Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • ‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, जेठ १, २०८३

काठमाडाैं । नेपालको राजनीतिमा यतिबेला एउटा अनौठो बहस चलिरहेको छ । प्रधानमन्त्रीले संसद्मा बोल्नुपर्छ कि पर्दैन ? अझ भनौं, प्रधानमन्त्री बोलिरहेका छैनन् भन्ने गुनासो किन यति धेरै उठिरहेको छ ? संसद्का सांसददेखि आमसर्वसाधारणसम्मको एउटै स्वर छ-‘एक पटक बोलिदेउन बालेन सरकार !’

यो आग्रह केवल राजनीतिक औपचारिकताको माग मात्र होइन, लोकतान्त्रिक उत्तरदायित्वको प्रश्न पनि हो । किनकि लोकतन्त्रमा नेतृत्वको शक्ति केवल जनमतबाट होइन, संवादबाट पनि मापन गरिन्छ । जनताको अपार विश्वासबाट नेतृत्वमा पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज धेरैका लागि आशा, अपेक्षा र परिवर्तनको प्रतीक हुन् । तर परिवर्तनको नेतृत्व गर्ने व्यक्ति मौन हुँदा प्रश्न उठ्नु स्वाभाविक हो ।

यही प्रसङ्गमा बालेनकै चर्चित गीत ‘मलाई बोल्न दे सरकार’ को भाव अहिले उल्टो अर्थमा समाजमा प्रतिध्वनित भइरहेको जस्तो देखिन्छ । कहिल्यै सत्ता र व्यवस्थाविरुद्ध आवाज उठाउने बालेनले गाएका थिए । 

‘मलाई बोल्न दे सरकार,
मेरा कुरा खोल्न दे सरकार !’

आज त्यो गीत केवल एउटा सांगीतिक प्रस्तुति थिएन । त्यो समयको असन्तुष्टि, दबिएको आवाज र व्यवस्था प्रतिको प्रश्न थियो । त्यो गीतले धेरै युवाको मन छोयो, किनकि त्यहाँ विद्रोह थियो, स्वतन्त्रताको माग थियो, र सत्ता समक्ष प्रश्न गर्ने साहस थियो ।

तर आज परिस्थिति फेरिएको छ । आज बालेन सरकारविरुद्ध बोल्ने कलाकार होइनन्, सरकारकै नेतृत्वमा रहेका प्रधानमन्त्री हुन् । हिजो जसले ‘मलाई बोल्न दे सरकार’ भनेका थिए, आज तिनैलाई जनता भनिरहेका छन्–‘एक पटक बोलिदेउन बालेन सरकार !’ 

लोकतन्त्रमा मौनता कहिलेकाहीँ शालीनता हुन सक्छ, तर निरन्तर मौनता शंका र दूरीको कारण बन्न सक्छ । प्रधानमन्त्री भनेको केवल निर्णय गर्ने व्यक्ति होइन ? निर्णयको औचित्य बुझाउने व्यक्ति पनि हो । संसद्मा उपस्थित हुनु, सांसदका प्रश्न सुन्नु, उत्तर दिनु र देशका विषयमा धारणा सार्वजनिक गर्नु प्रधानमन्त्रीको संवैधानिक मात्र होइन, नैतिक जिम्मेवारी पनि हो ।

संसद् केवल कानुन बनाउने थलो होइन । यो जनताको आवाज प्रतिध्वनित हुने राष्ट्रिय मञ्च हो । जनताले आफ्ना प्रतिनिधि पठाएका हुन्छन्, र ती प्रतिनिधिले सरकारसँग जवाफ माग्ने अधिकार राख्छन् । त्यसैले प्रधानमन्त्री संसद्मा उपस्थित हुनु भनेको विपक्षीलाई मात्रै सन्तुष्ट पार्नु होइन, जनतालाई सम्मान गर्नु हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको शैली अलि फरक छ । उनी कम बोल्छन्, काम गरेर देखाउन चाहन्छन् भन्ने धारणा धेरैको छ । सामाजिक सञ्जालमार्फत सन्देश दिने, प्रत्यक्ष भिडन्तबाट टाढा रहने र औपचारिक अभिव्यक्तिमा कम देखिने उनको शैलीले कतिपयलाई प्रभावित पनि बनाएको छ । तर सरकार सञ्चालन केवल शैलीले चल्दैन । प्रणाली र प्रक्रियाले पनि चल्छ ।

लोकतन्त्रमा ‘काम गर्छु, बोल्दिनँ’ भन्ने तर्क सधैं पर्याप्त हुँदैन । किनकि जनताले काम देख्न चाहन्छन्, तर कामबारे सुन्न पनि चाहन्छन् । निर्णय किन गरियो ? चुनौती के छन् ? समाधानको बाटो के हो ? यी सबै प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै अपेक्षित हुन्छ ।

संसदीय व्यवस्थाको एउटा सुन्दर पक्ष भनेकै संवाद हो । बेलायतजस्ता मुलुकमा प्रधानमन्त्रीले नियमित रूपमा संसद्मा प्रश्नोत्तर सामना गर्छन् । आलोचना सुन्छन्, प्रतिपक्षसँग बहस गर्छन् र आफ्नो सरकारको पक्ष राख्छन् । नेपालमा पनि विगतमा प्रधानमन्त्रीहरू संसद्मा बोल्ने, जवाफ दिने र प्रश्नोत्तरमा सहभागी हुने अभ्यास रहँदै आएको छ ।

त्यसैले अहिले सांसदहरूले प्रधानमन्त्रीलाई संसद्मा बोल्न आग्रह गर्नु अस्वाभाविक होइन । बरु यो लोकतान्त्रिक संस्कारकै हिस्सा हो ।

अझ अर्को पक्ष पनि महत्त्वपूर्ण छ । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको संसद्मा दुई तिहाई नजिक बहुमत छ । जनताले पुराना दलसँग असन्तुष्ट भएर नयाँ विकल्प रोजेका छन् । यस्तो अवस्थामा जनअपेक्षा झन् ठूलो हुन्छ । जनताले विश्वास दिएको नेतृत्व अझ बढी उत्तरदायी हुनुपर्छ । शक्तिशाली हुनुको अर्थ झुक्न नपर्नु होइन । बरु अझ लचिलो, उत्तरदायी र संवादमुखी बन्नु हो ।

किनकि लोकतन्त्रमा बहुमतले शासन गर्न सक्छ, तर सुन्ने दायित्वबाट मुक्त हुन सक्दैन । प्रधानमन्त्री बालेन्द्र शाहका समर्थकहरू भन्छन्–‘उहाँ काम गरिरहनुभएको छ, बोल्नै पर्दैन ।’ तर लोकतन्त्रमा काम र संवाद एकअर्काका विकल्प होइनन् । दुवै सँगसँगै आवश्यक हुन्छन् । प्रधानमन्त्रीले संसद्मा बोलेर आफ्नो दृष्टिकोण राख्दा भ्रम कम हुन्छ, आलोचना कम तीखो हुन्छ र जनविश्वास अझ बलियो बन्न सक्छ ।

आज देशमा धेरै प्रश्न छन् । अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, संघीयता, सुशासन, भ्रष्टाचार नियन्त्रणदेखि जनअपेक्षासम्म । यी विषयमा प्रधानमन्त्रीको स्पष्ट धारणा सुन्न जनता उत्सुक हुनु स्वाभाविक हो ।

त्यसैले आजको आग्रह आलोचना मात्र होइन, शुभेच्छा पनि हो । यो आग्रह बालेन सरकार असफल होस् भन्ने होइन । बरु सफल होस् भन्ने चाहना हो । किनकि लोकतन्त्रमा लोकप्रियता टिकाउन काम जति आवश्यक हुन्छ, संवाद पनि उत्तिकै आवश्यक हुन्छ ।

हिजो कलाकार बालेनले गाएका थिए । ‘मलाई बोल्न दे सरकार’ आज जनता भावुक अपिल गरिरहेका छन् । अनि भनिरहेका छन् ।

‘एक पटक बोलिदेउन बालेन सरकार !’

किनकि संसद् मौनताको ठाउँ होइन, संवादको घर हो । र लोकतन्त्रको सबैभन्दा ठूलो गहना नै–संवाद र सहकार्य हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  ०६:४३
##विदुर कटुवाल
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्