोजी बढाएको छ । 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाकामा बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाको प्रमुखमा हर्क राईको जित यसको एउटा ठूलो उदाहरण थियो । त्यसै वेला स्थापित दलहरूलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारले जित हासिल गर्नु केवल चुनावी घटना थिएन, त्यो पुरानो राजनीतिक संस्कृतिप्रतिको असन्तोषको संकेत थियो । 

यही परिघटनाले प्रचण्डलाई झस्काएको थियो । २०८२ सालको प्रतिनिधिसभामा झनै गम्भीर बन्यो । त्यसले पुराना दलमाथि मात्र प्रश्न गरेन । वाम वा कम्युनिस्ट पार्टीलाई सोच्न बाध्य बनाएको छ । 

यदि वाम शक्तिहरू विभाजित रहे भने उनीहरूको मत विभाजित हुने र नयाँ राजनीतिक शक्तिहरूलाई अझै ठाउँ मिल्ने सम्भावना बढ्छ । यस्तो अवस्थामा एकता केवल वैचारिक आवश्यकता होइन, अस्तित्वको प्रश्न पनि बन्न सक्छ । ।

षड्यन्त्रको चर्चा

प्रचण्डको भनाइको सबैभन्दा चर्चित पक्ष थियो–कम्युनिस्ट शक्तिलाई ‘जिरो’ मा पुर्‍याउने षड्यन्त्र भइरहेको दाबी । यो अभिव्यक्तिलाई दुई ढंगले बुझ्न सकिन्छ । 

पहिलो, उनले बाह्य तथा आन्तरिक राजनीतिक शक्तिको प्रभावलाई संकेत गरेका छन् । विश्व राजनीतिमा वाम आन्दोलन कमजोर पार्ने प्रयासको बहस नयाँ होइन । शीतयुद्धकालदेखि नै पूँजीवादी शक्तिहरू र कम्युनिस्ट आन्दोलनबीच वैचारिक संघर्ष रहँदै आएको छ । 

दोस्रो, यो एउटा राजनीतिक भाष्य पनि हुन सक्छ–वाम समर्थकलाई पुनः संगठित गर्ने प्रयास ।  राजनीतिमा ‘खतरा’ को भाष्य प्रायः एकताको आधार बनाइन्छ । जब कुनै शक्ति आफूलाई घेराबन्दीमा परेको देखाउँछ, त्यसले आन्तरिक मतभेदलाई थाती राखेर एकताका लागि वातावरण बनाउन खोज्छ । 

तर आलोचकहरू भन्छन्–कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा बाह्य षड्यन्त्रभन्दा धेरै जिम्मेवार स्वयं कम्युनिस्ट नेतृत्व हो । सत्तामोह, अवसरवाद, भ्रष्टाचारको आरोप, सिद्धान्तबाट विचलन र जनअपेक्षा पूरा गर्न नसक्नु नै कमजोरीको प्रमुख कारण भएको उनीहरूको तर्क छ । 

संकटपछि पुनरागमनको संकेत

प्रचण्डको वाम एकताको आह्वानलाई केवल नेपालको सीमाभित्र हेर्दा अपूरो हुन्छ । विश्व राजनीति अहिले रोचक मोडमा छ । 

सोभियत संघ विघटन भएपछि विश्वभर कम्युनिस्ट आन्दोलन कमजोर भयो । धेरैले ‘कम्युनिज्म समाप्त भयो’ भन्ने निष्कर्ष निकाले । दक्षिण एसियामा भारतको पश्चिम बंगाल, त्रिपुरा जस्ता वाम गढहरू कमजोर भए । चीनले पनि कठोर साम्यवादी अर्थतन्त्रबाट बजारमुखी मोड लियो । 

तर पछिल्लो दशकमा परिस्थितिले नयाँ मोड लिएको छ । तीव्र आर्थिक असमानता, महँगी, बेरोजगारी, युद्ध, जलवायु संकट र धनी–गरिबबीचको खाडल बढ्दै जाँदा वाम राजनीति पुनः बहसको केन्द्रमा आउन थालेको छ । 

ल्याटिन अमेरिकी देशहरू–ब्राजिल, चिली, कोलम्बिया, मेक्सिकोमा वाम नेतृत्व पुनः उदाएको छ । युरोपमा सामाजिक लोकतन्त्र, श्रमिक अधिकार र हरित राजनीतिले बल पाएको छ । अमेरिकामा पनि आर्थिक समानताको बहस बलियो बन्दै गएको छ । यसले एउटा प्रश्न उठाएको छ–के नेपालमा पनि वाम आन्दोलन पुनः नयाँ रूपले उठ्न सक्छ ? 

सायद प्रचण्डले यही विश्व प्रवृत्तिलाई बुझेर नयाँ ढंगले कम्युनिस्ट शक्तिलाई संगठित गर्न खोजिरहेका छन् । त्यसैको लागि आव्हान गरिरहेका छन् । 

गणतन्त्रमाथि चुनौती

प्रचण्डले आफ्नो भाषणमा गणतन्त्र र लोकतान्त्रिक उपलब्धिमाथि चुनौती बढिरहेको बताएका छन् । यो भनाइलाई नेपालको पछिल्लो राजनीतिक बहससँग जोडेर हेर्नुपर्छ । 

पछिल्ला वर्षमा राजतन्त्र पुनर्स्थापनाको आवाज केही हदसम्म बढेको छ । राजनीतिक अस्थिरता, भ्रष्टाचार र जनअसन्तुष्टिलाई आधार बनाएर केही समूहले गणतन्त्र असफल भएको तर्क गरिरहेका छन् । 

प्रचण्डको दृष्टिमा यो केवल व्यवस्थामाथिको बहस होइन । यो वाम आन्दोलनको उपलब्धिमाथिको चुनौती पनि हो । किनकि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना प्रक्रियामा माओवादी आन्दोलन र समग्र वाम शक्तिको महत्वपूर्ण भूमिका थियो । त्यसैले उनी वाम दलहरूलाई एकजुट गरेर ‘गणतन्त्र र लोकतन्त्र बचाउने साझा मोर्चा’ निर्माण गर्न चाहिरहेका देखिन्छन् । 

बालेनमाथि प्रहार

पेरिसडाँडाको कार्यक्रममा प्रचण्डले काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख तथा हालका राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रधामन्त्री बनेका बालेन्द्र शाहप्रति आलोचनात्मक टिप्पणी गर्दै श्रमजीवी वर्गमाथि दबाब बढेको आरोप लगाए । यो आलोचना केवल बालेनको हालको कामप्रति असन्तोष मात्र होइन ? जुन सुकुम्बासीमाथिको हमलालाई वर्गीय राजनीतिको पुनरागमनको संकेतका रूपमा पनि हेर्न सकिन्छ । परम्परागत वाम राजनीति श्रमिक, गरिब, निमुखा र श्रमजीवी वर्गको प्रतिनिधित्वको भाष्यमा आधारित हुन्छ । 

जब नयाँ स्वतन्त्र नेतृत्व लोकप्रिय बन्छ, तब पुराना वाम दलले आफूलाई पुनः श्रमजीवी वर्गको प्रतिनिधिका रूपमा प्रस्तुत गर्न खोज्नु स्वाभाविक मानिन्छ । 

सम्भावना र निष्कर्ष

सबैभन्दा ठूलो प्रश्न यही हो-अब पनि वाम एकताको  सम्भव छ ? नेपालको अनुभवले देखाउँछ, एकता घोषणा गर्न सजिलो छ, टिकाउन गाह्रो । नेतृत्वको अहंकार, शक्ति बाँडफाँड, संगठनात्मक प्रभुत्व र वैचारिक अस्पष्टताले विगतका धेरै एकता असफल भएका छन् । 

यदि प्रचण्डको आह्वान केवल चुनावी तालमेलसम्म सीमित भयो भने त्यसले दीर्घकालीन परिणाम दिन सक्दैन । तर यदि वाम शक्तिहरूले आत्मसमीक्षा गर्दै नयाँ पुस्ताको आकांक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायलाई केन्द्रमा राखेर नयाँ राजनीतिक कार्यक्रम ल्याए भने एकताको अर्थ बदलिन सक्छ । 

प्रचण्ड अहिले वाम एकताको आह्वान किन गरिरहेका छन् भन्ने प्रश्नको उत्तर बहुआयामिक छ ।  यसमा सत्ता राजनीति पनि छ, कमजोर हुँदै गएको जनाधारको चिन्ता पनि छ, गणतन्त्रमाथिको चुनौती पनि छ र विश्व वाम आन्दोलनको बदलिँदो सन्दर्भ पनि छ । 

तर एउटा कुरा स्पष्ट छ–वाम आन्दोलन अहिले मोडमा उभिएको छ । यदि विभाजन, आरोप–प्रत्यारोप र सत्ता संघर्षमै अल्झियो भने कमजोर हुँदै जाने सम्भावना छ । तर यदि यसले आत्मसमीक्षा, वैचारिक नविकरण र जनतासँग पुनः सम्बन्ध निर्माण गर्न सक्यो भने यो पुनर्जागरणको अवसर पनि बन्न सक्छ । 

त्यसैले प्रचण्डको ‘वाम एकता’ को आह्वान केवल राजनीतिक नारा मात्र हो कि नयाँ युगको सुरुवात ? यसको उत्तर आगामी राजनीतिक व्यवहारले दिनेछ, भाषणले होइन । 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ०७:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्