Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, साउन २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • महिलालाई आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षा आवश्यक
महिलालाई आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षा आवश्यक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, भदौ १४, २०७९
Teej Dance

काठमाडौँ । परापूर्व कालदेखि आफूले वर्षभरी भोगेका पीडालाई गीतमार्फत बेदना पोख्ने तीज पर्व अहिले महिलालाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने महिला नेतृहरुको धारणा छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूसाललाई पहिला महिलालाई सहजरुपमा आफ्नो कुरा राख्ने अवस्था नभएकोले अब आर्थिकरुपले आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ भन्ने लागेको छ ।

“सुरुमा महिलालाई तीजका दिनमा मात्र बोल्ने अवस्था थियो, तर अहिले धेरै राजनीतिक परिर्वतन भएको छ, वर्षभरी नै महिलाको अधिकारको लागि आवाज उठाउन सकिन्छ”,उनले भने, “ महिलालाई आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षा जरुरी छ ।”

पछिल्लो समयमा महिलामाथि हिंसा, हत्या, बलात्कारजस्ता घट्ना बढ्दै गएकोप्रति उनलाई निकै चिन्ता लाग्छ । “महिलाको सामाजिक सुरक्षामा निकै चुनौति देखिएको छ”–मन्त्री भूसालले थपे,“ तीजपर्वका अवसरमा यस्ता विकृतिको विषयमा देशभरका महिलाले आवाज उठाउन जरुरी छ, चेतनामूलक जागरणको अभियान चलाउन जरुरी छ।”

दिदीवहिनी, साथीहरुबीच पुनःमिलन गर्ने, सम्बन्धको पुनःताजकीकरण गर्ने सांस्कृतिक पर्वका रुपमा तीजलाई मनाएर खर्चिलो, भट्किलो तरिकाले मनाउने प्रवृत्ति गलत भएको उनको भनाइ छ ।

“महिलाको विगतको आवाज अधिकार प्राप्तिका लागि थियो, अहिले मुलुक परिर्वतन भएको छ, अबको लडाइँ पूर्ण अधिकारको हुनुपर्छ,”–उनले महिलालाई आग्रह गर्दै भने, “तीजलाई धार्मिक भन्दा पनि सांस्कृतिक पर्वका रुपमा मनाउनुपर्छ, सामाजिक एकताको साझा धर्मका रुपमा मनाउनुपर्छ ।”

उनले व्यक्तिगत रुपमा तीज नमनाउने भएपनि यो सामाजिक एकता, पारिवारिक एकताको रुपमा मनाउनुपर्छ भन्ने लाग्छ। “महिलालाई हरेक तरिकाले आत्मनिर्भर बनाउनका लागि प्रत्येक वर्ष फरक–फरक सन्दर्भमा मनाउँदा नि उपर्युक्त हुन्छ”–उनले थपे, “अहिलेको जल्दोबल्दो विषय महिलाको सामाजिक सुरक्षाको विषय भएको छ, यो विषयलाई देश तथा विदेशमा रहेका सबै महिलाले एक भएर आवाज उठाउनुपर्छ जस्तो लाग्छ ।”

नेपाली कांग्रेसकी नेतृ डा डीला सङ्ग्रौलालाई राष्ट्रलाई बाँध्ने धार्मिक तथा सांस्कृतिक पर्व तीज हो भन्ने लाग्छ । “धार्मिकरुपमा हेर्दा प्रेम र सद्भावको पर्व हो” उनले भने,“अहिले प्रेम पतिपत्नीबीच छैन, सासुबुहारीबीच छैन, माया, प्रेमको प्रतीक हो तीज ।” सांस्कृतिक हिसाबले सबैलाई जोड्ने पर्व भएको उनलाई लाग्छ । “महिलालाई आत्मनिर्भर बनाउने, आर्थिक सशक्तीकरण गर्ने पर्वका रुपमा यसलाई मनाउनुपर्छ, अब महिला आर्थिकरुपमा सबल हुनुपर्ने जरुरी छ।” 

पहिला सानै उमेरमा बिवाह गर्ने, सासुको दमन शोषण थियो तर अहिले लोकतान्त्रिक गणतन्त्र आइसकेको हुनाले धरै परिर्वतन भइसकेको उनको बुझाइ छ । “पहिलाजस्तो श्रीमान्को खुट्टाको पानी खाने चलन अहिले छैन, निराहार ब्रत बस्नुपर्छ भन्ने छैन”–उनले थपे “महिलालाई आत्मनिर्भर बनाउनेतर्फ अब हाम्रो सोच हुनुपर्छ, महिला हिंसाको अन्त्यका लागि अभियान नै चलाउनुपर्छ ।”

नेकपा (एमाले) पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई पनि पर्वका नाममा तडकभडक नगरी महिलाको आर्थिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणका लागि तीज पर्व मनाउनुपर्छ भन्ने लाग्छ  ।

“पर्वका नाममा केही विकृति पनि थपिएको छ, खानपीन र गरगहनामा मात्र बढी ध्यान गएको जस्तो देखिन्छ” उनले भने, “यो वर्षमा हुने खाने र हुँदा खानेबीच ठूलो विभेद् देखिएको छ, यस्तो भड्किलोपन हटाउनुपर्छ ।”

उनलाई तीज पर्व महिलाको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरणको विषयलाई जोड्नुपर्छ भन्ने लागेको छ । “आस्था छ त्यस्लाई मान्नुपर्छ, तर महङ्गीको समय छ, मनाउन खर्चिलो छ” नेतृ शाक्यले थपे,“अनुउत्पादक काममा खर्च गर्नु राम्रो होइन, महिलाको सशक्तीकरणजस्ता रचनात्मक काममा पर्व मनाउनु, सबैले मिलेर विकृति विसङ्गति हटाउँदै पर्व मनाउँ।”

नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाक्रीले राष्ट्रिय एकताको पर्वका रुपमा तीजलाई लिएको छ हो । “नेपाली पहिचानको चाडपर्व हो, पहिलाको तीज र अहिलेको तीजमा धेरै रुपान्तरण भएको छ” पूर्वमन्त्रीसमेत रहेकी झाक्रीले भने,“तीज पर्व असाध्यै धेरै महत्व दिएर मनाउने चलन छ, देश÷विदेश र अन्य धर्मसम्प्रदायका मानिसले पनि मनाउने गरेका छन्, त्यो राम्रो पक्ष हो ।” नेपालीको संस्कृतिक पर्वलाई विश्वव्यापीरुपमा मनाउन थालेको र नेपाली संस्कृति विश्वमा प्रसारण भएकोप्रति खुशी लागेको छ ।

“तीज नेपाली पहिचानका लागि एकदम राम्रो पर्व हो, ब्रत पनि पानी खाएर बस्न मिल्छ भन्न थालियो, गलत संस्कार, संस्कृति र अभ्यासलाई छोड्दै गएको देखिन्छ” उनले थपे,“पुराना गलत कुरालाई रुपान्तरण गर्दै राष्ट्रिय कायम गर्ने काम यो पर्वले गरेको छ ।” यो पर्वमा अवसरमा आर्थिक चलायमान हुँदा राज्यलाई कर जुट्न र राष्ट्रिय एकता कायम गर्ने पर्वको पर्व हो भन्ने नेतृ झाँक्रीलाई लाग्छ । 

महिला नेतृहरुले विगतको समयमा धेरे राजनीतिक परिर्वतन भएर आएको हुनाले तीज पर्वलाई परम्परागतरुपमा मनाउन भन्दा पनि महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक सशक्तीकरण गरी आत्मनिर्भर बनाउनेतर्फ केन्द्रिन गर्नुपर्ने जोड छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०८:०५
##teej
प्रतिक्रिया दिनुहोस्
थप विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य आइतबार, असार २१, २०८३
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्