Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • उन्यू डाक्टरले पत्ता लगाए क्यान्सरको औषधि
उन्यू डाक्टरले पत्ता लगाए क्यान्सरको औषधि
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन ८, २०७९
shyamsaran shrestha

काठमाडौँ । भक्तपुर सूर्यविनायक-१, सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चाहरेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् ।

घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणका बारेमा जानकारी थियो ।

धेरै मानिसको नजर नपरेको बिरुवा खोज्दै हिँड्नेक्रम पनि जारी थियो । सुरुमा उनलाई सिस्नोले तानेको थियो । पोल्ने सिस्नोसँग मितेरी साइनो गाँसेर त्यसका बारेमा पत्ता लगाउने सुरुआती प्रयास तथ्यहरुको खोजी गर्दै जाँदा अगाडि नबढ्ने सङ्केत मिल्यो ।

गुरुहरुले दिएको सुझावलाई आत्मसात् गर्दै जाँदा सिस्नोसँग मितेरी साइनो लगाउने प्रयास खण्डित भयो । त्यसपछि उनको दिमागमा आफूसँगै हुर्केको बकाइनोको रुखको याद आयो ।

“मैले सानैदेखि मेरो घर नजिकै मसँगै हुर्केको बकाइनोसँग मित्रता गाँस्ने निधो गरेँ । मलाई त्यसको फलका बारेमा थाहा थियो । त्यो फुल्ने याम पनि मैले देखेको थिएँ । मेरा घरमा बाख्राले तिनका पात खान्थेँ”, श्रेष्ठले भने। 

बाथरोगदेखि सेतो दुबीसम्म निको पार्ने औषधीय गुण बकाइनोमा हुन्छ भन्ने सुनेका श्रेष्ठले बुझ्दै जाँदा बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरासमेत निको भएको पत्ता लाग्यो ।

“नेपालको वनजङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुण बोकेको बकाइनोका बारेमा अध्ययन गर्ने निष्कर्षमा पुगेँ”, उनले भने, “तर त्यसले मात्रै मेरो अध्ययनको दायरा पुग्दैनथ्यो । त्यसपछि मैले बकाइनोसँगै कालो निउरो र अल्लोलाई पनि एक आपसमा जोडेर खोजबिन गर्ने निष्कर्ष निकालेँ ।”

विशेषतः पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो बकाइनो । वनस्पतिको आनुवांशिक अध्ययन गर्ने विषय आफैँमा सजिलो काम होइन । तर श्यामशरणले त्यही गाह्रो काम रोजे ।

उमेरले साढे तीन दशक पुग्दा नै नामको अगाडि डाक्टर लेखाउने धोको थियो सायद तर गर्दै भन्दै जाँदा त्यो धोको पूरा हुन चार दशक नै लाग्न गयो । 

सन् २०१६ देखि नै विद्यावारिधिको अध्ययन सुरु गर्ने सोच थियो, उनको । ‘गोरखा भूकम्प’, पारिवारिक दायित्वले थिच्यो, उनलाई । तर जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै श्यामशरणले सन् २०१७ देखि अल्लो, कालो निउरो र बकाइनोको रेशा केलाउने अध्ययन सुरु गरे ।

मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको वनस्पति विभाग । वन मन्त्रालयको वनस्पति विभाग अनि वनजङ्गल उनका अध्ययन क्षेत्र थिए । अनेकन अनुमति, अनेकन प्रक्रिया अनि अनेकन खोज सबै काम सँगसँगै अगाडि बढे ।

“उन्यूमा खासै अध्ययन भएको थिएन । त्यसमा पनि कालो निउरोका बारेमा त झनै थिएन”, उनी स्मरण गर्छन्। दक्षिणकालीको जङ्गलमा पुग्ने र निउरो खोज्ने काम नियमित हुन थाल्यो । सङ्गीता राजभण्डारी श्यामशरणको मुख्य गाइड ।

नेपाली समाजमा प्रचलित लोकोक्ति छ ढुङ्गा टुसाउँदैन, उन्यू फूल्दैन । कुनै पनि काम नलाग्ने भनेर उन्यूका हकमा यस्तो भनिएको होला तर सोही उन्यू प्रजातिमा पर्ने कालो निउरो आफैँमा जीवनदायी औषधिका रुपमा रहेको अध्ययनबाट पत्ता लागेको छ । त्यो पत्ता लगाउने उनै श्यामशरण हुन्।

त्रिभुुवन विश्वविद्यालयमा दुई वर्ष र इटालीको पादोभा विश्वविद्यालयको डिर्पाटमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलमा ११ महिना लगाएर गरिएको अध्ययनले देखायो, बकाइनो, अल्लो र कालो निउरोमा क्यान्सर रोक्ने गुण रहेको पत्ता लाग्यो ।

संसारभर नै चैतमा खरमा डडेलो लागे जसरी फैलिएको क्यान्सर रोक्नका लागि ती वनस्पति उपयोगी हुने कुरा पत्ता लगाउनु आफैँमा महत्वपूर्ण उपलब्धि थियो ।

अध्ययन भइरहेको थियो । एक दिन पादोभा विश्वविद्यालयको डिपार्टमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलका प्रोफेसर डाक्टर स्टेफानो हर्षित मुद्रामा श्यामशरणका अगाडि देखा परे । अरु दिनभन्दा स्टेफानो खुसी देखिन्थे ।

उनले अभिवादन गर्ने बित्तिकै स्टेफानो अझै खुसी देखिए र भने, “बधाई छ, श्यामशरण । तिम्रो अध्ययन सफल भयो। अल्लो, कालो निउरो र बकाइनोमा क्यान्सरका सेल मार्नसक्ने औषधीय गुण छ । हाम्रो अध्ययनले त्यो देखायो ।”

विशेषतःअल्लोले छालाको रोग निर्मूल पार्न सक्छ । मधुमेह र विशेषगरी महिलाको पाठेघरको क्यान्सर र कलेजोको क्यान्सर नियन्त्रणका लागि प्रभावकारी हुने गुण पत्ता लागेको डा श्यामशरणको भनाइ छ । सौन्दर्य प्रशाधनका सामग्री समेत यसैबाट बनाउन सकिन्छ ।

त्यसले कुनै पनि हानि नगर्ने देखिएको छ । प्राथमिकरुपमा पत्ता लागेका विषयलाई थप अध्ययन गरेर त्यसलाई औषधिमा नै परिवर्तन गर्न ठूलो लगानी र जनशक्ति आवश्यकपर्ने श्यामशरणको भनाइ छ । सरकारले यसमा विशेष चासो लिएर काम गरे, आफू त्यसका लागि सघाउन तयार रहेको उनले जानकारी दिए।

नेपालका विभिन्न भूभागमा ठूलो सिस्नो, लेकाली सिस्नो, भाङ्ग्रे सिस्नो, पुवा जातका नामले चिनिने अल्लो आफैँमा बहुपयोगी वनस्पति हो । अल्लोलाई विदेशीहरुले नीलगिरि नेटलको नामले चिन्छन् ।

यसको नरम मुना, पात, बोक्रा र जराका भागहरू निकै उपयोगी मानिन्छ । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग गरिन्छ ।

अल्लोको कलिला मुना सागका रूपमा तरकारी खान पनि प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरिर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीका लागि अचुक औषधिका रुपमा पनि स्थानीयस्तरमा पहिल्यैदेखि प्रयोग हुने गरेको छ ।

त्यसबाहेक यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगी रहेको यसअघि नै पत्ता लागेको हो । अल्लो पछिल्ला दिनमा कार्पेट उद्योगमा पनि प्रयोग हुन थालेको छ।

अल्लोका कपडा जापान, बेल्जियम, चीनलगायतका देशमा निर्यात समेत हुने गरेको छ । नेपालमा अल्लोको कपडा बनाउने उद्योगको पनि व्यावसायिक विस्तार भएको छ । हाल अल्लोको कपडाको बजार मूल्य प्रतिमिटर १२०० देखि २००० सम्म छ ।

राष्ट्रिय रुपमा अल्लोबाट निर्मित कपडाको माग उच्च रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न जिल्लामा अल्लोको उत्पादनमा विशेष जोड दिएको छ । अल्लोको प्रचुर सम्भावना भएको जिल्लामा  छुट्टै उद्योग स्थापना गरेर त्यसलाई व्यावसायिक रुप दिनुपर्ने माग पनि बढ्दै गएको छ ।

पर्वत, सङ्खुवासभाका किसानले पनि अल्लोबाट व्यावसायिक लाभ लिएका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घले ‘एक गाउँ एक उत्पादन’अन्तर्गत अल्लो छनोट गरेको छ ।

नेपालको १२ सय मिटरदेखि ३१ सय मिटरको उचाइसम्म पाइने र अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ र कुलुङ जातिको मातृभाषामा ‘जा–खिल्ल–जाखिल्मा’ पनि भनिन्छ ।

बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानाडा, इटाली, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरिया आदि देशमा अल्लोको कपडा निर्यात हुने गरेको छ ।

अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालको वन जङ्गल, पाखा पखेरा जतासुकै पाइने कालो निउरोबाट प्राणघातक क्यान्सर रोगको औषधि बन्नसक्छ भन्ने कुरा पत्ता लागेको छ । कालो निउरो मात्रै नभई बकाइनो पनि उत्तिकै महत्वपूर्ण छ ।

नेपालमा फाइने अधिकांश वनस्पति कुनै न कुनैरुपमा काम लाग्दो औषधिका रुपमा प्रयोग गर्न सकिने खोजबिनबाट पत्ता लागेको छ । लगानीको अभाव तथा थप अध्ययनको अभावमा त्यसबाट फाइदा लिन भने सकिएको छैन । श्यामशरणले भने, “हामीले काम नलाग्ने भनेर खेर फालेका ती वनस्पति आफैँमा असाध्यै महत्वपूर्ण रहेको पाइएको छ।” 

बकाइनो एक बहुउपयोगी प्रजाति

नेपालको वनजङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुणहरु बोकेका हुन्छन् । त्यसमध्ये एक हो, बकाइनो । बकाइनोमध्ये पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो । बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरामा लगाउँदा प्रभावकारी मानिने विश्वास गरिन्छ ।

बकाइनोको धुलो वा चूर्णलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँदा थुप्रै किसिममा छाला रोग केही हदसम्म ठीक हुने डा श्रेष्ठको भनाइ छ । यसको प्रयोगले महिलाको गर्भाशयलाई पनि फाइदा हुन्छ ।

बकाइनो घर खेतबारीमा लगाउन सकिन्छ । यो बाख्राको प्रिय घाँस पनि हो । यही तथ्यमा रहेर अध्ययन गर्दा गर्भाशयको क्यान्सर रोक्ने क्षमता बकाइनोमा रहेको पाइएको उनले जानकारी दिए।

बकाइनोको १० देखि २० भागको हरियो पातलाई धुलो बनाई पानीमा मिलाएर १२ घण्टासम्म भिजाएर बारी तथा खेतमा छर्किंदा थुप्रै किसिममा किटाणु तथा सागसब्जीमा लाग्ने किरा र लाहीलाई निर्मूल गर्न सकिन्छ ।

खेत तथा बारीको बीचभागमा बकाइनोको बिरुवा लगाउँदा हानिकारक तत्वहरु, बाली तथा सागसब्जीमा लाग्ने किरालाई समेत विकर्षण गराउन सकिने सामाजिक मान्यता छ ।

बाथरोग भएमा बकाइनोको गेडालाई रायो र सस्र्यूंमा पिनेर लेप लगाउँदा वाथ विस्तारै ठीक हुँदै जाने आयुर्वेद चिकित्सामा बताइएको छ । रगत जमेर गाँठो भएमा बकाइनोको पात पिनेर लेप बनाएर लगाउँदा घाउ छिट्टै निको हुनुका साथै रगत जमेर बसेको ठाउँ पनि सफा भएर जाने श्रेष्ठको भनाइ छ ।

बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ । सेतो दुबीमा भएमा १० पात निम र १० पात बकाइनोलाई पिनेर लेदो बनाएर लगाएमा केही समयमा सेतो दुबी ठीक हुन्छ ।

दाद आएका खण्डमा पाकेको बकाइनोको गेडालाई धुलो बनाई कागतीमा फिटेर लगाउनाले दाद निको हुन्छ । पत्थरी रोगमा भएमा बकाइनोको एक चम्चा पातको रसमा र आधा चम्चा ज्वाखार मिलाएर बिहान/बेलुका खाने गरेमा पित्त एवम् मूत्राशयको पत्थरी ठीक हुने प्रमाणित नै भइसकेको छ ।

यसैगरी बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्ने र चौथाइ भाग बाँकी भएपछि सिसीमा राखेर एक/एक चम्चा बिहान–बेलुका खाने गरेमा बालबालिका, वृद्धवृद्धालाई जुका परेको छ भने पनि दुई/चार दिनमै ठीक हुने उनको भनाइ छ ।

बकाइनोलाई दाँत माँझ्न पनि प्रयोग गर्न सकिन्छ । स्त्रीको मासिक धर्म धेरै पटक भएमा वा रक्तश्राव बढी भएमा बकाइनोको पातको रस एक चम्चा बिहान/बेलुका खाने गरेका उक्त समस्याबाट मुक्ति पाइन्छ ।

गर्भाशय शुद्धिका लागि पनि बकाइनोको पातको रस नित्य एक/एक चम्चा बिहान/बेलुका दिने गरेमा गर्भाशय शुद्धि हुने प्रमाणित नै भइसकेको छ ।

बकाइनो चीन, जापान, भारतीय उपमहाद्वीप, दक्षिण–पूर्वी एशिया र उत्तरी तथा पूर्वी अष्ट्रेलियाको ठूलो क्षेत्रको रैथाने वनस्पति हो । यो सामान्यतया नेपालमा ७०० देखि १३०० मिटरसम्म पाइन्छ । बकाइनो चाँडो बढ्ने, पतझर रूख हो जुन घना, ओसिलो जङ्गलमा लगभग ४५ मिटरको उचाइमा पुग्न सक्छ ।

यो चिसो र सुख्खा क्षेत्रमा धेरै सानो हुन्छ जहाँ यो कहिलेकाहीँ हुर्कन्छ र केबल १०–१५ मिटर अग्लो हन्छ । सुरिलो बेलनाकार काण्डको २० मिटरसम्म हाँगा हुँदैनन् । रूख सामान्यतया पतझर हुन्छ, तर आर्द्र उष्ण क्षेत्रमा केही सदाबहार हुन्छन् । यो राम्ररी मुना आउने प्रजाति हो ।

पहेँलो बैजनी वा बैजनी पाँच पत्रदल भएको झुप्पामा फुल्ने फूल साना र सुगन्धित हुन्छ । मार्च–अप्रिलमा फूल फुल्ने र डिसेम्बर–जनवरीमा फल पाक्ने गर्छ । फल गुदीदार, गुच्छा आकारको, छिप्पिदा हल्का पहेँलो हुने जाडोभर रूखमा झुन्डिरहन्छ र बिस्तारै चाउरी पर्ने र लगभग सेतो हुन्छ ।

बकाइनो उपोष्ण जलवायु क्षेत्रको रूख भए तापनि यो अत्यधिक अनुकूलनीय वनस्पति हो । यसले केही तुषारोसहित न्यानो शीतोष्णबाट आद्र उष्ण क्षेत्रसम्मको अवस्थाको विस्तृत दायरालाई सहन सक्छ । यो उष्ण क्षेत्रमा १ हजार, ८०० मिटरसम्मको उचाइमा हुर्किन्छ ।

यसले सबैभन्दा तातो महिना ३९ डिग्री सेल्सियसमा औसत अधिकतम तापक्रम सहन सक्छ । काठ कडा, केही गह्रौँ, सजिलै फुट्ने र केही हदसम्म टिकाउ छ । यो फर्निचर, प्याकिङ केस, निर्माण, सजावटी ढक्कन आदि बनाउन प्रयोग गरिन्छ ।

निउरो नयाँ स्वाद

श्रेष्ठलाई धेरैले उन्यूका डाक्टर भनेर चिन्छन् । उनलाई त्यसमा कुनै गुनासो छैन । “मैले त्यसैमा पढे र त्यसैका सिके। त्यसमा औषधीय गुण हुन्छ भन्ने पत्ता लगाए”, श्रेष्ठले भने । पाठेघरको क्यान्सर रोक्न तथा मधुमेहका रोगीका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पाइएको उनको भनाइ छ ।

सन् २०२२ को जुलाई ४ मा मात्रै उनले विद्यावारिधिको उपाधि पाए । छाला रोगको उपचार, झाडाबान्ता रोक्न, पिसाब पोल्ने रोगको निदानका लागि पनि निउरोको उत्तिकै महत्व छ । पेटजन्य अन्य रोगको नियन्त्रणका लागि पनि यसको सेवन महत्वपूर्ण मानिन्छ । निउरो रोप्न पर्दैन । रोपेर पनि उत्पादन गर्न सकिन्छ । तर वनजङ्गलमा आफैँ पलाउँछ ।

यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जङ्गलमा निउरोे पाइन्छ । तर यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मकरुपमा पहाडको जङ्गलमा पाइने निउरो बढी स्वादिलो मानिन्छ । वन जङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात यो पूर्णतः जैविक हुन्छ ।

निउरो खानुको फाइदैफाइदा छन् । पोषणविद्ले निउरो पौष्टिकताले भरिपूर्ण रहेको बताइन्छ ।  यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक छ ।

किनभने निउरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिकरुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनै पनि किसिमको हानी नहुने बताएका छन् ।

आम्दानीका हिसाबले निकै राम्रो देखिएको निउरो स्वास्थ्यका हिसाबले पनि त्यतिकै गुणकारी रहेको छ । पौष्टिकताले भरिपूर्ण भएको वनस्पतिका रूपमा चित्रण गरेका छन् । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’ लगायतका धेरै पौष्टिक तत्व पाइन्छन् ।

भिटामिन ‘ए’ लगायत विभिन्न सुक्ष्म पौष्टिक तत्व पाइने भएकाले बच्चा र गर्भवती महिलालाई कुपोषणबाट बचाउन निउरोले निकै मद्दत गर्छ ।

यस्ता विवरण सुनाउँदै भक्तपुरे रैथाने श्यामशरणले भने, “कौडीको भाउमा नेपालको प्राकृतिक वनस्पति विदेश निर्यात नगरौँ । त्यसलाई नै डलर आर्जन गर्ने माध्यममा परिणत गरौँ ।” औषधीय गुण भएका वनस्पतिको प्रवद्र्धन गर्न ‘पिपल एण्ड प्लान्ट’ को अवधारणामा काम गर्नुपर्ने उनको भनाइ छ ।

“नेपाल औषधिको भण्डार हो । यसको विकास र प्रवद्र्धन गरे मात्रै पनि अरु केही गर्नु पर्दैन । सम्भावना नै सम्भावना छ यसैमा”, उनले भने, “यसमा खोजी गर्ने जनशक्ति तयार गरौँ । लगानी बढाऔँ । उद्योग व्यवसायको विस्तार गरौं । त्यसका लागि सरकारले नै चासो देखाओस् ।”

पछिल्ला दिनमा नेपालका वनस्पति र त्यसको गुणका बारेमा खोजविनसमेत बढेको भन्दै ‘उन्यूका डाक्टर’ श्रेष्ठले भने, “लगानी बढाऔ, प्रतिफल हासिल हुन्छ।” 
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २१:४६
##shyamsharanshrestha
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्