Top Navigation
Main Navigation
सोमबार, साउन २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कथा : पहिलो भोज
कथा : पहिलो भोज
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, साउन ७, २०७९
Bhimratharohan Story

अक्सर भोज भतेर जान नरुचाएको धेरै भएको थियो मैले । एक जना आफन्तले त केही वर्ष अगाडि मेरो घरै नजिकको पार्टी प्यालेसमा भएको भोजमा जानका लागि घरैमा आइ मरिहत्ते गर्दा पनि म नगएको क्षण ताजै छ मेरो मानसपटलमा। तर समयले कोल्टे फेर्दै जानेक्रममा नयाँ वातावरण नयाँ साथीभाई र नयाँ कर्मथलोको कारण पत्तै नपाई म बदली सकेँछु।

कर वलले वाहेक आफ्नै सुरले कहिल्यै कोट नलगाउने म भरखरै एउटा भोजमा सामेल हुन आफ्नै चाहनाले कोट लगाएर ठाँट्टिएर पुगेँ।  पाँच सय भन्दा बढी मान्छे अटाउँने टेवल कुर्सीहरु बान्की मिलाएर राखिएको लामो र ठूलो हलमा भएको भोजमा सामेल हुनेहरु निक्कै उत्साहित देखिन्थे ।

भोजको आयोजना चाहिँ हाम्रो पत्रिका नामी साप्ताहिकसँग आवद्ध परममित्र सुनकुमार अवालको पिता ७७ बर्ष ७ महिना ७ दिनका जोगनारायण अवालको भीमरथारोहण अर्थात जङ्कू र उहाँकै भतिजाको व्रतबन्धको उपलक्षमा गरिएको थियो। चट्ट शुट लगाएर उभिँदा उमेरले पाका भए पनि भीमरथारोहण गरिएका हाम्रा साथीका पिता त्यहाँ उपस्थित प्राय युवाहरुलाई इष्र्या नै लाग्ने गरेर निकै नै ह्याण्डसम देखिनुहुन्थ्यो।

हाम्रो नामी साप्ताहिकको पूरै टीमलाई बोलाइएको यो प्रीति भोजमा वेलावेलामा वियर ह्वीस्की र सित्तन सर्व गरिरहेका ठिटा ठिटीहरुका मधुर मुस्कानले भोजको शोभा झन बढाइदिएको थियो । हामी मध्येकी एक उद्यमी राजनीतिज्ञ र हाम्रो पत्रिकाको सम्वाददाता समेत रहेकी महिलाले हाम्रो फोटोमा हामी कोही पनि नछुटोस् भन्ने उद्देश्यले वियर सर्व गरिरहेकी एउटी सुन्दर युवतीलाई फोटो खिच्न अनुरोध गरेपछि उनले हाम्रो फोटो खिचिदिएर सानो गुण पनि लगाएकी थिइन् हामीलाई त्यो भोजमा ।

Nepal Oil Corporation

मेरो वैराग्यताका कारण विगतमा रमाइला भोजहरु मैले धेरैचोटी त्यागेकाले होला सायद मेरो थोरै परिचित र धेरै अपरिचित मान्छेहरुबीच सम्पन्न भइरहेको यो भोज मेरा लागि नमरिकन देखेको स्वर्ग झै भएको थियो । एकैचोटि बाह्रवर्षपछि भेटिएका कुनै श्रीमान र श्रीमती जस्तो।

हामीलाई भोजमा बोलाउँने पात्रको वेलावेलामा ठट्टालु व्यवहारले त झन यो भोजमा मैले उपस्थिति नजनाएको भए त जीवनमा एउटा ठूलै कुरा गुमाउँथेँ जस्तो लागिरहन्थ्यो मलाई। उहाँको हाउभाउ वेलावेलामा उहाँबाट आउने उटपट्याङ्ग शब्दहरुका कारण चार्ली च्याप्लिन पुनर्जन्म नै लिएर यो भोजमा आउनु भएछ कि क्या हो ? जस्तो लागि रहन्थ्यो मलाई भोज अवधिभर ।

अनि फेरी भोजको आयोजक मध्ये एक शालिन महिलाले वेलावेलामा हामी कहाँ आएर आफ्नो व्यस्ततालाई सन्तुलित ढङ्गले उपयोग गर्दै हामीसङग भलाकुसारी गरिरहेको सम्मानित व्यवहारका कारण हामीलाई उनको आतित्थ्यतालाई ग्रहण गर्न हम्मे हम्मे परिरहेको थियो । सायद हामीहरु सामान्य मान्छे भएकाले हामीमा बडप्पन नहुनु नै यसको मूल कारण थियो होला ?

स्वभाविक रुपले मानिसहरुको आपसी मनमुटाव प्राय जहाँ पनि भइरहेको विश्व परिवेशमा यो भोज शान्तिको प्रतिकको रुपमा एउटा उदाहरणीय परिस्थिति नै बनेको थियो। प्रायले मादक पदार्थ सेवन गरेपनि कोही कसैसँग विच्केको देखिएन। सबै रोमाण्टिक पाराले भोजको मज्जा लिइरहेका थिए । यो भोजको मुख्य विशेषता भनौं अथवा ब्युटीनेश नै यहि थियो। प्रेममा गाँसिएर विवाह पश्चात प्रेमको न्यूनिकरण भई प्राय सुनिने र देखिने मनमुटावका संवाद र दृष्य पनि पटक्कै कहिँ देखिँदैनथियो । चारैतिर रमाइलो वाहेक केही थिएन यो भोजमा ।

अझ हामीलाई निमन्त्रित गर्ने साथीको उमेरले पाको देखिने फुपूको जवानीको कथा सुनेर कम्ता मज्जा आएन । उहाँले ख्यातिप्राप्त कलाकार सन्तोष पन्तले उ वेला नायिका बन्न अफर गरेको कुरा सुनाएपछि।

अन्तिममा भोजबाट छुट्टिने वेलामा एक जना शान्त मृदुभाषी वौद्धिक र भद्र व्यक्तित्व पुरानो शिक्षकसँगको भेटले त मलाई जगतै भुलाई दियो। उहाँको हँसिलो मुहारमा सकारात्मक भावनाहरु सलबलाई रहेको प्रष्टसँग देख्न पाउँदा भविष्यमा जीउनका लागि एउटा ठूलो उर्जा प्राप्त भयो मलाई ।

त्यसैले कोरोनाका कहरका कारण थला परेको मन बोकेर सबै मान्छेहरुले भोज भतेरको त कुरै छोडौं मानवीय नाताले एक आपसमा हात मिलाउन समेत नपाएको र संसारमा धेरै मान्छेको मृत्यु भई हामी चाही भाग्यवश बाँचेको परिस्थितिबाट हामीले राहत महसूस गरेको अवस्थाबीच भर्खरै हामीले सामेल भएको रमाइलो भोजलाई म नाफामा प्राप्त गरेको नयाँ जीवनको पहिलो भोज भन्न रुचाउँछु । भोजको अन्तिममा भेटिएका शिक्षकको अनुहारबाट भविष्यमा सकारात्मक सोच राखि मुस्कुराउँदै धेरै वर्ष जीउँने प्रेरणा लिएर ।

नामी साप्ताहिक ई-पेपर

 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ११:३९
##Bhimratharohan
प्रतिक्रिया दिनुहोस्
थप समाज
विनय र पुजाले गरे चार जनाकाे दाहसंस्कार
विनय र पुजाले गरे चार जनाकाे दाहसंस्कार शनिबार, साउन १८, २०८२
नेपाल-भारत सीमानामा
नेपाल-भारत सीमानामा शुक्रबार, साउन १७, २०८२
आज नागपञ्चमी पर्व मनाइँदै
आज नागपञ्चमी पर्व मनाइँदै मंगलबार, साउन १४, २०८२
निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै
निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै शनिबार, साउन ११, २०८२
सहरबाट गाउँ फर्केर चार सय मुरी धान उत्पादन
सहरबाट गाउँ फर्केर चार सय मुरी धान उत्पादन बुधबार, साउन ८, २०८२
एक वर्षकाे अवधिमा महान्यायाधिवक्ता रमेश बडालले के के गरे ?
एक वर्षकाे अवधिमा महान्यायाधिवक्ता रमेश बडालले के के गरे ? आइतबार, साउन ५, २०८२
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल  शनिबार, साउन ४, २०८२
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना शुक्रबार, साउन ३, २०८२
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की शुक्रबार, साउन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई
  • नंः २ तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
  • नंः ३ विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्