Top Navigation
Main Navigation
मंगलबार, माघ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, माघ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • दोसल्लेका कृषकले सुन्तला नटिप्दै बिक्री
दोसल्लेका कृषकले सुन्तला नटिप्दै बिक्री
रासस
रासस शनिबार, मंसिर ३०, २०८०

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेकी मायादेवी पुनको बगैचामा रहेका ९० वटा बोटका सुन्तला बोटबाटै बिक्री भइसकेका छन्।

मुस्ताङका व्यवसायीले ५ लाखमा अग्रिम पेश्की बुझाएर बगैँचा नै ठेक्कामा लिएका हुन्। मायादेवी दोसल्लेमा सबैभन्दा धेरै सुन्तला फलाउने कृषक हुन्।

कोदो, मकै र धान खेती हुने खेतमा लगाएको सुन्तलाले उत्पादन दिन थालेपछि घरव्यवहार चलाउन र छोराछोरी पढाउन सजिलो भएको कृषक, अन्नपूर्ण गाउँपालिका-७ म्याग्दीका कृषक मायादेवी पुनले बताए।

पुनसँगै दोसल्लेका सबै कृषकले सुन्तला नटिप्दै बोटबाटै बिक्री गरेका छन्। ४२ घरधुरी कृषकले ९ हजार बोटमा सुन्तला फलाएका दोसल्ले सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष प्रेम पाईजाले बताए।

रंग र गुलियो पसेपछि सुन्तला टिपेर बजार पठाउने गर्छन्। समूहले व्यापारीसँग समन्वय गरेर सुन्तलाको बजार व्यवस्थापन गरेको हो। मुस्ताङ र काठमाडौका साथै स्थानीय तीन जना व्यापारीले पुरै गाउँको सुन्तला खरिद गरेका हुन्।

फुल खेल्ने र दाना लाग्ने समयमा असिना, पानी परेको र औसा किराको प्रकोपका कारण यसपाली सुन्तला उत्पादन घटेको कृषकहरुले बताएका छन्।

दोसल्लेकी बासिन्दा समेत रहेकी अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले सडक यातायात र बजारको सुविधा सँगै बाँझिएका पाखो बारीमा झाडी फाडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलेको बताए।

गाउँपालिका, कृषि ज्ञान केन्द्र, सुन्तला जोन कार्यालयबाट सुन्तला खेती सम्बन्धी तालिम, बगैँचा व्यवस्थापन र रोगकिरा नियन्त्रणमा सहयोग भएको छ। औंसा किराका कारण झरेका दानालाई सुरक्षित रुपमा व्यवस्थापन गर्न प्लास्टिकको थैलो वितरण गरेका छन्।

पश्चिम फर्किएको भिरालो पाखोमा समुन्द्रि सतहदेखि १ हजार ३ सय मिटरको उचाईमा अवस्थित दोसल्लेको भूगोल र हावापानी सुन्तला खेतीका लागि अनुकुल छ।

महभिर हुँदै दोसल्ले जोड्ने सडक स्तरोन्नति र सिचाई आयोजना निर्माण भएमा सहज हुने दोसल्लेका कृषकको अपेक्षा छ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १९:००
##orange #myagdi
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे सोमबार, माघ २०, २०८२
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने मंगलबार, माघ १४, २०८२
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत आइतबार, माघ १२, २०८२
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो शनिबार, माघ ११, २०८२
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित बुधबार, माघ १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ३ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ४ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्