Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कथा : पहिलो भोज
कथा : पहिलो भोज
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, साउन ७, २०७९
Bhimratharohan Story

अक्सर भोज भतेर जान नरुचाएको धेरै भएको थियो मैले । एक जना आफन्तले त केही वर्ष अगाडि मेरो घरै नजिकको पार्टी प्यालेसमा भएको भोजमा जानका लागि घरैमा आइ मरिहत्ते गर्दा पनि म नगएको क्षण ताजै छ मेरो मानसपटलमा। तर समयले कोल्टे फेर्दै जानेक्रममा नयाँ वातावरण नयाँ साथीभाई र नयाँ कर्मथलोको कारण पत्तै नपाई म बदली सकेँछु।

कर वलले वाहेक आफ्नै सुरले कहिल्यै कोट नलगाउने म भरखरै एउटा भोजमा सामेल हुन आफ्नै चाहनाले कोट लगाएर ठाँट्टिएर पुगेँ।  पाँच सय भन्दा बढी मान्छे अटाउँने टेवल कुर्सीहरु बान्की मिलाएर राखिएको लामो र ठूलो हलमा भएको भोजमा सामेल हुनेहरु निक्कै उत्साहित देखिन्थे ।

भोजको आयोजना चाहिँ हाम्रो पत्रिका नामी साप्ताहिकसँग आवद्ध परममित्र सुनकुमार अवालको पिता ७७ बर्ष ७ महिना ७ दिनका जोगनारायण अवालको भीमरथारोहण अर्थात जङ्कू र उहाँकै भतिजाको व्रतबन्धको उपलक्षमा गरिएको थियो। चट्ट शुट लगाएर उभिँदा उमेरले पाका भए पनि भीमरथारोहण गरिएका हाम्रा साथीका पिता त्यहाँ उपस्थित प्राय युवाहरुलाई इष्र्या नै लाग्ने गरेर निकै नै ह्याण्डसम देखिनुहुन्थ्यो।

हाम्रो नामी साप्ताहिकको पूरै टीमलाई बोलाइएको यो प्रीति भोजमा वेलावेलामा वियर ह्वीस्की र सित्तन सर्व गरिरहेका ठिटा ठिटीहरुका मधुर मुस्कानले भोजको शोभा झन बढाइदिएको थियो । हामी मध्येकी एक उद्यमी राजनीतिज्ञ र हाम्रो पत्रिकाको सम्वाददाता समेत रहेकी महिलाले हाम्रो फोटोमा हामी कोही पनि नछुटोस् भन्ने उद्देश्यले वियर सर्व गरिरहेकी एउटी सुन्दर युवतीलाई फोटो खिच्न अनुरोध गरेपछि उनले हाम्रो फोटो खिचिदिएर सानो गुण पनि लगाएकी थिइन् हामीलाई त्यो भोजमा ।

मेरो वैराग्यताका कारण विगतमा रमाइला भोजहरु मैले धेरैचोटी त्यागेकाले होला सायद मेरो थोरै परिचित र धेरै अपरिचित मान्छेहरुबीच सम्पन्न भइरहेको यो भोज मेरा लागि नमरिकन देखेको स्वर्ग झै भएको थियो । एकैचोटि बाह्रवर्षपछि भेटिएका कुनै श्रीमान र श्रीमती जस्तो।

हामीलाई भोजमा बोलाउँने पात्रको वेलावेलामा ठट्टालु व्यवहारले त झन यो भोजमा मैले उपस्थिति नजनाएको भए त जीवनमा एउटा ठूलै कुरा गुमाउँथेँ जस्तो लागिरहन्थ्यो मलाई। उहाँको हाउभाउ वेलावेलामा उहाँबाट आउने उटपट्याङ्ग शब्दहरुका कारण चार्ली च्याप्लिन पुनर्जन्म नै लिएर यो भोजमा आउनु भएछ कि क्या हो ? जस्तो लागि रहन्थ्यो मलाई भोज अवधिभर ।

अनि फेरी भोजको आयोजक मध्ये एक शालिन महिलाले वेलावेलामा हामी कहाँ आएर आफ्नो व्यस्ततालाई सन्तुलित ढङ्गले उपयोग गर्दै हामीसङग भलाकुसारी गरिरहेको सम्मानित व्यवहारका कारण हामीलाई उनको आतित्थ्यतालाई ग्रहण गर्न हम्मे हम्मे परिरहेको थियो । सायद हामीहरु सामान्य मान्छे भएकाले हामीमा बडप्पन नहुनु नै यसको मूल कारण थियो होला ?

स्वभाविक रुपले मानिसहरुको आपसी मनमुटाव प्राय जहाँ पनि भइरहेको विश्व परिवेशमा यो भोज शान्तिको प्रतिकको रुपमा एउटा उदाहरणीय परिस्थिति नै बनेको थियो। प्रायले मादक पदार्थ सेवन गरेपनि कोही कसैसँग विच्केको देखिएन। सबै रोमाण्टिक पाराले भोजको मज्जा लिइरहेका थिए । यो भोजको मुख्य विशेषता भनौं अथवा ब्युटीनेश नै यहि थियो। प्रेममा गाँसिएर विवाह पश्चात प्रेमको न्यूनिकरण भई प्राय सुनिने र देखिने मनमुटावका संवाद र दृष्य पनि पटक्कै कहिँ देखिँदैनथियो । चारैतिर रमाइलो वाहेक केही थिएन यो भोजमा ।

अझ हामीलाई निमन्त्रित गर्ने साथीको उमेरले पाको देखिने फुपूको जवानीको कथा सुनेर कम्ता मज्जा आएन । उहाँले ख्यातिप्राप्त कलाकार सन्तोष पन्तले उ वेला नायिका बन्न अफर गरेको कुरा सुनाएपछि।

अन्तिममा भोजबाट छुट्टिने वेलामा एक जना शान्त मृदुभाषी वौद्धिक र भद्र व्यक्तित्व पुरानो शिक्षकसँगको भेटले त मलाई जगतै भुलाई दियो। उहाँको हँसिलो मुहारमा सकारात्मक भावनाहरु सलबलाई रहेको प्रष्टसँग देख्न पाउँदा भविष्यमा जीउनका लागि एउटा ठूलो उर्जा प्राप्त भयो मलाई ।

त्यसैले कोरोनाका कहरका कारण थला परेको मन बोकेर सबै मान्छेहरुले भोज भतेरको त कुरै छोडौं मानवीय नाताले एक आपसमा हात मिलाउन समेत नपाएको र संसारमा धेरै मान्छेको मृत्यु भई हामी चाही भाग्यवश बाँचेको परिस्थितिबाट हामीले राहत महसूस गरेको अवस्थाबीच भर्खरै हामीले सामेल भएको रमाइलो भोजलाई म नाफामा प्राप्त गरेको नयाँ जीवनको पहिलो भोज भन्न रुचाउँछु । भोजको अन्तिममा भेटिएका शिक्षकको अनुहारबाट भविष्यमा सकारात्मक सोच राखि मुस्कुराउँदै धेरै वर्ष जीउँने प्रेरणा लिएर ।

नामी साप्ताहिक ई-पेपर

 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ११:३९
##Bhimratharohan
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्