Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
मंगलबार, असोज २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, असोज २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा स्थानीय सरकारको साथमा नामी साप्ताहिक
विदुर कटुवाल
विदुर कटुवाल शनिबार, असार २१, २०८२

कोशी प्रदेशको उदयपुर जिल्लाको ताप्ली गाउँपालिका विकट क्षेत्रमा रहेको पालिका हो । सो ताप्ली गाउँपालिकामा अहिले ढुंगराज विश्वकर्मा पालिका अध्यक्ष छन् । ताप्ली गाउँपालिकाको समग्र विकासमा दौडिरहेका पालिका अध्यक्ष विश्वकर्मासँग नामी साप्ताहिकका लागि विदुर कटुवालले गरेको कुराकानी प्रस्तुत छ।

ताप्ली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर गर्नुभएका मुख्य मुख्य कामहरु के के हुन् ?

ताप्लीमा पहिलो काम विद्युत विस्तारको भएको छ । म निर्वाचित भएर आउँदा ताप्लीमा राष्ट्रिय प्रशारणको विद्युत लाईन जोडिएको थिएन। अहिले ताप्लीमा कुल प्रतिशतमा ९८ प्रतिशत घरमा विजुली बलेको छ । दुई प्रतिशत घरधुरीमा मात्र बाँकी छ। ति घरधुरीमा विजुली बाल्ने काम निरन्तर जारी छ। यसैगरी कोशी करिडोर अन्र्तगत घुर्मी, कुमालटार कुनाइघाट सडक जोडिने क्रममा छ । यो लामो समयसम्म रोकिएको थियो। घुर्मी चतरा जोड्ने राष्ट्रिय योजना हो । तर, बीचमै रोकिएर अलपत्र परेको सडकलाई ताप्लीको कुमालटारसम्म भएपनि जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ। आउने वर्ष कुमालटारबाट भएपनि घुर्मी हुँदै काठमाडौंसँग सिधा सम्पर्क गर्ने धुले सडक सम्पन्न हुन्छ।

पालिकाको विद्यार्थी र शिक्षाकाे स्तराेउन्नति ?

Nepal Oil Corporation

शिक्षा क्षेत्रमा पनि धेरै काम भएका छन् । विशेष गरेर शिक्षामा गुणस्तर ल्याउनको लागि विद्यालयका दरबन्दी मिलान, विद्यालयका कक्षा घटुवा, विद्यालय समायोजन, विद्यालयमा विशेष विषयहरुमा अतिरिक्त निशुल्क कक्षा सञ्चालन गरेका छन् । आवश्यकता अनुसार आवाससहितको कक्षा पनि सञ्चालन गरेका छौँ । त्यसमा परिमाण पनि राम्रो नै आएका छन् । विद्यालयमा आवश्यकता अनुसार पूर्वाधारमा निर्माण गरेका छौँ। शिक्षक सम्मेलन सम्पन्न गरेका छौँ । जसले २१ बुँदे घोषणा पत्र जारी गरेका छौँ । जुन घोषणा पत्र कार्यान्वयनमा जोड दिइरहेका छौँ । विद्यालयका प्रधानाध्यापकको कार्यअवधि तीन वर्षे बनाउने काम पनि अघि बढेको छ । जसमा कार्यविधि बनाएर अघि बढ्ने छौँ । प्राविधिक विषय पढ्ने ताप्लीका विद्यार्थीलाई वार्षिक रुपमा छात्रबृत्ति पनि उपलब्ध गराउँदै आएका छौँ । बुहारी छात्रबृत्तिको पनि व्यवस्था गरेका छौँ । ताप्लीमा सिमान्तकृत रहेका समुदाय माझी, पहरी लगायका समुदायका छोराछोरीलाई शिक्षाको पहुँचमा पुर्‍याउन कार्यक्रमहरु ल्याएका छौँ । शिक्षक तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने अभियान चलाएका छौँ।

ताप्ली गाउँपालिकाकाे सडकका बिषयमा ?

ताप्ली गाउँपालिका सडक हिउँद वर्खै चल्ने बनाउने गरी काम भइरहेका छन् । बाह्रै महिना बाह्रै काल चल्नुपर्छ। बेतेनी-मार्झखर्क सडक, नुनथला-रुपाटार–ठानागाउँ सडक, रुपाटार–इनामे, कटहरे–लेखगाउँ सडक मुख्य सडक हुन् । यही सडक बाह्रै महिना बाह्रैकाल चल्नु पर्छ। ताप्ली गाउँपालिकाका पाँचवटै वडाका वस्ती र गाउँमा धुले सडक पुगेका छन् ।

स्वास्थ्य क्षेत्रमा भएको मुख्य काम के हो ?

स्वास्थ्यमा पाँच वेडको अस्पताल निर्माण गरेका छौँ । यसमा विशेषज्ञसहितको सेवा दिने काममा हामी लागि परेका छौँ।  प्रत्येक वडाहरुमा स्वास्थ्य चौकी छन् । ति स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ । स्वास्थ्य सेवालाई व्यवस्थित रुपमा अघि बढाइएको छ। ताप्लीले आफूसँग भएका स्रोत साधनको प्रयोग गरेर जनतामा राहत प्रदान गर्ने काम भएको छ ।

कृषिमा नि ?

कृषिमा पनि हुनुपर्ने र गर्नु पर्ने काम भएका छन् । अहिले ताप्लीमा कृषिमा दिइने अनुदान रोकिएको छ। अनुदानबाट परिणाम नदिएपछि त्यसलाई परिमार्जन गरेर उत्पादनको आधारमा प्रोत्साहन दिने कार्यक्रम ल्याएका छौँ । जो कृषकले उत्पादन गर्नु हुन्छ। त्यसको उत्पादनको आधार प्रोत्साहन स्वरुप अनुदान दिन थालेका छौँ । अनुदान पनि उत्पादन मुख्य बनाएका छौँ । यो प्रभावकारी पनि बनेको छ। जसमा कृषिमा यान्त्रिकीकरण पनि जारी छ। अर्को कुरा, कृषि एम्बुलेन्सको व्यवस्थापन गरेका छौँ । जसमा दुई वटा सञ्चालनमा छन्। पालिकामा सार्वजनिक यातायातको लागि एउटा बोलेरो व्यवस्थापन गरेर घुम्ती रुपमा सञ्चालन गरिरहेका छौँ । ताप्ली दुग्ध उत्पादनमा अत्याधिक हुने ठाउँ हो । यसको लागि दुग्ध सहकारी सञ्चालनमा ल्याउने तयारीमा छौँ। हामीले कृषिबाट जनतालाई कसरी प्रत्यक्ष लाभ पुर्‍याउन सकिन्छ । त्यही काममा जोड दिएका छौँ ।

अन्य काममा के के छन् ?

नीति तथा कार्यक्रममा नै हामीले जङकफुड प्रतिबन्ध लगाउने काम अघि बढाउने योजना ल्याएका छौँ। त्यसमा विभिन्न नाम गरेका कोकाकोला, डिउ, फ्यान्टा लगायतलाई रोक्ने र गाईभैँसीको दुधबाट बनेको मोही, दही प्रयोगमा ल्याउने योजनामा छौँ। कृषिमा विभिन्न कोणबाट ताप्लीलाई आत्मनिर्भरमुखी बनाउने काम भइरहेको छ । अहिलेसम्मको नतिजा हेर्दा परिमाणमुखी देखिन्छ। आलु, भटमास, दाल, फलफुल पनि ताप्लीबाट बाहिर गइरहेको छ । घुर्मी कुमालटार सडक बनेपछि ताप्लीको कृषिजन्य बस्तुको बजार काठमाडौं हुनेछ। अब हामी कृषि सम्मेलन गर्ने तयारीमा छौँ। त्यसबाट ठोस योजना बनाउने छौँ ।

पर्यटन क्षेत्रमा नि ?

पर्यटनमा हामीले विभिन्न उपायहरुमा केन्द्रित रहेर छलफल गरिरहेका छौँ । निर्वाचित भएर आजसम्म आउँदा विभिन्न कामहरु पनि गरेका छौँ। ताप्ली पोखरीलाई एउटा पर्यटकीय केन्द्रमा रुपमा हिजोभन्दा आज चिनाउने काम गरिरहेका छौँ ।

गर्नै पर्ने र बाँकी रहेका कामहरु के के होलान ?

ताप्लीमा आवसीय विद्यालयमा जोड दिनु पर्नेछ । समावेशी बजेट निर्माणमा जोड दिनुपर्छ । विभिन्न समुदायिक संस्कार संस्कृतिका पर्वहरु संरक्षणमा जोड दिनुपर्छ । अहिलेसम्म ति क्षेत्रमा काम त भएका छन् । तर, पर्याप्त भएका छैनन् । गर्नु पर्ने भएको छ। हाम्रा महत्वपूर्ण सडकहरु कालोपत्रे बनाउन पाए हुने थियो । सडकमा बेतेनी–माझखर्क सडक, नुनथला–रुपाटार–ठानागाउँ सडक, रुपाटार–इनामे, कटहरे-लेखगाउँ सडक मुख्य सडक हुन्। यही सडक बाह्रै महिना बाह्रैकाल चल्ने भएका छन् । कालोपत्रे गर्न पाए झनै राम्रो हुने थियो । मेरो पहल जारी छ। बेतेनी-नुनथला-रुपाटार सडक मात्र कालोपत्रे गर्न पाए झनै राम्रो हुने थियो । तर, म र हामी निरन्तर लागिरहेका छौँ ।

बालबालिका, महिला तथा विभिन्न प्रकारका विभेदका क्षेत्रमा कस्ता काम भएका छन् ?

पालिकाले बजेट नै विनियोजन गरेर सामाजिक क्षेत्रका कामहरु अघि बढाएको छ । पालिकालाई बालमैत्री पालिका बनाउँदै लगेका छौँ। महिला हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गरिरहेका छौँ । समाजिक क्षेत्रमा धेरै काम भएका छन्। गरिरहेका छौँ। पीछडिएका क्षेत्र, वर्ग, लिङ्ग, जातीय समस्याको दिगो समाधानमा हामी जुटेका छौँ ।

काम गर्दै जाँदा नीतिगत समस्या के के पाउनु भयो ?

स्थानीय, प्रदेश र संघीय सरकारमध्ये स्थानीय सरकार जनताको पहिलो सरकार हो । नजिकको सरकार हो। संघीयतामा गएपछि संघीय सरकारले बनाउनु पर्ने ऐन, कानुन नबनाउँदा समस्या छन् । शिक्षामा समस्या छ । कर्मचारीमा समस्या छ। संघीय ऐन निर्माण नहुँदा समस्या छ। केन्द्रीकृत शासन व्यवस्थाबाट आएका कर्मचारी, नेताहरु संघीय मानसिकतामा जान नसकेका हुन की जस्तो लागेको छ। त्यो स्थानीय, प्रदेश र संघीय सरकारका लागि बन्नु पर्ने ऐन कानुन नबन्दा यस्तो भएको हो । यसको असर स्थानीय सरकारमा परेको छ । संघ र प्रदेश सरकारको बजेट आउँछ। संघ प्रदेश सरकारबाटै सम्झौता हुने र काम हुने गरेका छन् । संघ र प्रदेश सरकारको काम पनि स्थानीय सरकारले गर्न पाउनु पर्ने हो। संघ र प्रदेश सरकारका योजनाहरु स्थानीय सरकारलाई दिनुपर्छ ।

तपाइँको कार्यकालमा ताप्लीको मुहार कस्तो हुन्छ ?

पूर्ण रुपमा परिवर्तन हुन्छ भन्न सकिँदैन । विकास आवश्यकता अनुसार हुँदै जानुपर्छ । मेरो कार्यकालमा ताप्लीका घर घरमा खानेपानी पुगेको हुनुपर्छ। विजुली बलेको हुन्छ । सडक बाह्रै महिना, बाह्रै काल चल्ने हुन्छन् । मेरो कार्यकालमा ताप्लीमा आधारभुत काम भएका हुन्छन्। अहिलेको ताप्लीको मुहारमा परिवर्तन आउने छ । आउने गरी काम भइरहेका छन् । तर, भौगोलिक विकटता अनुसार प्रदेश र संघीय सरकारले बजेट दिए धेरै राम्रो काम हुने थियो ।

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०८:३५
##tapliruralmunicipality #tamli #dhungarajbishwakarma
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
महान्यायाधिवक्ता भण्डारीले के भने ?
महान्यायाधिवक्ता भण्डारीले के भने ? बिहीबार, असोज २, २०८२
रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी शनिबार, भदौ १४, २०८२
उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर 
उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर  शनिबार, भदौ ७, २०८२
म त हिरो त होइन, चरित्र हिरो हुन सक्ला : अभिनेता बराल
म त हिरो त होइन, चरित्र हिरो हुन सक्ला : अभिनेता बराल शनिबार, साउन ३२, २०८२
शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई
शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई शनिबार, साउन १८, २०८२
नीतिगत र संस्थागत कानुनी सुधार सरकारको प्राथमिकता हो : मन्त्री गृहमन्त्री लेखक
नीतिगत र संस्थागत कानुनी सुधार सरकारको प्राथमिकता हो : मन्त्री गृहमन्त्री लेखक शुक्रबार, साउन १७, २०८२
संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर
संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर शनिबार, साउन ४, २०८२
मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ :  नगर प्रमुख श्रेष्ठ
मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ शनिबार, असार २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
  • नंः ५ सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्