Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • ग्यालरी बैठक भवनको प्रवलीकरण मङ्सिरदेखि सुरु गर्ने
ग्यालरी बैठक भवनको प्रवलीकरण मङ्सिरदेखि सुरु गर्ने
रासस
रासस बुधबार, साउन १०, २०८०

काठमाडौ । सरकारले सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनको प्रवलीकरण आगामी मङ्सिरदेखि सुरु गर्ने तयारी गरिरहेको संसदीय समितिलाई जानकारी गराएको छ ।

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिलाई मन्त्रालयका पदाधिकारीले ऐतिहासिक राजनीतिक र नेपाली वास्तुकलाको महत्व बोकेको भवनलाई पुरानै शैलीमा प्रवलीकरण गरिने बताएको हो ।

समितिको बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको संसदीय इतिहासको साक्षीकारुपमा रहेको भवन र त्यहाँको वास्तुकलामा कुनै क्षति नपुर्याइ पुरानो शैली जस्ताको त्यस्तै ढाँचामा निर्माणका लागि कोसिस गरिने स्पष्ट पारे।

उनले भने, “नेपालको संसदीय इतिहास र भवनबारे भावी पुस्ताले हेर्न तथा जान्न सकुन भन्ने उद्देश्यले ग्यालरी बैठक भवनलाई संसदीय सङ्ग्रहालयकारुपमा विकास गर्न पुरानै ढाँचामा प्रवलीकरणको कार्ययोजना अघि बढाइएको छ।”

ग्यालरी बैठक निर्माण योजना तयार गर्ने, बजेट व्यवस्थापन र कार्यक्रम कार्यान्वयनको सम्पूर्ण जिम्मा सहरी विकास मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ। पुरातात्विक प्रतिवेदनअनुसार ग्यालरी बैठक भवन एक सयवर्षभन्दा पुरानो भएको तथा माटोद्वारा निर्माण गरिएकाले प्रवलीकरण महङ्गो हुनसक्ने अनुमान गरिएको छ ।

उक्त भवन निर्माणका सन्र्दभमा परामर्शदाता नियुक्त भई डिजाइन कार्यअघि बढिसकेको र यही महिनाको अन्त्यसम्ममा प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि बोलपत्र आह्वान हुने भवन सहरी विकास तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए ।

उनले भने, “एक सय वर्षको इतिहासको प्राविधिक र महत्व बोकेको भवन जस्ताको त्यस्तै राख्न कोसिस गरिरहेका छौँ। प्रतिवेदन तयार भएपछि बोलपत्र आह्वान गर्छौ, स्रोत सुनिश्चिता गरी भित्रको डिजाइन र कलाकृतिलाई जस्ताको त्यस्तै राख्ने कोसिस हुनेछ।”

चालु आर्थिक वर्षमा उक्त भवन सवलीकरणका लागि रु १५ करोड बजेट विनियोजन भएको छ । उक्त भवन बहुवर्षीय योजनाको आधारमा निर्माण अघि बढाइने जानकारी दिइयो ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त भवन भत्काएर नयाँ बनाउने कि सवलीकरण गर्ने भन्ने सन्दर्भमा लामो बहस र छलफल भएको थियो। पछिल्ला केही वर्ष भवनको छानोबाट पानी चुहिएर भत्कने सम्भावना बढदै गएपछि प्लास्टिकले छोपेर राखिएको थियो।

हाल उक्त भवन संसद् सचिवालयका बिग्रेका, भाँचिएका र तोडफोड भएका सामग्री थन्क्याउने थलोका रुपमा प्रयोग भइरहेको छ। विसं २०१६ बाट प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको हो ।

यसअघि बैठकमा सदस्यले नेपालीपन, वास्तुकला र चित्रकलाको विशिष्ट ओज बोकेको ग्यालरी बैठकको इतिहास मेटन नदिन गरिएको प्रयासले सार्थकता पाउन लागेको भनी महानिर्देशक श्रेष्ठले खुसी व्यक्त गरे ।

समितिका सभापति मायाप्रसाद शर्माले भने, “भवन प्रवलीकरण हुने भएपछि हामीलाई निकै खुसी लागेको छ ।” सदस्य तुलसाकुमारी दाहाल र गरिमा शाहले भवन निर्माणमा नेपालीपन  र परम्परागत शैली झल्कनुपर्नेमा जोड दिए।

सदस्य गोमा तिमिल्सिनाले भने, “पुराना सरचना मुलुकको धरोहर हुन्, सकेसम्म त्यो शैली जोगाउनुपर्छ । प्रवलीकरण गरिएपछि यो समितिको पहिलो बैठक त्यही बस्नुपर्छ ।”

मुलुकको संसदीय इतिहासमा लामो समयसम्म प्रतिनिधिसभाको बैठक त्यही भवनमा बस्ने गरेकोमा संविधासभाको निर्वाचनपछि सदस्यको सङ्ख्या ६०१ भएसँगै नयाँ बानेश्वरको सम्मेलन केन्द्रमा संसद् सरेको हो ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:३८
##sitagurung #singhadurbar
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्