Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
बिहीबार, असोज ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, असोज ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री
चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ ३, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएको छ।

अहिले मुलुकको अर्थतन्त्रको मुख्य समस्याका रुपमा रहेको अवैध व्यापार नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको उनले उल्लेख गरेकाे हाे।

गृह मन्त्रालयमा आज बसेको कुखुरा तथा कुखुराजन्य वस्तुको गैरकानुनी ओसारपसार नियन्त्रणसम्बन्धी बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न वस्तुको अवैध व्यापारले नेपालका उद्योगी व्यवसायी समस्यामा परेको मात्र नभइ सरकारले समेत ठूलो राजस्व गुमाइरहेको बताए।

“भन्सार नाका र खुला सीमानाबाट हुने चोरी पैठारी व्यवसायीको मात्र समस्या होइन । यस्ता अवैध गतिविधिले व्यवसायी त मारमा परेकै छन, राष्ट्रले पनि राजस्व गुमाएको छ”, उनले भने, “मुलुक आत्मनिर्भर हुने वस्तुमा पनि बाहिरबाट चोरी पैठारी हुने गरेको देखिएको छ । राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ। ”

Nepal Oil Corporation

खुला सिमाना र भन्सार नाकाबाट हुने चोरी पैठारी नियन्त्रणका लागि प्रतिबद्ध भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अवैध व्यापार नियन्त्रणका लागि प्रहरी प्रशासनका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए।

अर्थतन्त्र सुधारका लागि आन्तरिक पुँजी निर्माण, लक्षित पुँजीगत खर्च र व्यापार घाटा न्यूनीकरण गर्ने  विषयलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।

उक्त बैठकमा नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कोभिड–१९ महामारी अघिको तुलनामा अहिले पोल्ट्री व्यवसाय धराशयको अवस्थामा पुगेको बताए।

“करिब १ खर्ब ५० अर्ब बराबरको लगानी रहेको र पाँच लाख जनशक्तिलाई रोजगार दिइरहेको यो व्यवसायमा भारतबाट हुने चोरी पैठारीले गम्भीर असर परेको छ,” उनले भने, “भन्सार नाकामा पशु क्वारेन्टाइन व्यवस्थित छैन। सस्तो भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा पोल्ट्री उद्योग र व्यवसाय सङ्क्रमणबाट गुज्रिरहेको छ।” आत्मनिर्भर भइसकेको पोल्ट्री क्षेत्रमा अवैध आयातले समस्या निम्त्याएको उनको भनाइ छ ।

अन्य वस्तुका नाममा कुखुराको मासु आइरहेकाले भन्सार जाँचपासमा कडाइ गरिनुपर्ने, पशु क्वारेन्टाइनबाट चौबिसै घण्टा सेवा उपलब्ध गराउनुपर्ने, विद्यमान कानुनी व्यवस्था विपरीत दशगजा क्षेत्रमा खोलिएका कुखुरा फार्मलाई कारबाही गरिनुपर्ने, अवैध ओसारपसार गर्नेलाई न्यून जरिवाना लाग्ने गरेकामा जरिवानाको रकम बढाउनुपर्ने लगायतका माग व्यवसायीले राखेका छन्।

कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी व्यापार रोकथामका लागि विद्यमान कानुनी व्यवस्थामा सुधार गरी दण्डसजाय बढाउनुपर्ने व्यवसायीको माग छ। पशु कल्याण र क्वारेन्टाइनसम्बन्धी ऐन संशोधनका लागि समेत व्यवसायीले माग राखेका छन।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:२५
##narayankajishrestha
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा शनिबार, असोज ११, २०८२
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी आइतबार, असोज ५, २०८२
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु आइतबार, असोज ५, २०८२
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक शनिबार, असोज ४, २०८२
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक ||
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक || शुक्रबार, असोज ३, २०८२
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ३ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्