Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
मंगलबार, चैत १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, चैत १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो
बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो
रासस
रासस सोमबार, असार १८, २०८०

काठमाडौ । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएको छ ।

प्रदेशसभामा जारी आगामी आव ०८०/०८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उनले बजेट निर्माणमा प्रतिपक्षी दलप्रति राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी गरेको हो।

“बजेटमा सत्तापक्षको एकाधिकार झल्किएको छ, योजनाको छनोट र बजेट विनीयोजनका हिसाबले यो आग्रही छ, असन्तुलित छ”, उनले भने, “आवश्यकताका आधारमा होइन, पहुँचका आधारमा बजेट आएको छ।”

मन्त्रीहरुले आफू निकटका प्रदेशसभा सदस्य र कार्यकर्तालाई मनोमानी ढङ्गले बजेट बाँडेको उनले आरोप लगाएका छन्। “पालिकाको अध्यक्षले माग गरेको योजना परेको छैन, तर कार्यकर्ताको खल्तीबाट आउको योजना जस्ताको तस्तै परेको छ”, नेपालीले प्रश्न गरे, “योजना छनोटको मापदण्ड के हो र?”

उनले लक्ष्यहीन बजेटको कुनै परिणाम नदिने धारणा राखेका थिए । विगतका सरकारले टुक्रे योजनामा बजेट बाँडेको आरोप लाग्ने गरे पनि अहिलेको सरकार पनि त्यसबाट अछुतो रहन नसकेको उनको भनाइ थियो । भौगोलिक हिसाबले पनि बजेटको वितरण असन्तुलित रहेको नेपालीले बताए ।

सत्तापक्षका प्रदेशसभा सभा सदस्य र कार्यकर्तालाई खुसी पार्ने हेतुले आएको बजेटबाट समग्र प्रदेशको आवश्यकता र चुनौतीको सम्बोधन नहुने उनले उल्लेख गरे।

प्रदेशसभा सदस्य बिन्दु पौडेलले पूर्वाधार विकास कार्यक्रममा नवलपुर जिल्लालाई विभेद गरिएको बताउँदै उनले पूर्वाधार मन्त्रालयले पनि टुक्रे योजनामा बजेट बाँडफाँट गरेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य कुसुम बुढाले भौगोलिक अवस्थिति, जनसाङ्ख्यिक स्थिति आदिका आधारमा समानुपातिक तबरले बजेट विनियोजन भएको बताए।

प्रदेशसभा सदस्य महेश भट्टराईले पूर्वाधार क्षेत्रलक्षित बजेटले प्रदेशको विकासलाई गति दिने धारणा राख्दैसडक, पुललगायत योजनाले जनअपेक्षा पूरा हुने विश्वास व्यक्त गरे। प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले पहुँच पुग्नेको मात्र योजना छनोटमा परेको बताए।

बजेटमा स्रोत स्पष्ट नभएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य सुधिरकुमार पौडेल, रोशनबहादुर गाहा थापालगायतले छलफलमा भाग लिएको थियो।

प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १०:५४
##CPNUML
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
ग्लोबल मनी विक-२०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
ग्लोबल मनी विक-२०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आइतबार, चैत ८, २०८२
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक 
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक  बुधबार, चैत ४, २०८२
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू सोमबार, चैत २, २०८२
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा  बुधबार, फागुन २७, २०८२
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक मंगलबार, फागुन २६, २०८२
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता सोमबार, फागुन १८, २०८२
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज शुक्रबार, फागुन ८, २०८२
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ 
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ  मंगलबार, फागुन ५, २०८२
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना मंगलबार, फागुन ५, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ राजनीतिक नियुक्तिमा विगतको ‘भागबण्डा मोडेल’ विरुद्ध रास्वपा
  • नंः २ जातीय विभेदले पारेको प्रभाव
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
  • नंः ५ पार्टी सभापति रवि लामिछानेको कडा निर्देशन
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्