Top Navigation
  • Contact
Main Navigation
मंगलबार, कात्तिक १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
मंगलबार, कात्तिक १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बजेट छलफलमा प्रतिपक्षि दलद्वारा आलोचना
बजेट छलफलमा प्रतिपक्षि दलद्वारा आलोचना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ १८, २०७९
ICC Building

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिपक्षि दलका नेताले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेको छ।  

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद भानुभक्त ढकालले सुकुम्बासी समस्या समाधान गर्न बजेटमा व्यवस्था गरिनु सकारात्मक भएको तर निर्वाचन केन्द्रित बजेट वितरणमुखी विनियोजन गरेकामा आलोचना गरेको हो।

अर्का सांसद हृदयेश त्रिपाठीले योगदानका आधारमा पेन्सन दिने कसरी भन्दै प्रश्न गरे। कृषि क्षेत्रमा लगानी गर्ने भनिए पनि त्यो किसानमुखी नहुने देखिएको उल्लेख गर्दै उनले सहकारीलाई १० करोडसम्मको ठेक्का गर्न दिने व्यवस्था उपयुक्त हुने नदेखिएको बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले बजेटले मूल्य वृद्धि रोक्न नसक्ने बताए। प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले चुनावमुखी र वितरणमुखी बजेटले जीवन परिवर्तन गर्न नसक्ने जिकिर गरे। 

बजेटको आम्दानीका स्रोत के हुन् भनी प्रश्न गर्दै उनले वैदेशिक सहयोग र ऋणबाट बजेट बनाउँदा कार्यान्वयनको सम्भावना नहुने र परम्परागत बजेट आएकाले स्वदेशी उत्पादनलाई अनिवार्य प्रयोग गर्नमा जोड नदिइएको बताए। 

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले जमिनमाथिको वितरण न्यायोचित भएमा मात्र कृषि उत्पादन वृद्धि हुने बताएका थिए।

प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि जारी छलफलमा उनले देशको स्वतन्त्रता, स्वाभिमान र राष्ट्र हितलाई ख्याल गरेर मात्र वैदेशिक सहयोग लिनुपर्नेमा जोड दिएका थिए।

उनले स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्ने र अपार्टमेन्ट खरिद गर्न विदेशीलाई अनुमति दिन नहुने बताउँदै उनले महिलामाथिको बढदो हिंसा, बलात्कार रोक्न बजेटमा व्यवस्था नभएकामा ध्यानाकर्षण गराएका थिए भने बलात्कृत महिलाको जीवनयापनको जिम्मेवारी समेत राज्यले लिनुपर्नेमा जोड दिएका थिए।  
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १४:५८
##Budget
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
कोका-कोलाले ल्यायो ‘भरौँ खुसी’ दशैँ अभियान
कोका-कोलाले ल्यायो ‘भरौँ खुसी’ दशैँ अभियान शुक्रबार, असोज ३०, २०८३
उदयपुर मासुमा आत्मनिर्भर, सुँगुर/बंगुर उत्पादनमा अग्रस्थान
उदयपुर मासुमा आत्मनिर्भर, सुँगुर/बंगुर उत्पादनमा अग्रस्थान बिहीबार, असोज २९, २०८३
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता बुधबार, असोज २८, २०८३
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी शनिबार, असोज २४, २०८३
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट शुक्रबार, असोज २३, २०८३
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा शुक्रबार, असोज २३, २०८३
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् ।
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् । बिहीबार, असोज २२, २०८३
पासपोर्टमा सरकारको लापरबाही किन ?
पासपोर्टमा सरकारको लापरबाही किन ? शुक्रबार, असोज १६, २०८३
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी 
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी  बिहीबार, असोज १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः २ 'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
  • नंः ३ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
विचार
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शारदा बजगाईँ
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा NamiNews- नामीन्यूज
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्