Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मोनालिसाको अनुपम मुस्कानमा हैरानमय रहस्य
मोनालिसाको अनुपम मुस्कानमा हैरानमय रहस्य
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असार १२, २०७८

काठमाडौं । विश्वलाई आश्चर्य तथा अनौठो पार्दै आएको गजबको चित्र मोनालिसाकै चित्र हो। यस चित्रको अनौठो मुस्कानको चर्चा अनि यसको रहस्यले विश्व कायल पर्दैआएको छ। लिओनार्दो दा भिञ्चीको कुचीवाट सिर्जित मोनालिसाको चित्रले अझै विश्वलाई रहस्यमा पार्दैआएको छ। अनेकले मोनालिसाको अनेक रहस्यको अडकलबाजी गर्दै आएको पाइन्छ।
     
मोनालिसा वा मोनालिजा (जसलाई इटालेलीमा ला जोक्कोन्दा वा फ्रान्सेलीमा ला झोकोंद पनि भनिन्छ) लिओनार्दो दा भिञ्ची रचित एक चित्रकला हो । यो सम्भवतः विश्वकै सबैभन्दा रहस्यमय गजबको चित्र हो । यो चित्रमा भएकी महिलाकै हुन भन्ने कुरा यकिन हुन सकेको छैन्। 
    
लियोनार्दोको पहिलो जीवनीकार भासारीका अनुसार यो लिजा गेरार्दिनी नामकी युवतीको चित्र हो । लिजा एक रेशम ब्यापारीकी श्रीमती थिइन्, जो फ्लोरेन्समा बस्दथे । तथापी यो चित्र त लिजाको श्रीमान् फ्राञ्चेस्को देल जोक्कोन्दोको हो भन्ने मान्यता पनि छ । यो कुरा यस चित्र एक महिलाको नभएर एक पुरुषको हो भन्ने विचारबाट शुरू भएको पाइएको छ।
   
लिओनार्दोले मोनालिसाको यो चित्र सन् १५०३ मा शुरू गरी करिब ३–४ वर्षपछि पूरा गरेका थिए। यो चित्र लिओनार्दोले सन् १५१६ मा फ्रान्स ल्याएका थिए र फ्रान्सका फ्राँस्वा प्रथमले किनेका थिए । मोनालिसा शातो फोंतेनब्लमा टाँगिएको थियो र पछि भेर्साइको दरवारमा सारिएको थियो । फ्रान्सिसी क्रान्ति पश्चात फ्रान्सका नापोलेओं प्रथमले तुइलेरी दरवारको आफ्नो सुत्नेकोठामा टाँग्न लगाए, तर पछि यसलाई लुभ्रमा सारियो, जहाँ यो आज पनि छँदैछ ।

मोनालिसाको सहि पेंटिंग केवल २१ इन्च लामो र ३० इन्च चौडा छ। तस्वीरलाई बचाई राख्नको लागि एक खास किसिमको शिशाको पछि राखिएको छ। जुन न त चम्किन्छ र न त फुट्छ। मोनालिस सदियौंदेखि कलाकारहरु, कलाप्रेमीहरूको साथ–साथ सामान्य मानिसहरूको लागि पनि एक अबूझ रहस्यमय अध्याय बनेको छ । मोनालिसा विश्व प्रसिद्ध ईटलीको महान कलाकार लिओनार्दो दि भिन्चीको अमर कलाकृति हो।
       
अहिलेसम्म विश्वको कुनै पनि अन्य कलाकृतिको बारेमा यति विवाद तथा कौतूहल रहेन जति मोनालिसाको बारेमा छ। यस कलाकृतिलाई बनाउने कालजयी कलाकार लिओनार्दो भिञ्चीको जन्म ईटलीको फ्लोरेंस शहरको पूर्व दिशामा अबस्थित भिञ्ची नामक एक सानो गाँउमा सन् १४५२ मा भएको थियो। यिनको बुबा सर पियरें द भिञ्ची एक नोटरी थिए तथा बाल्यकालदेखि नै कलामा लिओनार्दोको गहिरो रूची भएकोले बुबाले कलाको उच्च शिक्षाको लागि पेरिस पठाई दिए। जुन कि त्यस समय पेरिस कला शिक्षाको एक प्रमुख केन्द्र थियो ।
 
चित्रकलाको अतिरिक्त ईन्जिनियरिङ्, मानव शरीर संरचनाको अध्ययनमा पनि लिओनार्दोले शिक्षा हासिल गरेका थि । उनी साँच्चैको जीनियस थिए। राईट बन्धुहरूको जन्मभन्दा सयकडौं वर्ष पहिले जब हवाईजहाजको कल्पना पनि मुश्किल थियो। त्यसबेला लिओनार्दोले हावामा उड्ने मिसिनको नमुना बनाएका थिए। मानव शरीरको जटिल संरचनालाई बुझ्ने रहरको सन्दर्भमा लियनार्दो रातिको अध्यारोमा कब्रिस्तानबाट लास खनेर स्टूडियोहरूमा ल्याएर त्यसलाई चीरफार गर्दथे।
      
मानव शरीरको आन्तरिक अंगहरूलाई काटेर तथा त्यसलाई ड्रांइंग बनाएर विस्तृत नोट्स लेख्दथे। यो ऐतिहासिक ड्रांइंग्स तथा नोट्स आज पनि सुरक्षित छन्, यसो त लिओनार्दोले आफ्नो जीवनमा सयकडौ पेंटिंगस् तथा स्केच बनाएका थिए। जसमध्ये केही प्रसिद्ध कला–कृतिहरूको नाम हो, दा लास्ट सपर, मेडोना यिनी इत्यादिमा जति धेरै ख्याति मोनालिसा नामक कृतिलाई प्राप्त भयो। जसले वास्तवमा विश्वलाई अझै हैरान पारिरहेको छ ।

सन् १८०५ सम्म फ्रान्सको शाही कला संग्रहको शोभा रहेको मोनालिसको पेन्टिङ पेरिसको लूव्र म्यूजियममा प्रदर्शित छ । यस तस्वीरको बारेमा भनिन्छ कि पोट्रेटमा चित्रित महिला इटलीको एक धनी रेशम व्यापारीको पत्नी थिईन्। पेंटिंगमा मोनालिसाको पछाडिको भागमा सुदर नदी, रुख तथा झर्नायुक्त प्राकृतिक दृश्य देखिन्छ । यस्तो लाग्छ जस्तो स्टूडियोहरूमा एक विशाल खुलेको झ्यालको अगाडि बसाएर मोडेललाई पेन्ट गरिएको छ । 

भनिन्छ कि १६ औँ शताब्दीको शुरुमा जब यो पेंटिंग बनाईएको थियो त्यस समय इटलीको अभिजात्य वर्गको महिलाहरूमा आफ्नो आखिभौँलाई शेव गर्न फैशनमा थियो तब, फ्रान्समा धनाढय वर्गको महिलाहरू आखिभौँ राख्दैन थिए, सफाचट आखिभौँ सुन्दरता तथा समृद्धिको प्रतीक मानिन्थ्यो, यही कारण हो कि मोनालीसाको पनि आखिभौँ छैन्।    
 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  २०:४६
##Monalisha
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ सत्ताको बहुमत, सदनमा अल्पमत
  • नंः ३ बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
  • नंः ४ बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
  • नंः ५ ओलीले पार्टी पुनर्गठन प्रतिवेदन किन रोके ?
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्