Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • वहुआयामिक व्यक्तित्व र कृतित्वका धनी साहित्यकार पाँडे
वहुआयामिक व्यक्तित्व र कृतित्वका धनी साहित्यकार पाँडे
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, माघ २१, २०७९
Api Himal

प्राय जसो सहित्यका हरेक विधाहरुमा कलम चलाएर आफ्नो प्रतिभालाई नेपाली समाजको हितमा समर्पित गराइसकेका लोकप्रिय साहित्यकार रामकुमार पाँडेका बारेमा लेख्न उनको वहुआयामिक व्यक्तित्व र कृतित्वका कारण प्रायलाई हम्मेहम्मे नै पर्छ ।

सायद कुनै एउटा विधामा मात्र उनको कलम चलेको भए सहजै उनको बारेमा लेख्न सकिन्थ्यो होला । साँच्चै भन्ने हो भने रामकुमार पाँडे नेपालको प्राय साहित्यिक विधाहरुमा धेरै पुस्तकहरु लेख्ने साहित्यकारहरु मध्ये एक हुन् भन्दा केही फरक नपर्ला।

विशेष गरेर हाँस्य व्यङ्ग्य लेखनमा चाहिँ उनलाई नेपालको एउटा सफल र स्थापित लेखकका रुपमा मान्नै पर्ने हुन्छ। तर उनले अन्य साहित्यिक विधाहरुमा लेखेका उनका कृतिहरुले पनि नेपाली साहित्यको श्रीबृद्धिमा धेरै ठूलो योगदान पुर्याएको छ।

धेरै लेख्ने र कम बोल्ने साहित्यकार रामकुमार पाँडे अत्यन्तै प्रतिभाशाली भएकै कारण सबैका प्रिय व्यक्ति बनेका छन्। अंग्रेजी भाषामा पनि पुस्तक लेखिसकेका रामकुमार पाँडेका चर्चित हाँस्यव्यङ्ग्य पुस्तकहरुमा ख्याल ख्याल, सञ्चै छ, खप्पर, मोज गर्नोस्, बाह्र मज्जा, बाबुको विहे, सिङ् न पुच्छरहरु पर्छन् भने समाज र मानवताका लागि उपयोगी पुस्तकहरुमा नेपाल परिचय, विश्व परिचय, सामाजिक शिक्षा र शिक्षण र नेपालको भौतिक भूगोल पर्दछन् ।

Nepal Oil Corporation

त्यस्तै बाल कविता र बाल कथाहरु लेखेर उनले आफूलाई बाल साहित्यमा पनि अब्बल सावित गरिसकेका छन् । गीतिकथा, गजल, मुक्तक जस्ता साहित्यका अनेकौं विधाहरुमा लेखेर रामकुमार पाँडेले आफ्नो बहुआयामिक प्रतिभा गहकिलो ढङ्गले रामै्रसँग हामी माझ पस्किसकेका छन् ।

त्यतिमात्र हो र उनले नेपालको इतिहासमा भए गरेका अनेकौं घटना र परिघटनाहरुलाई समेटेर र नेपालको भौगोलिक परिस्थितिको सत्यतथ्य जानकारी दिन नेपालको भौगोलिक अवस्थामा केन्द्रित भएर पनि पुस्तक लेखिसकेका छन्।

विशेषगरी उनको अध्ययन र अध्यापनको विषय पनि भूगोल भएकोले उनको भौगोलिक उचाइको ज्ञानमा विशेष दख्खल रहेको पाइन्छ । उनको यो ज्ञानलाई नेपालको उन्नतिका लागि उपयोग गर्न सके हामी सबैको कल्याण भई हाम्रो देशले विकासको ठूलो फड्को मार्न सक्ने थियो ।

साहित्यकार पाँडेले भूगोल समाज र इतिहासमा मात्र केन्द्रित भई होइन तत्कालिन अवस्थामा नेपालमा धेरै कम लेखिने हाइकू जस्तो साहित्यिक विधामा समेत कलम चलाएर आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गरिसकेका छन् । 

चित्रकारिताबाट पनि आफ्नो खुवी देखाइसकेका आफ्ना कैयौं पुस्तकहरु प्रकाशोन्मुख अवस्थामा भएको जानकारी दिने रामकुमार पाँडेको व्यक्तित्वको कुरा गर्दा त झन् सबैको मन प्रफुल्लित हुन्छ ।

ज्यादै सरल, भद्र र विशेषगरी नेपाली साहित्यमा लागी परेका र लाग्न चाहनेहरुलाई अग्रजका नाताले उनले दिने हौशला, प्रेरणा र प्रोत्शाहन ज्यादै नै सराहनीय र प्रशंसनीय हुने गरको छ । जसलाई यो पंक्तिकारले पनि महसुस गरेको छ ।

अन्तिममा रामकुमार पाँडेको बारेमा लेख्दा नेपालको हितका लागि छुटाउनै नहुने एउटा महत्वपूर्ण कुरा उल्लेख गर्नैपर्ने हुन्छ। त्यो के भने कुनैपनि देशको उन्नती वास्तवमा त्यस देशको भौगोलिक परिस्थितिको पहिचान नगरी सम्भव हुँदैन त्यसैले त्रिभुवन विश्वविद्यालयका भूगोल विषयका पूर्व प्राध्यापक रामकुमार पाँडेको भौगोलिक ज्ञानलाई हामी सबैले नेपालमा उपयोग गर्न सके नेपालको विकास भई हामी सबैको कल्याण हुने थियो ।

नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०८:५९
##ramkumarpandey
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय मंगलबार, जेठ २८, २०८२
मुस्ताङबासीलाई पानीको चरम पीडा
मुस्ताङबासीलाई पानीको चरम पीडा सोमबार, जेठ २७, २०८२
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य आइतबार, जेठ २६, २०८२
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।। शनिबार, जेठ २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्