Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • ENEnglish
  •   E-paper
बुधबार, साउन २५, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • देशभरिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप
देशभरिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप
Nami News
Nami News बुधबार, असार ८, २०७९
Pfizer vaccine in Nepal

काठमाडौ । भोलिदेखि ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो।

कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका १ लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिएका हुन् । देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ ।

अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउनका लागि १ हजार ३०० खोप केन्द्र तोकिएका छन्। खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो।

कार्यालयले काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ। उनले विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खापको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गरेका छन्। खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ।

कार्यालय प्रमुख अधिकारीले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिने छ। खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।

असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ भने दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ ।

पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ।

विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिनेछ।

खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिनेछ। 
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  २०:०३
##PfizerVaccine
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन विद्यालयलाई बोर्डको निर्देशन बिहीबार, साउन १९, २०७९
अपरेशन भएपछि के खाने ? के नखाने ?
अपरेशन भएपछि के खाने ? के नखाने ? शनिबार, साउन १४, २०७९
एसइई परीक्षाको नतिजा आज सार्वजनिक हुने
एसइई परीक्षाको नतिजा आज सार्वजनिक हुने बुधबार, साउन ११, २०७९
कोरोना सङ्क्रमणबाट १ जनाको निधन, ५६८ सङ्क्रमित
कोरोना सङ्क्रमणबाट १ जनाको निधन, ५६८ सङ्क्रमित सोमबार, साउन ९, २०७९
कोरोना सङ्क्रमितको सङ्ख्यामा बृद्धि
कोरोना सङ्क्रमितको सङ्ख्यामा बृद्धि बुधबार, असार २९, २०७९
नेपालमा सङ्क्रमण दर बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन 
नेपालमा सङ्क्रमण दर बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन  शनिबार, असार १८, २०७९
उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित : प्रधानमन्त्री देउवा
उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित : प्रधानमन्त्री देउवा मंगलबार, असार १४, २०७९
हैजाका बिरामी बढ्याे, सतर्कता अपनाउन आग्रह 
हैजाका बिरामी बढ्याे, सतर्कता अपनाउन आग्रह  मंगलबार, असार १४, २०७९
नशारोग विशेषज्ञ : मस्तिष्कघात हुनेबित्तिकै विशेषज्ञ उपचार सेवा पाए पूर्ववत् अवस्थामा फर्किन्छ 
नशारोग विशेषज्ञ : मस्तिष्कघात हुनेबित्तिकै विशेषज्ञ उपचार सेवा पाए पूर्ववत् अवस्थामा फर्किन्छ  सोमबार, असार १३, २०७९
लोकप्रिय
  • नंः १ गगन थापाको चुनावी क्षेत्रमा समाजसेवी शिवराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी घोषणा
  • नंः २ सुनिता बुढाक्षेत्री र अमृत खातीको आवाजमा ‘नाइ भन्छ मायाले’ सार्वजनिक
  • नंः ३ नेपाल अडिटर्स एशोसिएशन (अडान)को १७औं स्थापना दिवस भब्यतापूर्वक सम्पन्न
  • नंः ४ तामाकोशीका कुलवहादुर घिसिङले जिते डिशहोम नगद १ लाख
  • नंः ५ सप्तकोसीले धार सोझ्याउँदा उदयपुर र सप्तरी क्षेत्र प्रभावित
विचार
वर्षेनीको बाढी-पहिरो समस्या
वर्षेनीको बाढी-पहिरो समस्या Nami News
एसईई परीक्षाकाे नतिजामा गिरावट
एसईई परीक्षाकाे नतिजामा गिरावट Nami News
निरङ्कुस लोकतन्त्र
निरङ्कुस लोकतन्त्र कपिल अर्याल
सूचना-प्रविधि
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ Nami News
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार 
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार  Nami News
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्