Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक : उप्रप्रधानमन्त्री श्रेष्ठ
नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक : उप्रप्रधानमन्त्री श्रेष्ठ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार १७, २०८०

काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताएको छ।

पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिएको बताएको हो।

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सम्बन्ध सुदृढीकरण, व्यापार र लगानी प्रवद्र्धन तथा आर्थिक विकासमा वृहत छलफल भएको बताए।

“आर्थिक विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर नेपाल सरकार अगाडि बढिराखेको सन्दर्भमा चीनले गरिरहेको आर्थिक सहयोगलाई अझ वृद्धि गर्नका लागि अनुरोध गरेका छौँ”, उनले भने, “चीनका उपप्रधानमन्त्री ह लि फङ तथा पार्टीका सिचुवान सचिव वाङ सिवहुइले पनि सकारात्मक ढङ्गले सोचिने विश्वास दिलाउनुभएको छ।”

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचारविमर्श भएको थियो।

थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो।

चिनियाँ अधिकारीसँगको भेटका सन्दर्भमा उनले भने, “चीनले नेपालको विकास प्रक्रियामा महत्वपूर्ण साझेदारको भूमिका खेल्दै आएको छ।  भूकम्प, कोरोना महामारीलगागत नेपाललाई अप्ठयारो परेको समयमा चीनले महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ, त्यसका लागि हार्दिक आभार प्रकट गरेको छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने।

व्यापार र पर्यटन प्रवद्र्धन गर्न चिनियाँ पक्षसँग विशेष अनुरोध गरिएको जानकारी दिँदै उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनका सम्बन्धमा पनि छलफल भएको बताए ।

“चिनियाँ पक्षबाट बिआरआईअन्तर्गतका परियोजनाबाट नेपालले लाभ लिनका लागि के कस्तो तयारी गरेको छ भनी जिज्ञासा राखेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामीले सो परियोजनाको सन्दर्भमा नेपालको योजना र ‘स्टेप’का बारेमा प्रष्ट पारेका छौँ।” 

नेपालले बिआरआईअन्तर्गतका परियोजना कार्यान्वयनमा लैजान सन् २०१७ मा हस्ताक्षर गरेको थियो । कार्यान्वयन योजनालाई अन्तिम रुप दिन दुई पक्षकाबीचमा मस्यौदा आदानप्रदान भएको छ ।

“मस्यौदालाई अन्तिम रुप दिइसकेपछि ठोस् परियोजना र ढाँचाका बारेमा छलफल गरेर टुङ्गो लगाउँछौँ र बिआरआइबाट पनि हामी लाभान्वित हुने आशा राखेको कुरा हामीले भनेका छौँ”, उनले भने ।

 

छेन्दु-पोखरा उडान गर्न सिचुवान एयरलाइन्स सकारात्मक

भ्रमणका क्रममा सिचुवान एयरलाइन्सका पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुबाट नेपालका नयाँ विमानस्थलमा उडान गर्न एयरलाइन्सले सकारात्मक जवाफ दिएको बताए । 

उनले छेन्दु–काठमाडौँ रुटमा दैनिक उडान सङ्ख्या थप गर्न र पोखरा तथा भैरहवा विमानस्थलमा व्यावसायिक उडान गर्न आग्रह गरिएको जानकारी दिए।

“छेन्दु-काठमाडौँ दैनिक उडान गर्न अनुरोध गरेको छौँ । त्यसमा उहाँहरुले सकारात्मक वचन दिनुभएको छ। छेन्दु–पोखरा र छेन्दु–भैरहवा व्यावसायिक उडानका निम्ति आग्रह गरेको छौँ । त्यसमा उहाँहरुले पोखरामा अलिबढी सकारात्मक ढङ्गले सोचेको जानकारी गराउनुभएको छ । हामीले छेन्दुबाट भैरहवामा पनि सिधा उडानका लागि जोड दिएका छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेको थियो। सम्बोधनका क्रममा उहाँले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएकाले नेपालमा लगानी गर्न आग्रह गरेको थियो ।

छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा नेपाल–चीन सम्बन्धबारे मन्तव्य दिएको थियो । उनले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेको थियो । 

उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो ।

प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा चीनकै पुरानो र बिनाबाँध छेन्दुलाई सिञ्चित गर्ने गरी निर्माण गरिएको दुजियाङ सिँचाइ प्रणालीको अवलोकनसमेत गरेको थियो।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत मङ्गलबार चीन प्रस्थान गरेको थियो । उनलाई विमानस्थलमा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतले स्वागत गरे थियो।


 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १७:३२
##narayankajishrestha
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्