Top Navigation
Main Navigation
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • महिलालाई आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षा आवश्यक
महिलालाई आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षा आवश्यक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, भदौ १४, २०७९
Teej Dance

काठमाडौँ । परापूर्व कालदेखि आफूले वर्षभरी भोगेका पीडालाई गीतमार्फत बेदना पोख्ने तीज पर्व अहिले महिलालाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने महिला नेतृहरुको धारणा छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूसाललाई पहिला महिलालाई सहजरुपमा आफ्नो कुरा राख्ने अवस्था नभएकोले अब आर्थिकरुपले आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ भन्ने लागेको छ ।

“सुरुमा महिलालाई तीजका दिनमा मात्र बोल्ने अवस्था थियो, तर अहिले धेरै राजनीतिक परिर्वतन भएको छ, वर्षभरी नै महिलाको अधिकारको लागि आवाज उठाउन सकिन्छ”,उनले भने, “ महिलालाई आर्थिक सशक्तिकरण र सामाजिक सुरक्षा जरुरी छ ।”

पछिल्लो समयमा महिलामाथि हिंसा, हत्या, बलात्कारजस्ता घट्ना बढ्दै गएकोप्रति उनलाई निकै चिन्ता लाग्छ । “महिलाको सामाजिक सुरक्षामा निकै चुनौति देखिएको छ”–मन्त्री भूसालले थपे,“ तीजपर्वका अवसरमा यस्ता विकृतिको विषयमा देशभरका महिलाले आवाज उठाउन जरुरी छ, चेतनामूलक जागरणको अभियान चलाउन जरुरी छ।”

Nepal Oil Corporation

दिदीवहिनी, साथीहरुबीच पुनःमिलन गर्ने, सम्बन्धको पुनःताजकीकरण गर्ने सांस्कृतिक पर्वका रुपमा तीजलाई मनाएर खर्चिलो, भट्किलो तरिकाले मनाउने प्रवृत्ति गलत भएको उनको भनाइ छ ।

“महिलाको विगतको आवाज अधिकार प्राप्तिका लागि थियो, अहिले मुलुक परिर्वतन भएको छ, अबको लडाइँ पूर्ण अधिकारको हुनुपर्छ,”–उनले महिलालाई आग्रह गर्दै भने, “तीजलाई धार्मिक भन्दा पनि सांस्कृतिक पर्वका रुपमा मनाउनुपर्छ, सामाजिक एकताको साझा धर्मका रुपमा मनाउनुपर्छ ।”

उनले व्यक्तिगत रुपमा तीज नमनाउने भएपनि यो सामाजिक एकता, पारिवारिक एकताको रुपमा मनाउनुपर्छ भन्ने लाग्छ। “महिलालाई हरेक तरिकाले आत्मनिर्भर बनाउनका लागि प्रत्येक वर्ष फरक–फरक सन्दर्भमा मनाउँदा नि उपर्युक्त हुन्छ”–उनले थपे, “अहिलेको जल्दोबल्दो विषय महिलाको सामाजिक सुरक्षाको विषय भएको छ, यो विषयलाई देश तथा विदेशमा रहेका सबै महिलाले एक भएर आवाज उठाउनुपर्छ जस्तो लाग्छ ।”

नेपाली कांग्रेसकी नेतृ डा डीला सङ्ग्रौलालाई राष्ट्रलाई बाँध्ने धार्मिक तथा सांस्कृतिक पर्व तीज हो भन्ने लाग्छ । “धार्मिकरुपमा हेर्दा प्रेम र सद्भावको पर्व हो” उनले भने,“अहिले प्रेम पतिपत्नीबीच छैन, सासुबुहारीबीच छैन, माया, प्रेमको प्रतीक हो तीज ।” सांस्कृतिक हिसाबले सबैलाई जोड्ने पर्व भएको उनलाई लाग्छ । “महिलालाई आत्मनिर्भर बनाउने, आर्थिक सशक्तीकरण गर्ने पर्वका रुपमा यसलाई मनाउनुपर्छ, अब महिला आर्थिकरुपमा सबल हुनुपर्ने जरुरी छ।” 

पहिला सानै उमेरमा बिवाह गर्ने, सासुको दमन शोषण थियो तर अहिले लोकतान्त्रिक गणतन्त्र आइसकेको हुनाले धरै परिर्वतन भइसकेको उनको बुझाइ छ । “पहिलाजस्तो श्रीमान्को खुट्टाको पानी खाने चलन अहिले छैन, निराहार ब्रत बस्नुपर्छ भन्ने छैन”–उनले थपे “महिलालाई आत्मनिर्भर बनाउनेतर्फ अब हाम्रो सोच हुनुपर्छ, महिला हिंसाको अन्त्यका लागि अभियान नै चलाउनुपर्छ ।”

नेकपा (एमाले) पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई पनि पर्वका नाममा तडकभडक नगरी महिलाको आर्थिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणका लागि तीज पर्व मनाउनुपर्छ भन्ने लाग्छ  ।

“पर्वका नाममा केही विकृति पनि थपिएको छ, खानपीन र गरगहनामा मात्र बढी ध्यान गएको जस्तो देखिन्छ” उनले भने, “यो वर्षमा हुने खाने र हुँदा खानेबीच ठूलो विभेद् देखिएको छ, यस्तो भड्किलोपन हटाउनुपर्छ ।”

उनलाई तीज पर्व महिलाको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरणको विषयलाई जोड्नुपर्छ भन्ने लागेको छ । “आस्था छ त्यस्लाई मान्नुपर्छ, तर महङ्गीको समय छ, मनाउन खर्चिलो छ” नेतृ शाक्यले थपे,“अनुउत्पादक काममा खर्च गर्नु राम्रो होइन, महिलाको सशक्तीकरणजस्ता रचनात्मक काममा पर्व मनाउनु, सबैले मिलेर विकृति विसङ्गति हटाउँदै पर्व मनाउँ।”

नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाक्रीले राष्ट्रिय एकताको पर्वका रुपमा तीजलाई लिएको छ हो । “नेपाली पहिचानको चाडपर्व हो, पहिलाको तीज र अहिलेको तीजमा धेरै रुपान्तरण भएको छ” पूर्वमन्त्रीसमेत रहेकी झाक्रीले भने,“तीज पर्व असाध्यै धेरै महत्व दिएर मनाउने चलन छ, देश÷विदेश र अन्य धर्मसम्प्रदायका मानिसले पनि मनाउने गरेका छन्, त्यो राम्रो पक्ष हो ।” नेपालीको संस्कृतिक पर्वलाई विश्वव्यापीरुपमा मनाउन थालेको र नेपाली संस्कृति विश्वमा प्रसारण भएकोप्रति खुशी लागेको छ ।

“तीज नेपाली पहिचानका लागि एकदम राम्रो पर्व हो, ब्रत पनि पानी खाएर बस्न मिल्छ भन्न थालियो, गलत संस्कार, संस्कृति र अभ्यासलाई छोड्दै गएको देखिन्छ” उनले थपे,“पुराना गलत कुरालाई रुपान्तरण गर्दै राष्ट्रिय कायम गर्ने काम यो पर्वले गरेको छ ।” यो पर्वमा अवसरमा आर्थिक चलायमान हुँदा राज्यलाई कर जुट्न र राष्ट्रिय एकता कायम गर्ने पर्वको पर्व हो भन्ने नेतृ झाँक्रीलाई लाग्छ । 

महिला नेतृहरुले विगतको समयमा धेरे राजनीतिक परिर्वतन भएर आएको हुनाले तीज पर्वलाई परम्परागतरुपमा मनाउन भन्दा पनि महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक सशक्तीकरण गरी आत्मनिर्भर बनाउनेतर्फ केन्द्रिन गर्नुपर्ने जोड छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०८:०५
##teej
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्