Top Navigation
Main Navigation
शनिबार, मंसिर २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो
बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो
रासस
रासस सोमबार, असार १८, २०८०

काठमाडौ । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएको छ ।

प्रदेशसभामा जारी आगामी आव ०८०/०८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उनले बजेट निर्माणमा प्रतिपक्षी दलप्रति राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी गरेको हो।

“बजेटमा सत्तापक्षको एकाधिकार झल्किएको छ, योजनाको छनोट र बजेट विनीयोजनका हिसाबले यो आग्रही छ, असन्तुलित छ”, उनले भने, “आवश्यकताका आधारमा होइन, पहुँचका आधारमा बजेट आएको छ।”

मन्त्रीहरुले आफू निकटका प्रदेशसभा सदस्य र कार्यकर्तालाई मनोमानी ढङ्गले बजेट बाँडेको उनले आरोप लगाएका छन्। “पालिकाको अध्यक्षले माग गरेको योजना परेको छैन, तर कार्यकर्ताको खल्तीबाट आउको योजना जस्ताको तस्तै परेको छ”, नेपालीले प्रश्न गरे, “योजना छनोटको मापदण्ड के हो र?”

उनले लक्ष्यहीन बजेटको कुनै परिणाम नदिने धारणा राखेका थिए । विगतका सरकारले टुक्रे योजनामा बजेट बाँडेको आरोप लाग्ने गरे पनि अहिलेको सरकार पनि त्यसबाट अछुतो रहन नसकेको उनको भनाइ थियो । भौगोलिक हिसाबले पनि बजेटको वितरण असन्तुलित रहेको नेपालीले बताए ।

सत्तापक्षका प्रदेशसभा सभा सदस्य र कार्यकर्तालाई खुसी पार्ने हेतुले आएको बजेटबाट समग्र प्रदेशको आवश्यकता र चुनौतीको सम्बोधन नहुने उनले उल्लेख गरे।

प्रदेशसभा सदस्य बिन्दु पौडेलले पूर्वाधार विकास कार्यक्रममा नवलपुर जिल्लालाई विभेद गरिएको बताउँदै उनले पूर्वाधार मन्त्रालयले पनि टुक्रे योजनामा बजेट बाँडफाँट गरेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य कुसुम बुढाले भौगोलिक अवस्थिति, जनसाङ्ख्यिक स्थिति आदिका आधारमा समानुपातिक तबरले बजेट विनियोजन भएको बताए।

प्रदेशसभा सदस्य महेश भट्टराईले पूर्वाधार क्षेत्रलक्षित बजेटले प्रदेशको विकासलाई गति दिने धारणा राख्दैसडक, पुललगायत योजनाले जनअपेक्षा पूरा हुने विश्वास व्यक्त गरे। प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले पहुँच पुग्नेको मात्र योजना छनोटमा परेको बताए।

बजेटमा स्रोत स्पष्ट नभएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य सुधिरकुमार पौडेल, रोशनबहादुर गाहा थापालगायतले छलफलमा भाग लिएको थियो।

प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १०:५४
##CPNUML
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान मंगलबार, मंसिर १७, २०८२
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता बिहीबार, मंसिर ५, २०८२
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल सोमबार, मंसिर २, २०८२
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य मंगलबार, कात्तिक २६, २०८२
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना आइतबार, कात्तिक २४, २०८२
नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर सोमबार, कात्तिक १८, २०८२
आज सुनकाे मूल्य चार हजार आठ सयले घट्यो
आज सुनकाे मूल्य चार हजार आठ सयले घट्यो आइतबार, कात्तिक ३, २०८२
कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः २ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः ३ महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
  • नंः ४ अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण
  • नंः ५ गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्