Top Navigation
Main Navigation
शनिबार, भदौ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • अचानक खुट्टा बाउँडिने समस्या र समाधान
अचानक खुट्टा बाउँडिने समस्या र समाधान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ २४, २०८०

काठमाडौं । अचानक खुट्टा बाउँडिने अर्थात् पिडुँलाको मासु फर्किएको अनुभव धेरैले गरेका हुन्छन् । पिडुँलाको मासु फर्किएमा अत्यधिक पीडा हुन्छ। यसको कारण थाहा पाएमा छिट्टै उपचार पनि हुन्छ । तर धेरैलाई पिडुँलाको मासु किन फर्किन्छ भन्ने कारण थाहा नहुँदा थप जटिल बन्दै जान्छ ।

मांसपेशीमा रक्तचापको मात्रा बढ्दा, तापक्रममा असामान्य परिवर्तन वा विभिन्न रसायनको प्रतिक्रिया भएमा खुट्टा बाउँडिएर अनियन्त्रित खालको कडा दुखाइ हुन सक्छ। यसलाई बोलीचालीको भाषामा खुट्टाको पिडुँलाको मासु फर्किनु पनि भन्ने गरिन्छ। बाउँडिंदा पिडुँलाको मासु खुम्चिन्छ र त्यहाँ मासुको डल्लो जम्मा हुन्छ ।

केही सेकेन्ड वा केही मिनेटसम्म एकैठाउँ डल्लो परेको मासु ठीक ठाउँमा आउन केही समय लग्छ । तर पटक–पटक यो समस्या भएमा चिकित्सकको परामर्श लिनैपर्ने हुन्छ । यो जुनसुकै उमेर समूहमा देखिन सक्छ ।

खुट्टाको मासु किन फर्किन्छ? भन्नेको ठोस कारण अहिलेसम्म विज्ञहरुले पत्ता लगाउन सकेका छैनन् । तर खराब जीवनशैली र अस्वस्थकर खानपानलाई यसको कारक मानिएको छ ।

Nepal Oil Corporation

शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने गर्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ। शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाइटको मात्रा बिग्रिन्छ ।

यसले शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न सहयोग पु¥याउँछ, साथै मासुलाई खुम्चिन र खुल्न सहयोग गर्छ । यदि शरीरमा पानीको मात्रा कम भएमा मासुको काम गर्ने क्षमतामा कमी हुन गई खुट्टा बाउँडिने गर्छ ।

पोटासियमले मुख्यतया मांसपेशीको कोषिका र स्नायु प्रणालीलाई नियन्त्रण गर्छ । पोटासियमले मांसपेशीको संकुचन, बिस्तार र स्नायुबाट मस्तिष्कमा संकेत पठाउने प्रक्रियामा पनि महत्वपूर्ण भूमिका खेल्छ ।

यस्तो अवस्थामा जब शरीरमा पोटासियमको कमी हुन्छ, खुट्टाको मांसपेशी बाउँडिन सक्छ । केही अध्ययनले  भिटामिन डीको कमीले पनि खुट्टा बाउँडिन सक्ने देखाएका छन् ।

थाइराइड हार्मोन कम हुँदा मेटाबोलिजम पनि कम हुन्छ । दैनिक काम गर्दा उच्च मेटाबोलिजमको आवश्यकता पूर्ति हुन नसकेर खुट्टाको मासु फर्किने गर्छ।

एकै ठाउँमा एकै किसिमको आसनमा लामो समयसम्म उभिँदा वा असहज तरिकाले लामो समयसम्म बस्दा यस्तो समस्या देखिन सक्छ। त्यस्तै अग्ला हिल लगाउनाले पनि खुट्टामा दबाब पर्ने गर्छ ।

गर्भवती महिलालाई पनि खुट्टा पल्टिने सम्भावना बढी हुन्छ । यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ।

गर्भवती अवस्थामा पाठेघरले नसा तथा रक्तनलीमा चाप दिन खुट्टा पल्टिने हुन्छ । यदि गर्भवती अवस्थामा पटक–पटक मासु बाउँडिन्छ भने चाहिं तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

डाइबिटिज न्युरोप्याथीको समस्या भएकालाई पनि यो समस्या हुन सक्छ । रगतमा चिनीको मात्रा बढी हुँदा धेरै पिसाब लाग्ने हुँदा पानीको मात्रा कम हुन गई खुट्टा पल्टिने हुन सक्छ । र, खुट्टा पल्टेको महसुस गरेमा तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ।

अत्यधिक मदिरा पिउनेहरुमा अल्कोहोलिक न्युरोप्याथीको समस्या हुन सक्छ, जसको प्रमुख लक्षणको रुपमा खुट्टा दुख्ने र पल्टिने देखिन्छ। त्यस्तै अत्यधिक मदिरा पिउनाले बढी पिसाब लाग्ने कारण व्यक्तिमा पानीको अभाव हुन गई खुट्टा पल्टिने समस्या हुन सक्छ।

पिसाब लगाउने औषधि, कोलेस्टेरोलको मात्रा कम गर्ने औषधि, एन्टिसाइकोटिक औषधि र स्टेरोयडलगायत औषधिले पनि मासु बाउँडिने र पल्टिने समस्या देखिने सम्भावना प्रबल रहन्छ । यदि यस्तो समस्या पटक–पटक देखिए चिकित्सकको परामर्श लिनुपर्छ।

कहिलेकाहीं मात्र यो समस्या देखिए मालिस गर्दा पनि ठीक हुन्छ । तर बारम्बार मासु फर्किएमा स्वास्थ्य परीक्षण गर्नुपर्छ। स्वास्थ्य परीक्षणका लागि थाइराइड, भिटामिन डी, क्याल्सियमको मात्रा थाहा पाउन रगत परीक्षण गराइन्छ।

यो समस्याको कारण एक मात्र नभई धेरै हुने हुँदा यसको उपचार लक्षण पत्ता लगाएर सोही अनुसारको उपचार हो । जस्तै, पानीको अभावले हो भने पर्याप्त मात्रामा पानी पिउने, भिटामिनको कमी भए चिकित्सकले परीक्षणपछि सप्लिमेन्टको रुपमा भिटामिन दिन सक्छन्।

यससँगै पौष्टिक आहारमा जोड दिन आवश्यक हुन्छ । कसैलाई यससम्बन्धी औषधि पनि चलाउनुपर्ने हुनसक्छ, जुन बिरामीको अवस्था हेरेर निक्र्योल गरिन्छ।

अचानक मासु फर्किएको अवस्थामा जतापट्टि फर्किएको छ, त्यसको उल्टो पट्टि मालिस गर्नुपर्छ । त्यससँगै मांसपेशी तन्काउनुपर्छ। र, हल्कासँग मसाज गर्न सकिन्छ ।

रोकथामका उपाय

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०८:१९
##leg #pain
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ शुक्रबार, साउन २४, २०८२
कविता :  मेरो देश 
कविता :  मेरो देश  शुक्रबार, साउन १०, २०८२
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना सोमबार, असार ३०, २०८२
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी शनिबार, असार २८, २०८२
डाक्टरहरू सडकमा, अस्पतालमा विरामीकाे बेहाल
डाक्टरहरू सडकमा, अस्पतालमा विरामीकाे बेहाल मंगलबार, असार २४, २०८२
उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे? मंगलबार, असार २४, २०८२
डाक्टरहरुलाई कालोपट्टी बाँधेर सडकमा आउन किन बाध्य बनायो सरकारले ?
डाक्टरहरुलाई कालोपट्टी बाँधेर सडकमा आउन किन बाध्य बनायो सरकारले ? सोमबार, असार २३, २०८२
वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान आइतबार, असार २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर 
  • नंः २ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ३ उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
विचार
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता प्रज्ज्वल घिमिरे
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्