Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • वादप्रतिवाद गर्ने थलोका रूपमा प्रयाेग हुन थाल्योे सदन : सांसद शर्मा
वादप्रतिवाद गर्ने थलोका रूपमा प्रयाेग हुन थाल्योे सदन : सांसद शर्मा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, कात्तिक १५, २०८०
Api Himal

काठमाडौँ । “संसद्मा प्रवेश गर्दैगर्दा लाग्थ्यो,नीति निर्माणका विषयमा त्यहाँ गरमागरम बहस र छलफल हुन्छ। जस्तो सोचिएको थियो, त्यस्तो पाउन सकिएन। संसद्मा एकले अर्कालाई छेड हान्ने प्रवृत्ति देखियो।”,

पछिल्लो एक वर्षको संसदीय अनुभव सुनाउँदै नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले भने, “यसबाट संसद् वास्तवमा कानुन तथा नीति निर्माणको थलो हो वा होइन भन्ने अनुभूति भयो। संसद्ले जुन दिशामा फड्को मार्नु पर्दथ्र्यो, त्यसो हुन सकेन।”

सदन मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो । कानुन निर्माण कार्यान्वयनमा सदनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। संविधानसभाबाट जारी संविधान कार्यान्वयनका लागि अझै थुप्रै कानुन निर्माण गर्न बाँकी नै छ।

संसद् कानुन निर्माणमा केन्द्रित हुनुपर्नेमा अन्य मुद्दामा बहकिएको भन्दै जनगुनासो आउने गरेको छ। सांसद स्वयंले संसद्मा नीति तथा कानुन निर्माणका लागि नीतिगत बहस र छलफल गर्ने विषयमा कमी भएको सार्वजनिकरूपमै अभिव्यक्त गर्दै आएको छ।

Nepal Oil Corporation

माओवादी सांसद शर्मा एक वर्षका बीचमा जति पनि विधेयक प्रस्तुत भएका छन्, तिनलाई निष्कर्षमा पुर्याउनुपर्नेमा धिमा गतिमा काम भइरहेको स्वीकार्छन्। “कानुन र नीति निर्माणमा संसद्भित्रको प्रमुख भूमिका निर्वाह गर्ने शक्तिलाई यो विषयले जति छुनपर्ने हो, त्यसो हुन सकेन कि भन्ने अनभूति भइरहेको छ”, उनले भने, “कानुन निर्माणको सवालमा छलफल र बहसभन्दा पनि सदन छुट्टै विषयमा बहकियो। कुनै एउटा त्यस्तो मुद्दा उठाउने, सो मुद्दामा केन्द्रित भएर बादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्यो।”

सांसद शर्माले संसद्ले आफ्नो भूमिकालाई प्रभावकारीरूपमा अगाडि बढाउन खोजिरहेको भए पनि जुन स्तरमा पुग्नपथ्र्यो, त्यसो हुन नसकिरहेको बताए। सैद्धान्तिकरूपमा सदन कानुन निर्माण गर्ने थलो भए पनि जनप्रतिनिधि जनतासँग पनि प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले विकास निर्माणमा सांसदको भूमिका हुनु हुँदैन भनेर सोच्न हुँदैन भने।

“गाउँ–गाउँमा स्वास्थ्य, शिक्षा, सडक, कृषिलगायत पूर्वाधार छैनन्, आधारभूत आवश्यकता पूरा होउन् भन्ने जनताको अपेक्षालाई पूर्णरूपमा माया मार्न हुँदैन। जनताको आवश्यकता पूरा गर्ने सांसदको जिम्मेवारी होइन, कानुन निर्माण गर्ने थलोमा यस्ता विषय उठाउन हुँदैन भनेर यसलाई नकारेर जानुपर्छ भन्ने लाग्दैन”, उनले भने।

जनताको आकाङ्क्षालाई पनि सँगसँगै जोडेर लैजानुपर्नेमा जोड दिँदै उनले प्राथमिकताका सन्दर्भमा भने स्पष्ट हुनुपर्ने बताए। “कानुन निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ भने जनताले उठाएका मागलाई सम्बोधन गर्न पनि उत्तिकै जिम्मेवार हुनुपर्छ”, उनले भने।

विसं २०३३ मा जन्मिएका सांसद शर्मा विसं २०४७ देखि माओवादीमा आबद्ध भएको हो। उनले २०५० सालमा माओवादीको पार्टी सदस्यता प्राप्त गरेको थियो। सेल, एरिया, जिल्ला, क्षेत्रीय ब्यूरो सदस्य, केन्द्रीय सदस्य हुँदै उनी अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन्।

दशवर्षे जनयुद्ध विस्तृत शान्ति सम्झौतामार्फत टुङ्गिएको भए पनि हालसम्म सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय निष्कर्षमा पुग्न नसक्नु दुःखद् भएको उनको भनाइ छ। “सङ्क्रमणकालीन न्याय शान्ति प्रक्रियाको अभिन्न अङ्ग हो, यो टुङ्ग्याउनै पर्छ”, उनले भने, “शान्ति सम्झौता भएको डेढ दशक नाघिसके पनि अझै सदनमा पेस हुने थिति बनेको छैन।”

थाँती रहेको शान्ति प्रक्रियाको मुख्य काम टुङ्ग्याउन अझै चाहिरहेको छैनन् भन्ने आफूलाई लागेको उल्लेख गर्दै सांसद शर्माले विभिन्न बहाना, मुद्दा उठाएर मुख्य काममा केन्द्रित हुन नदिने प्रवृत्ति देखिएको बताए। 

“शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने भनेको माओवादीको मात्रै हो भनेको जस्तो देखिन्छ, मुलुकमा दिगो शान्ति कायम गर्ने विषय माओवादीको मात्रै त होइन, त्यतिबेलाको माओवादी, संसद्वादी सात राजनीतिक दलको सहभागितामा सहमति र सम्झौता गरेर अगाडि बढेको विषय हो”, उनले भने।

अहिले व्यवहारमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा राजनीतिकरूपमा माओवादीलाई नै फाइदा हुन्छ, यसलाई किन टुङ्ग्याउने भनेको जस्तो देखिएको उनको बुझाइ छ। “राजनीतिक दलहरूले यस विषयलाई जुन ढङ्गले गम्भीरताका साथ लैजानुपथ्र्यो, त्यसो हुन सकिरहेको छैन”, उनले भने। 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:५३
##narayanisharma
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्