Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • संसदीय समितिले स्वार्थ बाझिने गरी काम गर्न हुँदैन : सांसद श्रेष्ठ
संसदीय समितिले स्वार्थ बाझिने गरी काम गर्न हुँदैन : सांसद श्रेष्ठ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक १८, २०८०
Api Himal

काठमाडौँ । सांसद कृष्णकुमार श्रेष्ठले संसदीय समितिले प्रभावकारीरुपमा काम गर्नसक्नुपर्ने धारणा राखेको छ। स्वार्थको टकराव (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र केही व्यक्ति तथा समूहको लाभका लागि संसदीय समिति परिचालिन हुनसक्नेबारे चनाखो हुनुपर्ने उनको भनाइ छ।

अघिल्लो चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट संसद्मा प्रतिनिधित्व गरेका सांसद श्रेष्ठ गत निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएको हो। अघिल्लो पटक र यस पटकसमेत उनी प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद श्रेष्ठ प्रतिनिधिसभा र आफू रहेको समितिमा खरो, तार्किक र स्पष्ट विचार राख्ने नेताका रुपमा चिनिन्छन्। संसदीय समितिबाट हुने निर्णय र विधेयकमाथिका छलफलले कुनै व्यक्ति वा समूह विशेषलाई लाभ पुग्नसक्नेबारे ख्याल पुर्याउन जरुरी रहेको उनी बताउँछन्।

“म भएको समिति मात्र होइन, अन्य समितिमा पनि कोही व्यक्तिको लाभमा निर्णय गर्ने अवस्था पटक–पटक देखिएका छन्। यो हुनुहुँदैन”, संवादका क्रममा उनले भने, “काँचो (अप्रशोधित) सुपारी निर्यात गर्न दिनेबारे उद्योग समितिमा निर्णय भइसकेकोमा मैले विस्तृत अध्ययन र विश्लेषण बिना अहिले निर्णय नगरौं भनेर सभापतिलाई यो विषयको वास्तविकता बुझाएपछि रोकियो। त्यस्तै, अरु समितिमा पनि कुनै न कुनै विषय स्वार्थ बाँझिएर आएका हुनसक्छन्।”

Nepal Oil Corporation

संसद् अधिवेशन अन्त्य भएको तथा नचलेको अवस्थामासमेत समितिले आफ्नो काम गर्नसक्ने भएकाले यो बेलामा थप समय दिएर र जिम्मेवार भएर काम गर्नुपर्ने उनको बुझाइ छ। सङ्घीय संसद्का दुवै सदनको बजेट अधिवेशन बिहीबार अन्त्य भइसकेको छ।

हिउँदे अधिवेशन सुरु नहुञ्जेलसम्मको अवधिमा सांसदले समितिमा आएका विषय र विधेयकका मस्यौदामाथिको छलफललाई प्राथमिकता दिनुपर्ने श्रेष्ठको बताउँछन्। “संसद् नभएको बेला पनि संसदीय समिति त चल्छन् नै । समितिहरु गम्भीर भएर अघि बढ्नुपर्छ भनेर हामी सबैले बुझ्न जरुरी छ”, उनी भन्छन्।

संसद् र संसदीय समितिको भूमिकामाथि बारम्बार प्रश्न उठ्ने गरेका छन्। विधायिकी भूमिका कमजोर भएको तथा निकै कम सङ्ख्यामा विधेयक पारित भएको, पटक–पटक अवरुद्ध भएर जनजीविकासँग जोडिएका महत्वपूर्ण कुरा संसद्मा आउन नसकेको, संसदीय मर्यादा उल्लङ्घन हुनेगरी गतिविधि हुने गरेकोलगायतका प्रश्न अहिले पनि संसद र सांसदमाथि उठिरहेका छन्। यस्ता प्रश्नले आफूलाई लज्जाबोध हुने गरेको सांसद श्रेष्ठ बताउँछन्।

“विधायिकामाथि अहिले लागिरहेका आक्षेपसँग म सहमत छैन । संसद्ले मात्रै चाहेर भएन। सरकारले विधेयक ल्याउन पर्याे, बिजनेस दिनपर्याे”, उनी भन्छन्, “संसद्मा रहेका दलहरुले महिनौँसम्म अवरोध गर्नेजस्ता विषयले हामीलाई पनि लज्जाबोध भएको छ। आमनागरिकले संसद्बारे जे सोचिरहनुभएको छ, त्यसमा म पनि दोषी र जिम्मेवार छु।” 

नियम कानुन बनाउने विषयमा सरकारले विजनेस दिनुपर्ने र त्यसमा सरकारपक्ष तथा प्रतिपक्ष मिलेर विधेयक बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ छ। संसद्को प्रभावकारिताका लागि कुनै एउटा दलको एउटा सांसदले धेरै गर्नसक्ने ठाउँ नरहने उनको बुझाइ छ। जनताले दिएको काम गर्न जिम्मेवार भएर काम गर्न पनि उनले सबै दलका नेतालाई आग्रह गरे। आगामी अधिवेशनमा यस्तो नहोस् भनेर आफ्नै दलमा पनि कुरा उठाउने र अन्य दललाई समेत आग्रह गर्ने उनले स्पष्ट पारे।

सांसदको विधायिकी भूमिका र विकास निर्माणका काममा लिनुपर्ने नेतृत्वदायी भूमिकालाई समानान्तर रुपमा अघि बढाउनुपर्ने आवश्यकता र बाध्यता दुवै रहेको श्रेष्ठको बुझाइ छ। “सङ्घीय संसद्को सदस्यका रुपमा के–के काम गर्नुपर्छ भनेर संविधानले नै तोकिदिएको छ। संविधानको कार्यान्वयन, सङ्घीय कानुन निर्माण गर्नेलगायतका भूमिका छन्”, उनी भन्छन्, “तर प्रत्यक्ष निर्वाचित जनप्रतिधिका रुपमा हाम्रो बाध्यता के पनि छन् भने, निर्वाचनमा जानेक्रममा पानीको धारा दिन्छौँ, सिँचाइ दिन्छौँ, सडक दिन्छौँ, स्कुल–अस्पताल बनाउँछौँ, रोजगारी सिर्जना गर्छौं भनेर भोट मागेका हुन्छौँ। त्यसमा जनताले आशा गरेका हुन्छन् र ती काम गर्नु स्वभाविक छ।”

जनतासँग प्रतिबद्धता गरेर निर्वाचित भई आएपछि ती विकास आवश्यकताको पूर्ति गर्न लाग्दा ऐन कानुन बनाउनेजस्ता विधायिकी भूमिका कम भएको होकि भन्ने लाग्नु स्वभाविक रहेको उनी बताउँछन्। “विधायिकी भूमिका कमजोर भएको हो कि भन्ने लागेको हुनसक्छ । तर हामीले सँगसँगै जनताका काम पनि गर्नुपर्याे। कानुन मात्रै बनाएर हाम्रो जिम्मेवारी पूरा हुन्छ भन्ने होइन । सांसदलाई एउटा वडाध्यक्षले चलाउनसक्ने जति पनि बजेट छैन।”

चालु आवको बजेटमा सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएको थियो। तर सर्वोच्च अदालतको अन्तरिम आदेशपछि त्यसको कार्यान्वयन रोकिएको छ । यो कार्यक्रमलाई सांसदले पैसा मागेको नभई विकास मागेको रुपमा बुझ्नुपर्ने उनको तर्क छ।

“मतदातासमक्ष गरेको प्रतिबद्धता क्रमशः पूरा पनि गर्दै जानुपर्याे नि । हामीलाई कम्तीमा पनि पाँच सातवटा योजना छान्न दिनुपर्यो। हामीलाई पैसा चाहिएको होइन, योजना चाहिएको हो”, सांसद श्रेष्ठले भने, “मेरो निर्वाचन क्षेत्रको विकास आवश्यकता के कति हो भन्ने मलाई थाहा हुन्छ । जनतालाई अनुभूति हुने गरी हामीले पनि विकास निर्माणका काम गर्नुपर्ने हुन्छ। जनतासँग गरेका सबै प्रतिबद्धता पूरा गर्न नसके पनि अधितकम प्रयास त गर्नुपर्यो नि।”

पुराना र लामो समय संसदीय अभ्यास गरेका दलका सांसदको तुलनामा भर्खरै संसदीय अभ्यास थालेका दलको प्रस्तुति र उपस्थिति संसदमा दर्बिलो देखिने गरेको छ । तर उनीहरु पनि विवादमुक्त हुन नसकेको र केही सांसदका कारण राम्रो तथा जिम्मेवार भएर काम गरिरहेका आलोचित हुनुपरेको उनको भनाइ छ।

“मन्त्री बन्नलाई पैसा दिएको भनेर कुनै अमुक दलको सांसदको विषय आयो। यो हामी सबै सांसदका लागि लाजमर्दो विषय हो। केही सांसदको क्रियाकलाप र अभिव्यक्तिले साँच्चै देशको सेवामा लागेका, सुशासनको पक्षमा लागेका, विकास गर्छौं भनेर लागेका सांसदलाई त त्यसले असर गर्छ”, उनले भने।

प्रतिनिधिसभा निर्वाचनबाट सांसद चुनिएर आएको करिब एक वर्ष पुग्न लाग्यो। के सांसद श्रेष्ठलाई पछिल्लो एक वर्षमा आफूले गरेका काम सन्तोषजनक लागेका छन् त? “पक्कै पनि सन्तोषजनक छैन। म तनहुँमा जन्मेको मान्छे, बारामा आएर निर्वाचन जिते। जनताका गुनासो सुनेर कस्तो समस्या कुन निकायमार्फत् समाधान गर्न सकिन्छ भनेर बुझ्न बढी समय निर्वाचना क्षेत्रमै हुन्छु। जनताले मलाई काम गर्न दिएको समय खेर जान दिन्न”, सांसद श्रेष्ठले भने, “अर्कोतर्फ संसद्मा पनि आफ्ना कुरा स्पष्टरुपमा राख्छु। वर्षौं वर्षदेखिको नागरिकताको समस्यादेखि विकास निर्माणका कुरामा पनि हामीलाई योजना चाहियो भनेर आवाज उठाएको छु।”

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०८:५२
##krishnakumarshrestha #bara
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्