Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा उल्लेख्य सुधार
बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा उल्लेख्य सुधार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, पुस १८, २०८०
Lumbini

लुम्बिनी । कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ।

कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको सङ्केत देखिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटक पनि बढेका छन्। दुई वर्षअघि भारतीय प्रधानमन्त्री मोदीले बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गरेको थियो।

त्यसयता मात्र लुम्बिनी आउने भारतीय पर्यटकको सङ्ख्या बढदो छ। भारतीय पर्यटकमात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको आगमन पनि पछिल्लो समय बढेको छ।

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ।

सन् २०२३ मा २ लाख ६६ हजार ५ सय १० भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। सबैभन्दा बढी डिसेम्बर महिनामा ४० हजार ८ सय ४२ र नोभेम्बर महिनामा २८ हजार ८ सय २७ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ।

यसअघि सन् २०२२ मा २ लाख ३० हजार ८ सय ६३ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। यस अनुसार सबैभन्दा बढी डिसेम्बर महिनामा ४२ हजार १ सय १५ र नोभेम्बर महिनामा ३८ हजार ६ सय ८९ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ।

जबकि दुई वर्षअघि सन् २०२१ मा लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या जम्मा ४३ हजार ७ सय ३२ र २०२० मा ३७ हजार २०६ जना भारतीय पर्यटक भ्रमणका लागि लुम्बिनी आएका थिए।

“यसअघि यति धेरै सङ्ख्यामा भारतीय पर्यटक लुम्बिनीको भ्रमणमा आएका थिएनन्”, लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले भने, “मोदीको भ्रमण लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सहयोगी बन्यो।” मोदीको लुम्बिनी भ्रमणबाट लुम्बिनीको भारतभरि प्रचारप्रसारमा महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो छ। सन् २०२२ मा जम्मा २३ हजार ९ सय ४२ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए।

यो सङ्ख्या सन् २०२३ मा आइपुग्दा झण्डै तेब्बर बढी तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्याङ्कले देखाएको छ।

कोषको तथ्याङ्कानुसार सन् २०२३ मा ७६ हजार २ सय १० जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन्। यसमध्ये सबैभन्दा धेरै सार्क मुलुकअन्तर्गतको श्रीलङ्काबाट १६ हजार १ सय ७२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ।

त्यसपछि थाइल्याण्डबाट १५ हजार ७ सय २१, भियतनामबाट १० हजार ४ सय १४ र म्यानमारबाट १० हजार ३ सय ७० जनाले लुम्बिनी भ्रमण गरेको तथ्याङ्क रहेको छ।

यसबाहेक चीनबाट ६ हजार १ सय १३, दक्षिण कोरियाबाट ५ हजार ३ सय २, जर्मनीबाट २ हजार १ सय ९८, कम्बोडियाबाट २ हजार १ सय ४९ जनाले भ्रमण गरेका छन्।

सन् २०२१ मा जम्मा १ हजार १ सय ९७ जना तेस्रो मुलुकको पर्यटक लुम्बिनी पुगेका थिए। यो सङ्ख्या सन् २०२२ मा कैयौँ बढेर २३ हजार ९ सय ४२ पुगेको थियो भने त्यसको तीनगुणा बढी सन् २०२३ मा ७६ हजार २ सय १० पुगेको छ।

विदेशी पर्यटक अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्याण्ड, युके र अमेरिकाका रहेका छन्। यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन्।

आन्तरिक पर्यटक पनि बढे

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार कोभिड महामारीका कारण बर्सेनि लाखौंको सङ्ख्यामा लुम्बिनी भ्रमणमा आउने आन्तरिक पर्यटक पनि ठप्पजस्तै रहेको थियो।

कोभिड महामारी सुरु हुनु पहिले सन् २०१९ मा लुम्बिनी भ्रमणमा ११ लाख ७८ हजार १ सय ४० आन्तरिक पर्यटक आएका थिए। तर कोभिड सुरु भएपछि यो सङ्ख्या घटेर सन् २०२० मा २ लाख १० हजार ३३ जना पुगेको थियो।

कोभिडको सङ्क्रमणमा केही सुधार आएपछि भने लुम्बिनी भ्रमणमा आउने स्वदेशीको सङ्ख्यामा केही सुधार आएको देखिन्छ। यसअनुसार सन् २०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरेका थिए।

यो सङ्ख्या क्रमसः बढेर सन् २०२२ मा ६ लाख ४९ हजार ७८ र सन् २०२३ मा आइपुग्दा लुम्बिनी भ्रमणमा आउने स्वदेशी पर्यटकको सङ्ख्या बढेर ६ लाख ५६ हजार २ सय १८ पुगेको विकास कोषका सूचना शाखाको तथ्याङ्क रहेको छ।

कोरोनापछिको अवस्थामा आन्तरिक तथा भारतीय पर्यटकसँगै तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या विस्तारै बढ्ने क्रममा छ। तर अपेक्षाकृत बढ्न नसकेको विकास कोषको सूचना अधिकृत बस्नेतले बताउँछन्।

“पहिलाजस्तो तेस्रो मुलुकबाट पर्यटकको आगमन भएको छैन”, उनले भने, “तर कोरोना समयभन्दा अहिले केही सुुधारोन्मुख देखिएको मात्र हो।” स्थलमार्गबाट लुम्बिनी आउने पर्यटकका लागि नेपाल–भारत सीमानाका सुनौलीमा नेपालतर्फको आगमनलाई केही व्यवस्थित गराउनुपर्ने उनको सुझाव छ।

यसका साथै मुख्यराजमार्ग निर्माणाधीन अवस्थामा हुँदा आवागमनमा समस्या मानेर पनि लुम्बिनी आउने पर्यटक अपेक्षाकृत बढ्न नसकेको उनको भनाइ छ।

पर्यटक बढे, बसाइ लम्ब्याउने योजना छैन

पर्यटकको आगमन केही बढे पनि उनीहरुको बसाइ लुम्बिनीमा हुने गरेको छैन। प्रायः सबै पर्यटक भारतीय ट्राभल एजेन्सीमार्फत आउने र सोही दिन भारतमै फर्किने गरेका छन्।

गौतमबुद्धसँग जोडिएको अन्य तीर्थस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छैन। वृहत्तर लुम्बिनीअन्तर्गत पर्ने तिलौराकोट, निग्लिहवा, गोटिहवा, सगरहवा, गौतमबुद्धको मावली देवदह एवं रामग्राममा अधिकांश पर्यटक पुग्नै पाउँदैनन्।

“भारत हुँदै लुम्बिनी आउने पर्यटक समूहलाई भारतीय टुर गाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजान्छन्”, कोषका सूचना अधिकारी बस्नेतले भने, “पर्यटकको लुम्बिनीमा मुख्य गन्तव्य मायादेवी मन्दिर जस्तो मात्र भएको छ, अनि कसरी पर्यटकको बसाइ अवधि लम्बिन्छ ?”, लुुम्बिनी होटल सङ्घ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पछिल्लो समय लुुम्बिनीमा पर्यटकको आगमनमा सुधार भए पनि बिहान आएर बेलुका फर्किने पर्यटक धेरै भएकाले पर्यटन व्यवसाय भने फाइदा लिन नसकेको बताउँछन्।

यसका साथै बुटवल नारायणगढ सडकको कमजोर अवस्थाका कारण धेरै आन्तरिक पर्यटक आउन नचाहेको अध्यक्ष ज्ञवालीले बताए। लुम्बिनीमा धेरै आन्तरिक पर्यटक आउने भनेको काठमाडौँ र पूर्वबाट हो।

तर सडकको अवस्थाका कारण एकदमै कम आएको उनी बताउँछन्। यससँगै पर्यटकको लुम्बिनी बसाइ लम्ब्याउनेतिर योजना बनाउनु जरुरी भएको पर्यटन अध्यक्ष ज्ञवाली बताउँछन्।

“लुम्बिनी आउने पर्यटकलाई अर्को बुद्धस्थल तिलौराकोट र कपिलवस्तुका अन्य बौद्ध गन्तव्यमा पुर्याउने कार्यक्रम बनाउनुपर्छ” उनले भने, “रामग्राम, देवदहसम्म पुग्न त्यता पनि आकर्षण गर्ने प्याकेज बनाउनुपर्छ, लुम्बिनीमा पर्यटक बढे पनि उनीहरूलाई भुलाउने योजना र कार्यक्रमको अभाव छ।”

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १९:५६
##lumbini #kapilbastu #buddha
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार सोमबार, जेठ २५, २०८३
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे बिहीबार, जेठ २१, २०८३
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप बिहीबार, जेठ २१, २०८३
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न आइतबार, जेठ १७, २०८३
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा शनिबार, जेठ ९, २०८३
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः २ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नामी साप्ताहिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्