Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • लकडाउनले दिएको उपहार कागती खेती
लकडाउनले दिएको उपहार कागती खेती
रासस
रासस बिहीबार, भदौ २१, २०८०
lamon farming dhading.jpg


मलेखु, । धादिङको नीलकण्ठ नगरपालिका-१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ ।

सदरमुकाम धादिङबेसीमा ग्रिल व्यवसाय गर्दै आएका लम्सालको व्यवसाय कोरोनाले ठप्प बनेपछि कागती खेती थालेको हो । उनी भन्छन्–‘यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।’

अहिले लम्सालको साँझ विहान कागती खेतीमै वित्ने गरेको छ। २०७६ सालमा कोरोना भाइरसको महामारीले देश ठप्प बन्यो । व्यापार व्यवसाय सुनसान भए।

कोरोनाले कोहि कतै हिड्डुल गर्ने अवस्था रहेन। त्यहि फुर्सदको समय सदुपयोग गर्दै बाँझो बारीमा लगाएको कागतीले उत्पादन दिन थालेपछि लम्साल अहिले दंग छन्।

तीन रोपनी बारीमा सुन कागतीको तीन सय बोट छ। एउटै बोटमा २० किलोसम्म कागती फलेको छ । उनी भन्छन्–‘लकडाउनले दिएको उपहार कागती अहिले अतिरिक्त आम्दानीको श्रोत बनेको छ।’

बाह्रैमास फल्ने कागतीको कतै चिचिला लाग्दैछ कतै पाक्दैछ । दैनिक ४० किलो कागती बिक्रि भइरहेको छ । धादिङबेसीका कतिपय तरकारी व्यापारीहरु कागती लिन बारीमै पुग्छन् । बारीमा पुग्न नसक्नेहरुलाई माग अनुसार टिपेर पुर्याइदिने गरिरहेको लम्सालले बताए।

बर्खाले गर्दा मुख्य पेशा सुस्ताए पनि लकडाउनको समय सदुपयोग गरेर रोपेको कागतीले दैनिक चार हजारसम्म आम्दानी दिइरहेको छ। कृषि प्राविधिकसँगको परामर्शबाट कागतीको बिरुवा लगाएका लम्सालले राम्रो आम्दानी लिन थालेको छ। लम्साल भन्छन्–‘थोरै बोट भए पनि उत्पादन राम्रै रहेको छ ।’

‘झाँडी बन्दै गएको जग्गालाई सदुपयोग गरी कागतीका बिरुवा तीन वर्षअघि मात्रै लगाएको थिए, अहिले कागतीका बोट हुर्कंदैछन्, पोहोर भन्दा यो वर्ष उत्पादन निकै बढेको छ, अर्को वर्ष व्यावसायिक उत्पादन हुनेमा विश्वस्त छु’, उनीले भन्छन्–‘सबै बिरुवाले पूर्णरुपमा उत्पादन दिन थालेमा धादिङबेसीको बजारले उत्पादन थेग्न सक्दैन।’

कोरोना महामारीकै बेला विरुवा हुर्काएका नीलकण्ठ नगरपालिका-१० ज्यामरुङका इश्वरी लम्सालको बारीमा पनि कागती लटरम्मै फलेको छ। परीक्षणको रुपमा लगाएको कागतीले दुई वर्ष अघिदेखि उत्पादन दिन थालेको हो । अघिल्लो वर्ष दुई लाखको कागती विक्रि भएपनि यो वर्ष चार लाख कमाउने उनको लक्ष्य छ ।

एक सय ५० बोट कागतीले तीन वर्षमै उत्पादन दिन शुरु गरेको छ । कागती खेतीको परीक्षण सफल भएपछि लम्सालले अहिले फेरी ६० बोट कागती थपेको छ।

लकडाउनअघि ठेक्कापट्टाको काम गर्दै आएका लम्सालले कागतीखेतीको सम्भावना र जग्गा व्यवस्थापनका विषयमा अध्ययन गरेर खेती गरिरहेको छ। हालसम्म कागतीमा १० लाख बराबरको लगानी भएको लम्सालको भनाई छ ।

दाना विक्रि नभएको बेला निचोरेर रस बनाई बेच्ने गरेको छ। रस निचोरेर बेच्दा लिटरको दुई हजारसम्ममा गाउँमै विक्रि हुने गरेको छ।

सानो क्षेत्रबाट कागतीखेती थाले पनि अहिले ज्यामरुङका आधा दर्जन किसानले व्यावसायिक कागतीखेती थालेका छन्। कागतीलाई बाँदरले पनि क्षति नगर्ने भएकोले धमाधम व्यावसायीक खेती थालिएको छ ।

यो वर्ष मात्रै ज्यामरुङका चन्द्र लम्साल, रोहिणी लम्साल, हेम बहादुर ढकाल, विएन ढकाल, दिनेशचन्द्र ढकालले गरी करिब २ हजार बोट कागती लगाएको छ। अन्य बालीमा बाँदरले अत्याधिक क्षति गर्ने भएकोले पनि इश्वरी लम्सालले गरेको कागती खेती देखेर आफुहरुले पनि सिकेको उनीहरुको भनाई छ ।

जिल्लामा पछिल्लो समय कागती खेतीलाई व्यावसायिक गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनै समय सामान्य घरायसी प्रयोजनका लागि मात्र दुई चार बोट बिरुवा रोप्ने प्रचलन भए पनि पछिल्लो समयमा कागती खेतीको व्यावसायिक खेती र उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिए।

धुनिबेसीमा करिब दुई सय जनाले कागती खेती गरेका छन्। थाक्रे, नेत्रावती र वेनिघाट रोराङमा पनि कागती खेतीलाई कृषकले व्यवसायिक खेतीका रुपमा अघि बढाउन थालेका छन् ।

बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन्।

कागती खेतीलाई सम्बन्धित निकायहरुले चासो दिन सके मकै, कोदोलागायत बाँदरले आतंक मच्चाउने ठाउँहरुमा कागतीको विरुवा लगाउने कृषकको संख्या अझ बढ्ने कृषि प्रसार अधिकृत शर्माको बुझाइ छ ।

नेपाली बजारमा कागतीको मूल्य प्रतिकिलो एक सय ५० देखि चार सय सम्म पुग्ने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:०१
##lemonfarming #lemon #dhading
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्