Top Navigation
Main Navigation
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper मंगलबार, असोज १६, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
NCELL NCELL
विचार
  • Home
  • विचार
  • असल राष्ट्रपति पाउने अपेक्षा
असल राष्ट्रपति पाउने अपेक्षा सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ १४, २०७९

राजाको शासन खतम भएपछि नेपालमा राष्ट्रपति शासन शुरु भएको पनि दशकौं भैसकेको छ। कार्यकारी अधिकारी सवै प्रधानमन्त्रीमा निहित भएतापनि देशको उच्च पदस्थ निकायको रुपमा राष्ट्रपतिलाई लिइने गरेको छ। हालसम्म नेपालमा दुईजना राष्ट्रपति भैसकेको छ । नेपालको पहिलो राष्ट्रपतिको इतिहास रच्ने कार्य डा.रामबरण यादववाट भएको छ ।

त्यस्तै, दुई कार्यकाल पूरा गरेर विदा हुन लागेकी राष्ट्रपति विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बनेर अर्को इतिहास रचेकी छन्। विद्या भण्डारीको विदावारी पछि रिक्त हुन आउने राष्ट्रपतिमा अव को राष्ट्रपति बन्ने भन्ने खुल्दुली भएकै कुरा हो। महिनौदेखि शुरुभएको यो खुल्दुलीको अन्त्य भएको छैन् ।

राष्ट्रपतिको दौडको सर्गर्मी शुरु भएतापनि यसको निर्णयको टुंगो लागेको छैन् । सर्वसाधारण यसपल्ट राजनीतिक होइन, गैरराजनीतिक बर्गको राष्ट्रपति हुनुपर्दछ भनिरहेको अवस्थामा नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी लगायतका पार्टीका नेतृत्व पंक्ती भने, आ–आफ्ना पार्टीका नेता राष्ट्रपति बनाउने होडमा छन् ।

कसले बाजी मार्ने हो ? त्यो यो माघको अन्तिम हप्ता नै थाहा हुनेछ । संविधानको धारा ६४ मा नेपालको राष्ट्रपति कस्तो व्यक्ति हुनसक्छ भन्ने योग्यता तोकिएको छ । उक्त धाराअनुसार सङ्घीय संसद्को सदस्य हुन योग्य भएको व्यक्ति राष्ट्रपति हुनसक्छ । राष्ट्रपति हुनका लागि पैँतालिस वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ । कुनै कानुनले अयोग्य ठहर नगरेको व्यक्ति मात्र नेपालको राष्ट्रपति हुनसक्छ ।

यद्यपि योग्यता पुगे पनि नेपालको संविधानअनुसार दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन । उपराष्ट्रपतिका हकमा पनि सोही योग्यता लागु हुने संविधानको धारा ६९ मा व्यवस्था छ । संविधानको धारा ७० ले चाहिँ राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुने व्यवस्था गरेको छ ।

त्यसको अर्थ महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति वा पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ। समुदायका हकमा नेपालको जातीय समुदाय अनुसार फरकफरक समूहको हुनुपर्छ । त्यस्ता समुदायलाई राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनले समुदायका रूपमा दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू वा मुस्लिम समुदाय रहेको व्याख्या गरेको छ ।

नेपालको संविधानको धारा २८९ ले राष्ट्रपति र उपराष्ट्रपतिसहित सङ्घीय र प्रदेशतर्फका उच्च पदहरूमा वंशजका आधारमा नेपालको नागरिकता पाएका व्यक्ति मात्र हुन पाउने व्यवस्था गरेको छ ।

राष्ट्रपति हुनका लागि कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र कुनै लाभको पदमा नरहेको हुनुपर्ने व्यवस्था पनि छ । लाभको पद भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदलाई मानिएको छ ।

नेपालको संविधान अनुसार, असल राष्ट्रपति को हुने भन्ने खुल्दुली भएजस्तै असल राष्ट्रपति पाउने अपेक्षा छ ।
 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १०:४८
##chair
Employees Provident Fund Employees Provident Fund
प्रतिक्रिया दिनुहोस्
थप विचार
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा सोमबार, असोज १५, २०८०
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ शुक्रबार, असोज १२, २०८०
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड बिहीबार, असोज ११, २०८०
विधायकको जिम्मेवारी कानुन बनाउने हो : सांसद शर्मा
विधायकको जिम्मेवारी कानुन बनाउने हो : सांसद शर्मा बिहीबार, असोज ११, २०८०
स्थानीय तहले अघि बढाएका नमूना कार्य
स्थानीय तहले अघि बढाएका नमूना कार्य शनिबार, असोज ६, २०८०
मानव सभ्यताको रक्षा गरौं
मानव सभ्यताको रक्षा गरौं शनिबार, असोज ६, २०८०
संविधान कार्यान्वयनका चुनौतीहरु
संविधान कार्यान्वयनका चुनौतीहरु मंगलबार, असोज २, २०८०
राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : सांसद सन्तोष परियार
राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : सांसद सन्तोष परियार सोमबार, असोज १, २०८०
राजनीतिक संस्कारका धरोहर सुवास 
राजनीतिक संस्कारका धरोहर सुवास  बिहीबार, भदौ २८, २०८०
लोकप्रिय
  • नंः १ राहत शिक्षकको माग पूरा, मनाए विजय उत्सव (भिडियाे)
  • नंः २ क्रिकेट स्टार भीमलाई अधिया कमाएर बुबाले हुर्काए
  • नंः ३ देशभरका गणित शिक्षकलाई प्रशिक्षण सुरु
  • नंः ४ भक्तपुरको साँगाबाट अभिनेता अनमोल केसी पक्राउ
  • नंः ५ एनआईसी एशिया बैकको कर्जा प्रबाहमा ठगी धन्दा
विचार
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा NamiNews- नामीन्यूज
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ NamiNews- नामीन्यूज
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड रासस
सूचना-प्रविधि
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा NamiNews- नामीन्यूज
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल NamiNews- नामीन्यूज
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ रासस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्