Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख राई
करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख राई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ ११, २०७९
Harka Sangpang Rai

ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उप-महानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएको छ। 

उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएको छ। उनले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताएको हो।

“म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु”, उनले भनेको छ। 

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदैँ आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नं वितरण गरेको छ। “पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला (९८१९०१२३७१ र ९७४६९६५१९८), तपाइँको सेवक, जय धरान”, उनले भनको छ।

उप-महानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखीदिएको छ। 

चालक पनि तयारी अवस्थामा रहेका छन् । यस्तै उप प्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए। “हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो”, अधिकृत खतिवडाले भने ।

मङ्गलबार पदभार ग्रहणपछि प्रमुख राई उप-महानगरपालिका पुगेको छैन् । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने प्रमुखमा विजयी हुने बित्तिकै उनले घोषणा गरेको थियो।

प्रमुखमा निर्वाचित भएपछि विभिन्न सामाजिक सङ्घ संस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उनले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रह समेत गरेको छ। 

लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएको थियो। मङ्गलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएको छ। 

खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनको भनाइ छ। पदभार ग्रहण गदैं साम्पाङले भने, “परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ।”

राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख रहेको छ।

यस्तै सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा उनले तोकेका व्यक्ति कार्यदलमा सदस्य रहने छन्।

कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतको पहिचान गर्ने र दररेट निर्धारणका लागि अध्ययन गरी सुझाव दिइने प्रमुख राईले जानकारी दिए। सर्वदलीय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उनले प्रतिबद्धता जनाएको छ। 
 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १६:११
##HarkaSangpangRai
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
ड्रग्स घर–घरकी कहानी भनेझै सबैको समस्या...
ड्रग्स घर–घरकी कहानी भनेझै सबैको समस्या... शनिबार, वैशाख ५, २०८३
एनआरएनए अध्यक्ष डा हेमराज शर्माको प्रतिबद्धता : "अब संगठनलाई नयाँ उर्जा र दृष्टिकोणकासाथ अगाडि बढाउँने।"
एनआरएनए अध्यक्ष डा हेमराज शर्माको प्रतिबद्धता : "अब संगठनलाई नयाँ उर्जा र दृष्टिकोणकासाथ अगाडि बढाउँने।" शनिबार, चैत ७, २०८२
मौनअवधिकाे चलखेललाई विशेष निगरानी गरिएकाे छ : निर्वाचन आयुक्त, सगुन शम्शेर राणा
मौनअवधिकाे चलखेललाई विशेष निगरानी गरिएकाे छ : निर्वाचन आयुक्त, सगुन शम्शेर राणा बुधबार, फागुन २०, २०८२
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा    
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा     शनिबार, पुस २६, २०८२
महान्यायाधिवक्ता भण्डारीले के भने ?
महान्यायाधिवक्ता भण्डारीले के भने ? बिहीबार, असोज २, २०८२
रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी शनिबार, भदौ १४, २०८२
उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर 
उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर  शनिबार, भदौ ७, २०८२
म त हिरो त होइन, चरित्र हिरो हुन सक्ला : अभिनेता बराल
म त हिरो त होइन, चरित्र हिरो हुन सक्ला : अभिनेता बराल शनिबार, साउन ३१, २०८२
शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई
शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई शनिबार, साउन १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः २ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नामी साप्ताहिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्