Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कानूनी जटिलता विकासको अवरोध बनेको छ : अध्यक्ष ओली
कानूनी जटिलता विकासको अवरोध बनेको छ : अध्यक्ष ओली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, चैत २, २०७९

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानूनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताएको छ ।

नेपाल ल क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आयोजना गरेको ‘कानूनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले नागरिकको न्यायमा सहज पहुँचका लागि कानूनी जटिलताहरू हटाउनपर्ने बताएको हो ।

कार्यक्रममा विद्यार्थीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “आजको विश्वमा हरेक क्षेत्रमा नियम कानूनले चल्छ र चल्नपर्छ । तर नियम कानूनको यति जञ्जाल बनेको छ कि त्यो पार गरिसक्दासम्म काम गर्ने समय सकिन्छ । प्रशासनिक ढिलासुस्ती पनि कानूनी प्रक्रियाका कारणले भैरहेको छ । कतिपय कानून र कानूनी प्रक्रियाले विकासका काममा अवरोध पुर्याएको छ।”

उनका अनुसार कानूनको सहज कार्यान्वयनको परिस्थिति हुनुपर्छ । “कानूनको उपयोगिता र सहज कार्यान्वयन दुवै हुनपर्छ । अन्यथा कानूनी प्रक्रियाको जटिलताले समाजको अग्रगमन, प्रगति, विकास, सुशासन र न्याय प्राप्तिलाई अप्ठ्यारोमा पार्छ”, उनले भने ।

विद्यार्थीहरुले अध्यक्ष ओलीद्वारा प्रतिनिधिसभा विघटनको प्रयास, देशको आर्थिक अवस्था, बेरोजगारी, कानून कार्यान्वयनमा राजनीतिक हस्तक्षेप, पार्टी तथा नेतृत्वको भूमिका र समीक्षाका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अर्थतन्त्र सुधारमा उल्लेख्य भूमिका खेलेको जवाफ दिए ।

अध्यक्ष ओलीले नयाँ पुस्ता सकारात्मक र ऊर्जाशील हुनुपर्ने बताउँदै विश्वविद्यालयमा गैरशैक्षिक क्रियाकलाप नगर्न समेत सुझाव दिए । कानून निर्माण, कार्यान्वयन र न्यायका लागि पहल गर्दा सबै पक्षमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

उनले कानूनका विद्यार्थीले भविष्यमा न्यायका लागि पहल गर्दा कुनै प्रकारको डर त्रास, लोभ र प्रलोभनमा नपर्न जोड दिए ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:३९
##KPSharmaOli
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस्
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस् सोमबार, असोज ५, २०८३
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्