Top Navigation
Main Navigation
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper मंगलबार, असोज १६, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
NCELL NCELL
विचार
  • Home
  • विचार
  • चर्को विवादवाट आएको एमसीसीको टेण्डर
चर्को विवादवाट आएको एमसीसीको टेण्डर सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, मंसिर २६, २०७९
Millennium Challenge Corporation

लामो बहस अनि चर्को विवाद पश्चात नेपालमा पास भएको एमसीसीको चर्चा यतिखेर फेरि चलेको छ। चर्चामा आउनुको कारण विवाद भने होइन । एमसीसीको टेण्डर हो। एमसीसी अव धमाधम कार्यन्वयनमा आउने भएको छ । यसले गर्दा एमसीसीको कौतुहलता र यसको कार्यन्वयन पक्षलाई लिएर चर्चामा आउनु यतिखेर स्वभाविक मानिएको छ।

नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट (विसं. २०८० को साउन/भदौ) देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनुसार टेन्डर हुन लागेको खवर प्रकाशमा आएपछि यसको चर्चा तथा परिचर्चा बढेको हो।

मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले अहिले आयोजनाको पूर्व तयारीको काम गरिरहेको कुरा प्रकाशमा आएको छ । यसले नेपालको विकास-निर्माणमा कतिको प्रभाव पार्ने हो या थप विवाद चर्कन हो ? त्यो भने काम शुरु भएपछि नै थाहा हुनेछ।

नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच अगस्ट २०२३ देखि ५ वर्षको अवधि राखेर आयोजनाको निर्माण सुरु गर्ने समझदारी भइसकेको छ । टेण्डर प्रक्रिया पुरा गर्न करिब १८० दिनको समय लाग्नेछ ।

सरकारले आयोजनाको पूर्व तयारीको काम गर्न चालु आर्थिक वर्ष २०७९/८० मा ९ अर्ब २७ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आव २०७८/७९ को तुलनामा दोब्बरले बजेट बढाएर आयोजनाको पूर्व तयारी सकाउने गरी काम भइरहेको कुरा पनि प्रकाशमा आएको छ।

त्यसका लागि यो वर्ष राखिएको बजेटमध्ये ८ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ अमेरिकी अनुदान हुने भनिएको छ। नेपाल सरकारको स्रोतबाट ३६ करोड ५६ लाख रुपैयाँ बेहोरिने अर्थ मन्त्रालयको तथ्याङ्क छ । यो आयोजनाको अधिकांश रकम पुँजीगत प्रयोजनमा खर्च हुन्छ।

चालु आवमा एमसीए नेपालले ४ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बजेट पाएको थियो । सरकारले आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरणमा बजेट खर्च गर्दै आएको पनि स्पष्ट पारेको छ । एमसीसी नेपाल सरकारको प्राथमिकता वान (पी वान)मा पर्ने आयोजना नै मानिएको छ ।

करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन तथा तीन वटा ४०० केभी क्षमताका सब-स्टेसन निर्माण गर्ने र ७७ किलोमिटर सडकलाई नयाँ प्रविधिबाट मर्मत र विस्तार गर्ने गरी यो आयोजना कार्यान्वयनमा लगिँदै गरेको कुरालाई विरोधभन्दा स्वागतयोग्य कुरा हो ।

आयोजना निर्माणको काम सुरु गर्नुअघि जग्गा प्राप्ति, रुख कटानको लागि स्वीकृति, टेण्डर डकुमेन्टको तयारी र टेण्डर लगायतका काम सक्नुपर्ने कानूनी प्रकृया रहेवाट यस कार्यलाई अगाडि बढाउने कार्य दूत्तगतिमा हुनुलाई नराम्रो भन्न नमिल्ला । यसमा दातृराष्ट्रको के कस्तो स्वार्थ रहने हो भन्ने कुरा कार्यन्वयन पछि नै खुलासा हुदैजाने कुरामा कुनै शंका छैन्।

एमसीसीले प्रसारण लाइन परियोजना अन्तर्गत १० वटा जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका (९२ वटा वडाहरू) भएर जाने प्रस्तावित ३१५ किलोमिटर प्रसारण लाइन बन्ने क्षेत्रको तार र टावर रहने जग्गा अधिग्रहण गर्न बाँकी रहेको जनाइएको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए)अनुसार रुख गणना सकेर कटानको काम लयायत गर्नुपर्ने छ ।

चर्को विवाद तथा बहस पछि नेपालमा आएको एमसीसी परियोजनाले नेपालको मुहार फेर्ने हो या होइन ? त्यो भने क्रमिक रुपमा थाहा हुँदै जानेछ । हाललाई एमसीसीले नेपाललाई कुनै खाल्डोमा नपारिकन उज्यालो मार्गमा लान सकोस् । सारा नेपालीको मुहारमा खुशी नै खुशी ल्याउन सकोस् । यही नै शुभकामना !

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०८:२६
##mcc #mccproject
Employees Provident Fund Employees Provident Fund
प्रतिक्रिया दिनुहोस्
थप विचार
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा सोमबार, असोज १५, २०८०
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ शुक्रबार, असोज १२, २०८०
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड बिहीबार, असोज ११, २०८०
विधायकको जिम्मेवारी कानुन बनाउने हो : सांसद शर्मा
विधायकको जिम्मेवारी कानुन बनाउने हो : सांसद शर्मा बिहीबार, असोज ११, २०८०
स्थानीय तहले अघि बढाएका नमूना कार्य
स्थानीय तहले अघि बढाएका नमूना कार्य शनिबार, असोज ६, २०८०
मानव सभ्यताको रक्षा गरौं
मानव सभ्यताको रक्षा गरौं शनिबार, असोज ६, २०८०
संविधान कार्यान्वयनका चुनौतीहरु
संविधान कार्यान्वयनका चुनौतीहरु मंगलबार, असोज २, २०८०
राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : सांसद सन्तोष परियार
राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : सांसद सन्तोष परियार सोमबार, असोज १, २०८०
राजनीतिक संस्कारका धरोहर सुवास 
राजनीतिक संस्कारका धरोहर सुवास  बिहीबार, भदौ २८, २०८०
लोकप्रिय
  • नंः १ राहत शिक्षकको माग पूरा, मनाए विजय उत्सव (भिडियाे)
  • नंः २ क्रिकेट स्टार भीमलाई अधिया कमाएर बुबाले हुर्काए
  • नंः ३ देशभरका गणित शिक्षकलाई प्रशिक्षण सुरु
  • नंः ४ भक्तपुरको साँगाबाट अभिनेता अनमोल केसी पक्राउ
  • नंः ५ एनआईसी एशिया बैकको कर्जा प्रबाहमा ठगी धन्दा
विचार
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा NamiNews- नामीन्यूज
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ NamiNews- नामीन्यूज
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड रासस
सूचना-प्रविधि
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा NamiNews- नामीन्यूज
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल NamiNews- नामीन्यूज
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ रासस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्