काठमाडौ । सुन चाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९६ हजार ६ सय तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार १ सयमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रहेको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ९६ हजार ६ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ ले घटेर १ हजार २ सय २५ तोकिएकोे छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९ १३:०४