Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शुक्रबार, असार १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • वहुआयामिक व्यक्तित्व र कृतित्वका धनी साहित्यकार पाँडे
वहुआयामिक व्यक्तित्व र कृतित्वका धनी साहित्यकार पाँडे
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, माघ २१, २०७९

प्राय जसो सहित्यका हरेक विधाहरुमा कलम चलाएर आफ्नो प्रतिभालाई नेपाली समाजको हितमा समर्पित गराइसकेका लोकप्रिय साहित्यकार रामकुमार पाँडेका बारेमा लेख्न उनको वहुआयामिक व्यक्तित्व र कृतित्वका कारण प्रायलाई हम्मेहम्मे नै पर्छ ।

सायद कुनै एउटा विधामा मात्र उनको कलम चलेको भए सहजै उनको बारेमा लेख्न सकिन्थ्यो होला । साँच्चै भन्ने हो भने रामकुमार पाँडे नेपालको प्राय साहित्यिक विधाहरुमा धेरै पुस्तकहरु लेख्ने साहित्यकारहरु मध्ये एक हुन् भन्दा केही फरक नपर्ला।

विशेष गरेर हाँस्य व्यङ्ग्य लेखनमा चाहिँ उनलाई नेपालको एउटा सफल र स्थापित लेखकका रुपमा मान्नै पर्ने हुन्छ। तर उनले अन्य साहित्यिक विधाहरुमा लेखेका उनका कृतिहरुले पनि नेपाली साहित्यको श्रीबृद्धिमा धेरै ठूलो योगदान पुर्याएको छ।

धेरै लेख्ने र कम बोल्ने साहित्यकार रामकुमार पाँडे अत्यन्तै प्रतिभाशाली भएकै कारण सबैका प्रिय व्यक्ति बनेका छन्। अंग्रेजी भाषामा पनि पुस्तक लेखिसकेका रामकुमार पाँडेका चर्चित हाँस्यव्यङ्ग्य पुस्तकहरुमा ख्याल ख्याल, सञ्चै छ, खप्पर, मोज गर्नोस्, बाह्र मज्जा, बाबुको विहे, सिङ् न पुच्छरहरु पर्छन् भने समाज र मानवताका लागि उपयोगी पुस्तकहरुमा नेपाल परिचय, विश्व परिचय, सामाजिक शिक्षा र शिक्षण र नेपालको भौतिक भूगोल पर्दछन् ।

त्यस्तै बाल कविता र बाल कथाहरु लेखेर उनले आफूलाई बाल साहित्यमा पनि अब्बल सावित गरिसकेका छन् । गीतिकथा, गजल, मुक्तक जस्ता साहित्यका अनेकौं विधाहरुमा लेखेर रामकुमार पाँडेले आफ्नो बहुआयामिक प्रतिभा गहकिलो ढङ्गले रामै्रसँग हामी माझ पस्किसकेका छन् ।

त्यतिमात्र हो र उनले नेपालको इतिहासमा भए गरेका अनेकौं घटना र परिघटनाहरुलाई समेटेर र नेपालको भौगोलिक परिस्थितिको सत्यतथ्य जानकारी दिन नेपालको भौगोलिक अवस्थामा केन्द्रित भएर पनि पुस्तक लेखिसकेका छन्।

विशेषगरी उनको अध्ययन र अध्यापनको विषय पनि भूगोल भएकोले उनको भौगोलिक उचाइको ज्ञानमा विशेष दख्खल रहेको पाइन्छ । उनको यो ज्ञानलाई नेपालको उन्नतिका लागि उपयोग गर्न सके हामी सबैको कल्याण भई हाम्रो देशले विकासको ठूलो फड्को मार्न सक्ने थियो ।

साहित्यकार पाँडेले भूगोल समाज र इतिहासमा मात्र केन्द्रित भई होइन तत्कालिन अवस्थामा नेपालमा धेरै कम लेखिने हाइकू जस्तो साहित्यिक विधामा समेत कलम चलाएर आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गरिसकेका छन् । 

चित्रकारिताबाट पनि आफ्नो खुवी देखाइसकेका आफ्ना कैयौं पुस्तकहरु प्रकाशोन्मुख अवस्थामा भएको जानकारी दिने रामकुमार पाँडेको व्यक्तित्वको कुरा गर्दा त झन् सबैको मन प्रफुल्लित हुन्छ ।

ज्यादै सरल, भद्र र विशेषगरी नेपाली साहित्यमा लागी परेका र लाग्न चाहनेहरुलाई अग्रजका नाताले उनले दिने हौशला, प्रेरणा र प्रोत्शाहन ज्यादै नै सराहनीय र प्रशंसनीय हुने गरको छ । जसलाई यो पंक्तिकारले पनि महसुस गरेको छ ।

अन्तिममा रामकुमार पाँडेको बारेमा लेख्दा नेपालको हितका लागि छुटाउनै नहुने एउटा महत्वपूर्ण कुरा उल्लेख गर्नैपर्ने हुन्छ। त्यो के भने कुनैपनि देशको उन्नती वास्तवमा त्यस देशको भौगोलिक परिस्थितिको पहिचान नगरी सम्भव हुँदैन त्यसैले त्रिभुवन विश्वविद्यालयका भूगोल विषयका पूर्व प्राध्यापक रामकुमार पाँडेको भौगोलिक ज्ञानलाई हामी सबैले नेपालमा उपयोग गर्न सके नेपालको विकास भई हामी सबैको कल्याण हुने थियो ।

नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०८:५९
##ramkumarpandey
प्रतिक्रिया दिनुहोस्
थप समाज
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ कटारी नगरपालिकाको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्