Top Navigation
Main Navigation
बिहीबार, असार ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असार ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • ग्यालरी बैठक भवनको प्रवलीकरण मङ्सिरदेखि सुरु गर्ने
ग्यालरी बैठक भवनको प्रवलीकरण मङ्सिरदेखि सुरु गर्ने
रासस
रासस बुधबार, साउन १०, २०८०
Api Himal

काठमाडौ । सरकारले सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनको प्रवलीकरण आगामी मङ्सिरदेखि सुरु गर्ने तयारी गरिरहेको संसदीय समितिलाई जानकारी गराएको छ ।

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिलाई मन्त्रालयका पदाधिकारीले ऐतिहासिक राजनीतिक र नेपाली वास्तुकलाको महत्व बोकेको भवनलाई पुरानै शैलीमा प्रवलीकरण गरिने बताएको हो ।

समितिको बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको संसदीय इतिहासको साक्षीकारुपमा रहेको भवन र त्यहाँको वास्तुकलामा कुनै क्षति नपुर्याइ पुरानो शैली जस्ताको त्यस्तै ढाँचामा निर्माणका लागि कोसिस गरिने स्पष्ट पारे।

उनले भने, “नेपालको संसदीय इतिहास र भवनबारे भावी पुस्ताले हेर्न तथा जान्न सकुन भन्ने उद्देश्यले ग्यालरी बैठक भवनलाई संसदीय सङ्ग्रहालयकारुपमा विकास गर्न पुरानै ढाँचामा प्रवलीकरणको कार्ययोजना अघि बढाइएको छ।”

Nepal Oil Corporation

ग्यालरी बैठक निर्माण योजना तयार गर्ने, बजेट व्यवस्थापन र कार्यक्रम कार्यान्वयनको सम्पूर्ण जिम्मा सहरी विकास मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ। पुरातात्विक प्रतिवेदनअनुसार ग्यालरी बैठक भवन एक सयवर्षभन्दा पुरानो भएको तथा माटोद्वारा निर्माण गरिएकाले प्रवलीकरण महङ्गो हुनसक्ने अनुमान गरिएको छ ।

उक्त भवन निर्माणका सन्र्दभमा परामर्शदाता नियुक्त भई डिजाइन कार्यअघि बढिसकेको र यही महिनाको अन्त्यसम्ममा प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि बोलपत्र आह्वान हुने भवन सहरी विकास तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए ।

उनले भने, “एक सय वर्षको इतिहासको प्राविधिक र महत्व बोकेको भवन जस्ताको त्यस्तै राख्न कोसिस गरिरहेका छौँ। प्रतिवेदन तयार भएपछि बोलपत्र आह्वान गर्छौ, स्रोत सुनिश्चिता गरी भित्रको डिजाइन र कलाकृतिलाई जस्ताको त्यस्तै राख्ने कोसिस हुनेछ।”

चालु आर्थिक वर्षमा उक्त भवन सवलीकरणका लागि रु १५ करोड बजेट विनियोजन भएको छ । उक्त भवन बहुवर्षीय योजनाको आधारमा निर्माण अघि बढाइने जानकारी दिइयो ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त भवन भत्काएर नयाँ बनाउने कि सवलीकरण गर्ने भन्ने सन्दर्भमा लामो बहस र छलफल भएको थियो। पछिल्ला केही वर्ष भवनको छानोबाट पानी चुहिएर भत्कने सम्भावना बढदै गएपछि प्लास्टिकले छोपेर राखिएको थियो।

हाल उक्त भवन संसद् सचिवालयका बिग्रेका, भाँचिएका र तोडफोड भएका सामग्री थन्क्याउने थलोका रुपमा प्रयोग भइरहेको छ। विसं २०१६ बाट प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको हो ।

यसअघि बैठकमा सदस्यले नेपालीपन, वास्तुकला र चित्रकलाको विशिष्ट ओज बोकेको ग्यालरी बैठकको इतिहास मेटन नदिन गरिएको प्रयासले सार्थकता पाउन लागेको भनी महानिर्देशक श्रेष्ठले खुसी व्यक्त गरे ।

समितिका सभापति मायाप्रसाद शर्माले भने, “भवन प्रवलीकरण हुने भएपछि हामीलाई निकै खुसी लागेको छ ।” सदस्य तुलसाकुमारी दाहाल र गरिमा शाहले भवन निर्माणमा नेपालीपन  र परम्परागत शैली झल्कनुपर्नेमा जोड दिए।

सदस्य गोमा तिमिल्सिनाले भने, “पुराना सरचना मुलुकको धरोहर हुन्, सकेसम्म त्यो शैली जोगाउनुपर्छ । प्रवलीकरण गरिएपछि यो समितिको पहिलो बैठक त्यही बस्नुपर्छ ।”

मुलुकको संसदीय इतिहासमा लामो समयसम्म प्रतिनिधिसभाको बैठक त्यही भवनमा बस्ने गरेकोमा संविधासभाको निर्वाचनपछि सदस्यको सङ्ख्या ६०१ भएसँगै नयाँ बानेश्वरको सम्मेलन केन्द्रमा संसद् सरेको हो ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:३८
##sitagurung #singhadurbar
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता सोमबार, असार २, २०८२
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ सोमबार, असार २, २०८२
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता बिहीबार, जेठ ३०, २०८२
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने बिहीबार, जेठ २३, २०८२
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली बिहीबार, जेठ २३, २०८२
धम्पुस जोडियो पक्की सडकमा
धम्पुस जोडियो पक्की सडकमा बुधबार, जेठ २२, २०८२
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्