Top Navigation
Main Navigation
बिहीबार, जेठ २५, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बिहीबार, जेठ २५, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
बिहीबार, जेठ २५, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • शिक्षालाई हुनेखानेको मात्र होइन सबैको सम्पत्ति बनाउनु पर्छ : सहप्राध्यापक धाख्वा
शिक्षालाई हुनेखानेको मात्र होइन सबैको सम्पत्ति बनाउनु पर्छ : सहप्राध्यापक धाख्वा
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे मंगलबार, माघ ३, २०७९

विक्रम सम्वत् २०२४ सालमा जन्म भइ २०४१ सालमा एसएलसी परीक्षामा बोर्ड थर्ड भएर पूर्वीय तथा पाश्चात्य साहित्यको समालोचना र दर्शनमा ठूलै दक्खल राखी अमेरिकामा सम्पन्न रिलिजियस डाइभर्सिटी नामक अन्तर्राष्ट्रिय सेमिनारमा एक महिनासम्म भाग लिईसक्नु भएका अत्यन्त, सरल, भद्र, सहयोगी प्रतिभाशाली साहित्यिक र दार्शनिक चिन्तनका धनी साथमा अध्यात्म विना जीवन अधुरो रहने सोचका साथ सधैं ध्यानमै रहने र ध्यान विना जीवनको कल्पना समेत गर्न नसकिने विचारलाई पूर्णरुपले ग्रहण गरी यी र यस्ता मानव जीवनसँग सम्बन्धित विषयहरुमा विभिन्न रिसर्च गर्र्दै आएका हाल पाटन क्याम्पसका सह प्राध्यापकका रुपमा कार्यरत शान्त धाख्वासँग नामी साप्ताहिकका विशेष सम्वाददाता प्रज्ज्वल घिमिरेले नेपालको शैक्षिक अवस्थामा केन्द्रित रही लिएको अन्तर्वार्ताको संक्षिप्त अंश यहाँ प्रस्तुत छ ।

एउटा प्राध्यापकको हैसियतले सोच्दा जीवन के हो ?

मान्छे संसारको सबैभन्दा चेतनशील प्राणी हो । अध्यात्म र दर्शन विना मानव जीवन पूर्णरुपले अधुरो हुन्छ । तर दुखका साथ भन्नु पर्छ अहिले मानिसहरु केवल भौतिकतामा मात्र आफूलाई केन्द्रित गर्न चाहन्छन् । यस्तो विचार मानिसहरुमा आउनुमा विशेषगरी पश्चिमी सोच नै जिम्मेवार छ । स्वामी सच्चिदानन्दको चेतनालाई विर्सनु नै आध्यात्मिक चेतनाको बाधक हो । पश्चिमी शिक्षा केवल भौतिक रुपमा आनन्दित हुने साधन मात्र हो । तर पूर्वीय शिक्षाले आध्यात्मिक सुख दिन्छ । जसले सबैलाई मानवीय चेतनातर्फ अग्रसर गराउँछ । जीवनको व्याख्या पूर्वीय दर्शनलाई मात्र मनन गर्दा वास्तविक अर्थ बुझ्न सकिन्छ ।

एउटा प्राध्यापकले वास्तवमा जीवनमा के चाहन्छ ?

प्राध्यापकले दक्ष र क्षमतावान नयाँ पुस्ता बनाउँनमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले प्राध्यापकको पेशा भनेको मुलुककै लागि अत्यन्त महत्वपूर्ण पेशा हो । प्राध्यापकले आफ्ना विद्यार्थीहरु आफूभन्दा बढी प्रगतीशील क्षमतावान र दक्ष होस् भन्ने चाहना राखेको हुन्छ ।

अहिले नेपालमा प्राध्यापकहरुका लागि जीविकोपार्जन गर्न सजिलो छ ?

दुखका साथ भन्नु पर्छ अहिले नेपालमा प्राध्यापन पेशा अत्यन्त दुखदायी भएर गएको छ । अझ प्रष्टसँग भन्दा प्राध्यापकहरु अहिले भिखारी जस्तो देखिन्छन् । यो एउटा ठूलो विडम्वना हो । किनकि प्राध्यापक विना आधुनिक समाजको विकास हुनै सक्दैन । नपढी नबुझिकन संसारको कुनैपनि विकसित मुलुकका नागरिकहरु आ–आफ्नो मुलुकप्रति उत्तरदायी, जवाफदेही र चेतनशील भएको इतिहास कहिँ कतै पाइँदैन । तर जसले मुलुकको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हैसियत राख्दछ उसैको सम्मान नेपालमा भएको पाइँदैन । प्राचिनकालमा गुरुको सम्मान जसरी हुन्थ्यो अहिले त्यसको ठीक विपरित अवस्था छ । त्यसैले अहिले प्राध्यापन पेशामा जागीरे प्रवृतिको विकास मौलाउँदै गएको छ । जसका कारण प्राध्यापकहरु प्नि आफ्नो उत्तरदायित्व विर्सदै विकृत परिस्थितिका कारणले आफ्नो पेशालाई भात खाने मेलो बनाउँन बाध्य भएका छन् ।

त्यसो भए तपाईँ नेपालको शैक्षिक स्थितिबाट सन्तुष्ट हुनुहुन्न ?

नेपालको मात्र होइन, विश्वकै शैक्षिक अवस्थाबाट म सन्तुष्ट छैन । किनभने आधुनिक शिक्षा भनेको बुर्जुवा शिक्षा हो । जुन शिक्षाले मानिसको वास्तविकताबाट मानिसलाई धेरै टाढा राख्छ । उत्पादनको बृद्धि गर्नुको सट्टा पूँजीपतिको लागि दास उत्पादन गर्ने थलो भएको छ आजकलका युनिभर्सिटीहरु ।

तपाईँको विचार र व्यक्तित्व एकदम चाखलाग्दो छ अझ यसलाई प्रष्ट पारि दिनुस् त ?

म नव समाजवादको अभियन्ता हुँ । जसले समाजका पुरातन सोचलाई रुपान्तरण गर्न क्रान्तिको आवश्यकतालाई महसूस गरी एउटा नयाँ समाजको प्रादुर्भावमा विश्वास राख्दछ । नागरिकहरु केवल समान मात्र नभई चेतनाको स्तर पूर्ण रुपले प्राप्त गरी सबैको जीवन सुधार्न सक्रिय हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

भनेपछि नेपालको शैक्षिक स्थितिलाई पूर्णरुपले परिवर्तन गरी सुधार गर्नुपर्छ भन्ने सोच हो तपाइँको ?

नेपालका शैक्षिक माफियाहरु केवल शिक्षाका ठेकेदार मात्रै हुन् । उनीहरुको उद्देश्य आफूले लगानी गरेको पूँजीबाट नाफा कमाउनु मात्रै हो। यस्ता ठेकेदारहरुले नेपालको भविष्य दिनानुदिन वर्वाद गर्दैछन्। त्यसैले नेपालको शैक्षिक अवस्थालाई पूर्णरुपले सुधार्नु पर्छ भन्ने मेरो धारणा हो ।

नेपालको शैक्षिक अवस्थालाई अब कसरी सुधार्न सकिन्छ त ?

कुनैपनि देशको प्रगति त्यो देशको शिक्षाको गुणस्तरमा भर पर्दछ । जसको पुष्टि विकसित देशहरुको इतिहासले गरिसकेको छ । त्यसैले नेपालमा पनि गुणस्तरीय शिक्षाको समान रुपले सबै वर्गको पहुँचमा पुर्याउन सक्नुपर्दछ । शिक्षालाई हुनेखानेको मात्र होइन सबैको सम्पत्ति बनाउन सक्यो भने नेपालको शैक्षिक स्थितिलाई पूर्ण रुपले सुधार्न सकिन्छ ।

- नामी साप्ताहिक

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी लिने? हामी कति सफल रह्यौँ? - अर्थमन्त्री डा महत
प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी लिने? हामी कति सफल रह्यौँ? - अर्थमन्त्री डा महत शनिबार, जेठ २०, २०८०
गणतन्त्र पूर्ण लोकतान्त्रिक पद्धतिको प्रतीक हो : पूर्वराष्ट्रपति भण्डारी
गणतन्त्र पूर्ण लोकतान्त्रिक पद्धतिको प्रतीक हो : पूर्वराष्ट्रपति भण्डारी सोमबार, जेठ १५, २०८०
लोकतान्त्रिक राज्यको पहिलो शर्त प्रेस स्वतन्त्रता हो : सञ्चारमन्त्री शर्मा
लोकतान्त्रिक राज्यको पहिलो शर्त प्रेस स्वतन्त्रता हो : सञ्चारमन्त्री शर्मा बुधबार, वैशाख २०, २०८०
फोहोरमैला व्यवस्थापनमा नेप्सेम्याकले ठूलो भूमिका निर्वाह गरेको छ : अध्यक्ष टिकाराम दाहाल
फोहोरमैला व्यवस्थापनमा नेप्सेम्याकले ठूलो भूमिका निर्वाह गरेको छ : अध्यक्ष टिकाराम दाहाल शनिबार, वैशाख १६, २०८०
राजनीतिक अस्थिरताले सङ्घीयता कार्यान्वयनमा समस्या ल्यायो : पूर्वमुख्यमन्त्री शाही
राजनीतिक अस्थिरताले सङ्घीयता कार्यान्वयनमा समस्या ल्यायो : पूर्वमुख्यमन्त्री शाही सोमबार, चैत ६, २०७९
राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो मैले देखिरहेको छु : नेता पौडेल
राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो मैले देखिरहेको छु : नेता पौडेल शनिबार, फागुन २०, २०७९
आरएनवी सडकबाट जन्मिएको गीत हो : गायक लिम्बू
आरएनवी सडकबाट जन्मिएको गीत हो : गायक लिम्बू शनिबार, माघ २८, २०७९
मुटुरोग उपचार र अध्ययनअनुसन्धानमा केन्द्रीय अस्पतालका रुपमा विस्तार गर्नुपर्छ : डा चन्द्रमणि अधिकारी
मुटुरोग उपचार र अध्ययनअनुसन्धानमा केन्द्रीय अस्पतालका रुपमा विस्तार गर्नुपर्छ : डा चन्द्रमणि अधिकारी सोमबार, माघ १६, २०७९
अध्यात्म सधै अस्तित्वमा रहन्छ तर भौतिकताको अस्तित्व निरन्तर रहँदैन : सरला ढकाल
अध्यात्म सधै अस्तित्वमा रहन्छ तर भौतिकताको अस्तित्व निरन्तर रहँदैन : सरला ढकाल शनिबार, माघ १४, २०७९
Rajgadh Rural Municipality Rajgadh Rural Municipality
लोकप्रिय
  • नंः १ जेष्ठ पूर्णिमाका दिन राष्ट्रिय संगीत दिवस
  • नंः २ डिशहोम अब आइएसओ (ISO) सर्टीफाइड कम्पनी  
  • नंः ३ ऐतिहासिक शहीद स्मृतिग्रन्थ लोकार्पण 
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कलाकार पुर्णचन्द्र केसीको निर्देशनमा 'गंगासागर' सार्वजनिक
विचार
गणतन्त्रमा आशाभन्दा निराशा बढी
गणतन्त्रमा आशाभन्दा निराशा बढी Nami News
नातावाद र कृपावाद साइलेन्स भ्रष्टाचार 
नातावाद र कृपावाद साइलेन्स भ्रष्टाचार  कपिल अर्याल
निःशुल्क कानूनी उपचारको काइदा
निःशुल्क कानूनी उपचारको काइदा Nami News
सूचना-प्रविधि
डिशहोम अब आइएसओ (ISO) सर्टीफाइड कम्पनी  
डिशहोम अब आइएसओ (ISO) सर्टीफाइड कम्पनी   Nami News
डिसहोम आईटिभीमा आइपिएल क्रिकेट-२०२३
डिसहोम आईटिभीमा आइपिएल क्रिकेट-२०२३ Nami News
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्