Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल आइतबार, जेठ ३, २०८३

काठमाडौं । नेपालको राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन) पछिल्ला दिनमा फेरि एकपटक गम्भीर राजनीतिक बहसको केन्द्रमा आएका छन् । आफ्नै सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलमा प्रत्यक्ष उपस्थित नभएपछि उनीमाथि लोकतान्त्रिक उत्तरदायित्व, संसदीय मर्यादा र कार्यकारी जवाफदेहितासम्बन्धी प्रश्न उठ्न थालेका छन् ।

प्रतिपक्षी दलहरूले बारम्बार प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग राखे पनि प्रधानमन्त्री अनुपस्थित रहे । अन्ततः विरोधकै बीच सरकारको नीति तथा कार्यक्रम सार्वभौम संसद्बाट पारित भयो । यस प्रक्रियाले संसद्भित्र मात्र होइन, सार्वजनिक वृत्तमा पनि गम्भीर राजनीतिक बहस जन्माएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले त प्रधानमन्त्रीको अनुपस्थितिलाई ‘असक्षमता’ सँग जोड्दै राजीनामाको मागसमेत गरेका छन् । उनले संसद् बहिष्कार गर्दै प्रधानमन्त्रीले जनप्रतिनिधिहरूलाई बेवास्ता गरेको आरोप लगाए । उता प्रमुख प्रतिपक्षी दलहरूले पनि प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदीय उत्तरदायित्वबाट विमुख हुने संकेतका रूपमा चित्रण गरेका छन् ।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा जवाफ दिएका थिए । तर प्रतिपक्षी सांसदहरूको प्रश्न थियो–‘प्रधानमन्त्री आफैं किन आएनन् ?’ उनीहरूको तर्कमा, नीति तथा कार्यक्रम सरकारको मूल राजनीतिक तथा प्रशासनिक दिशा निर्धारण गर्ने दस्तावेज भएकाले त्यसबारे उठेका आलोचना र प्रश्नको सामना प्रधानमन्त्री स्वयंले गर्नुपर्थ्यो ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाङ्बेले नीति तथा कार्यक्रममाथि गहन छलफल हुनुपर्ने विषयलाई छोटो समयमा सीमित गरेर पारित गरिएको भन्दै आपत्ति जनाएका छन् । उनका अनुसार, कम्तीमा तीन दिनसम्म घनीभूत बहस हुनुपर्ने विषय केही घण्टाभित्र टुंग्याइनु संसदीय अभ्यासको मर्मविपरीत देखिन्छ ।

संसद् र प्रधानमन्त्रीको संवैधानिक जिम्मेवारी

नेपालको संसदीय शासन प्रणालीमा प्रधानमन्त्री केवल सरकार प्रमुख मात्र होइनन्, संसद्प्रति प्रत्यक्ष रूपमा उत्तरदायी कार्यकारी प्रमुख पनि हुन् । संसद् सरकारमाथि निगरानी गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था हो, जहाँ सरकारका नीति, कार्यक्रम र निर्णयमाथि प्रश्न उठ्छन्, आलोचना हुन्छ र त्यसको जवाफ खोजिन्छ ।

राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रम व्यवहारतः सरकारकै राजनीतिक तथा प्रशासनिक प्रतिबद्धताको आधिकारिक दस्तावेज हो । यसमा सरकारका प्राथमिकता, नीति दिशा र आगामी वर्षको कार्ययोजना समेटिएको हुन्छ । त्यसैले यसमाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनु संवैधानिक अभ्यास, संसदीय परम्परा र राजनीतिक उत्तरदायित्वको महत्त्वपूर्ण हिस्सा मानिन्छ ।

नेपालको संसदीय इतिहास हेर्दा अधिकांश प्रधानमन्त्रीहरूले नीति तथा कार्यक्रममाथिको बहसमा उपस्थिति जनाउँदै आलोचनाको सामना गरेका उदाहरण पाइन्छन् । संसद् भनेको केवल समर्थन खोज्ने थलो मात्र होइन । असहमति सुन्ने, प्रश्नको उत्तर दिने र आफ्ना निर्णयहरूको औचित्य पुष्टि गर्ने लोकतान्त्रिक मञ्च पनि हो । त्यसलाई लोकतान्त्रिक जवाफदेहिताको रुपमा लिइन्छ । तर, बालेनको बन्द मुखले संसद्मा मात्र होइन , जनतामा प्रश्न उब्जाएको छ ।

नयाँ शैली कि संस्थागत चुनौती ?

प्रधानमन्त्री बालेन्द्र शाह अर्थात वालेनको सार्वजनिक जीवन र राजनीतिक यात्रा परम्परागत शैलीभन्दा फरक मानिन्छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएदेखि नै उनले सामाजिक सञ्जाललाई मुख्य राजनीतिक सञ्चार माध्यमका रूपमा प्रयोग गर्दै आएका थिए । फेसबुक, एक्स, युट्युब तथा अन्य डिजिटल प्लेटफर्ममार्फत उनी आफ्ना निर्णय, धारणा, आलोचनाको जवाफ र नीतिगत दृष्टिकोण सार्वजनिक गर्दै आएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद गर्ने यो शैलीले विशेषगरी युवा पुस्तामा उनलाई लोकप्रिय बनाएको थियो । पुराना राजनीतिक संरचनाप्रति वितृष्णा बढिरहेको अवस्थामा ‘काम गर्ने, कम बोल्ने’ र ‘सिधै जनतासँग संवाद गर्ने’ नेताका रूपमा आफूलाई प्रस्तुत गर्न बालेन सफल देखिएका थिए ।

राजनीतिक विश्लेषकहरूका अनुसार, प्रधानमन्त्रीको संसदीय अनुपस्थितिलाई उनको ‘डिजिटल फर्स्ट’ रणनीतिको निरन्तरताका रूपमा पनि बुझ्न सकिन्छ । यस्तो रणनीतिमा नेता परम्परागत मिडिया र संसदीय बहसभन्दा बाहिर रहेर आफ्ना समर्थकसँग प्रत्यक्ष रूपमा जोडिन खोज्छन् । सामाजिक सञ्जालको माध्यम एकतर्फी र नियन्त्रणयुक्त हुने भएकाले त्यहाँ नेता आफैंले सन्देशको स्वर, भाषा र प्राथमिकता तय गर्न सक्छन् ।

तर संसद् फरक संस्था हो । संसद्मा प्रतिपक्षले प्रश्न सोध्छ, आलोचना गर्छ, प्रतिवाद गर्छ र तत्काल जवाफको अपेक्षा राख्छ । सामाजिक सञ्जालमा लामो पोस्ट लेखेर धारणा राख्नु र संसद्को प्रत्यक्ष बहसमा उभिनु समान राजनीतिक अभ्यास होइनन् ।

यही कारण धेरैले प्रधानमन्त्रीको शैलीलाई ‘नयाँ राजनीतिक प्रयोग’ भन्दा बढी ‘संस्थागत असहजता’ को संकेतका रूपमा पनि हेर्न थालेका छन् ।

परम्परा भंग कि नयाँ राजनीतिक अभ्यास ?

प्रधानमन्त्रीको पक्षधरहरू भने यसलाई अनावश्यक विवादका रूपमा हेर्छन् । उनीहरूको तर्क छ—प्रतिनिधिसभाको नियमावलीअनुसार प्रधानमन्त्रीको प्रतिनिधित्व मन्त्रीमार्फत हुन सक्ने व्यवस्था छ । त्यसैले अर्थमन्त्रीले सरकारको तर्फबाट जवाफ दिनु प्रक्रियागत रूपमा अस्वाभाविक होइन ।

तर आलोचकहरूको दृष्टिकोण फरक छ । उनीहरू भन्छन्, कानुनी रूपमा सम्भव भएको प्रत्येक कुरा राजनीतिक रूपमा उपयुक्त नै हुन्छ भन्ने होइन । प्रधानमन्त्री संसद्मा उपस्थित नहुनु कानुनी रूपमा सम्भव भए पनि राजनीतिक र नैतिक हिसाबले त्यो सन्देश कस्तो जान्छ भन्ने प्रश्न अझ महत्त्वपूर्ण हुन्छ ।

लोकतन्त्र केवल कानुनी व्यवस्थाको समष्टि मात्र होइनस त्यो परम्परा, राजनीतिक संस्कार, संवाद र संस्थागत सम्मानको अभ्यास पनि हो । यदि कार्यकारी प्रमुखले संसद्लाई केवल औपचारिक संस्थाका रूपमा लिन थाले भने त्यसले दीर्घकालीन रूपमा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउन सक्छ ।

कानुनविद् र विशेषज्ञहरूको दृष्टिकोण

संवैधानिक कानुनविद् भीमार्जुन आचार्यको भनाइमा, ‘संसदीय प्रणालीमा प्रधानमन्त्रीको संसद्प्रति जवाफदेहिता वैकल्पिक होइन, अनिवार्य राजनीतिक दायित्व हो । संसद्लाई छल्नु भनेको जनताबाट निर्वाचित प्रतिनिधिहरूप्रति अपमान गर्नु हो ।’ 

संसदीय अभ्यासका जानकारहरू पनि बारम्बार प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको छवि कमजोर बन्न सक्ने बताउँछन् । विशेषगरी नयाँ राजनीतिक नेतृत्वका रूपमा जनअपेक्षा बोकेका प्रधानमन्त्रीका लागि संसद्‌मा उभिएर आलोचनाको सामना गर्नु नेतृत्व क्षमताको महत्त्वपूर्ण मापन बन्न सक्छ ।

उनीहरूका अनुसार, यदि प्रधानमन्त्रीले प्रतिपक्षको आलोचनालाई निरन्तर बेवास्ता गर्ने रणनीति अपनाए भने यसले आगामी दिनमा संसद् अवरोध, राजनीतिक ध्रुवीकरण र संस्थागत तनाव बढाउन सक्छ ।

अपरम्परागत छवि बलियो बन्दै

छोटो अवधिमा हेर्दा बालेन शैलीको राजनीति प्रभावकारी देखिन सक्छ । उनी परम्परागत मिडियालाई बाइपास गर्दै समर्थकसँग प्रत्यक्ष जोडिन्छन् । आलोचनाको जवाफ पनि आफ्नै भाषामा र आफ्नै माध्यमबाट दिन्छन् । यसले उनको ‘स्वतन्त्र’ र ‘अपरम्परागत’ छवि बलियो बनाउँछ ।

तर दीर्घकालीन राजनीतिक स्थायित्व केवल लोकप्रियताले टिक्दैन । संस्थागत विश्वासले टिक्छ । संसद्लाई कमजोर बनाउने वा बेवास्ता गर्ने छवि निर्माण भएमा त्यसले जनविश्वासमा असर गर्न सक्छ ।

नेपालको लोकतन्त्र लामो राजनीतिक संघर्ष, आन्दोलन, बलिदान र संस्थागत अभ्यासबाट यहाँसम्म आइपुगेको हो । त्यसैले संसद्लाई केवल आलोचनाको स्थल नभई राष्ट्रिय सहमति र उत्तरदायित्वको मञ्चका रूपमा हेर्न आवश्यक छ ।

नयाँ पुस्ताका नेताहरूले डिजिटल माध्यमको प्रभावकारी प्रयोग गर्नु सकारात्मक पक्ष हो । तर लोकतान्त्रिक संस्थाको सम्मान र संवैधानिक जिम्मेवारीलाई समानान्तर रूपमा अगाडि बढाउन सकिएन भने त्यो लोकप्रियता अन्ततः अस्थायी साबित हुन सक्छ ।

नयाँ र पुरानो राजनीतिक संस्कृतिको बहस

नेपालको राजनीतिमा अहिले एउटा रोचक तर जटिल बहस चलिरहेको छ । पुरानो राजनीतिक संस्कार र नयाँ पुस्ताको नेतृत्वबीचको द्वन्द्व । बालेन्द्र शाह जस्ता नेताहरूले व्यवस्थापन, प्रविधि र प्रत्यक्ष सञ्चारलाई प्राथमिकता दिने शैली विकास गरेका छन् । तर संसदीय लोकतन्त्रको आधार भने संवाद, बहस, आलोचना र उत्तरदायित्व हो ।

यदि प्रधानमन्त्री संसद्मा उपस्थित भएर प्रतिपक्षका प्रश्नहरूको सामना गर्छन् भने त्यो कमजोरी होइन, लोकतान्त्रिक परिपक्वताको संकेत हुनेछ । आलोचना सुन्ने क्षमता, असहमतिको सम्मान र प्रश्नको उत्तर दिने संस्कारले नै नेतृत्वको उचाइ मापन गर्छ ।

लोकतन्त्रमा बोल्ने अधिकार जत्तिकै सुन्ने र जवाफ दिने दायित्व पनि महत्त्वपूर्ण हुन्छ । प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नो राजनीतिक लोकप्रियता मात्र होइन, संस्थागत मर्यादा पनि समान रूपमा जोगाउनुपर्छ ।

अन्त्यमा...

प्रतिपक्षी दलहरूको मूल माग जटिल थिएन । प्रधानमन्त्री संसद्मा उपस्थित होउन् र उठेका प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिऊन् । यही मागलाई बेवास्ता गरिएको आरोप अहिले राजनीतिक बहसको केन्द्रमा छ । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्नु प्रत्येक नागरिकको अधिकार हो, र प्रधानमन्त्रीका रूपमा पनि बालेन्द्र शाहले डिजिटल माध्यम प्रयोग गर्न सक्छन् । तर प्रधानमन्त्री केवल व्यक्तिगत व्यक्तित्व होइनन् । उनी राज्यका कार्यकारी प्रमुख, सार्वजनिक संस्था र करोडौं जनताको भरोसाका प्रतिनिधि पनि हुन् ।

जब संसद्मा जनप्रतिनिधिहरूले ‘हाम्रा प्रधानमन्त्री कहाँ छन् ? भन्ने प्रश्न उठाउँछन्, त्यसको उत्तर मौनता वा प्रतिनिधिमार्फत मात्र दिन खोज्नु पर्याप्त मानिँदैन । लोकतन्त्रको सुन्दरता आलोचना सहने, बहसमा भाग लिने र सार्वजनिक रूपमा उत्तर दिने संस्कृतिमा निहित हुन्छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका लागि यो केवल राजनीतिक विवाद होइन । नेतृत्व शैली, लोकतान्त्रिक जवाफदेहिता र संस्थागत सम्मानको सन्तुलन कायम गर्ने वास्तविक परीक्षा पनि हो । यदि यो सन्तुलन कायम गर्न सकिएन भने ‘क्रमभंगता’ को राजनीतिक प्रयोगले उनीप्रतिको जनआशा र विश्वासलाई क्रमशः कमजोर पार्ने जोखिम रहिरहनेछ । त्यस कारण वालेनले बन्द मुख खोल्नुपर्छ । 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  ०७:४८
#राजनीति
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्