Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • भेडाबाख्राले भरिने खर्क र बुकी क्षेत्र अहिले उराठलाग्दाे
भेडाबाख्राले भरिने खर्क र बुकी क्षेत्र अहिले उराठलाग्दाे
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस २७, २०८०
Tamankhola Kharka baglung

बागलुङ । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे। तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो।

गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्टाउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।

खास गरी बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन थियो। युवा शक्ति विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पशुपालन पेसा धान्दै आएका छन्। हरेक वर्ष भेडापालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ।

भेडाबाख्रा र गाइभै‌सी पालेरै घरपरिवार धान्नेहरुलाई बुढेसकालले छोयो। नयाँ पुस्ताले शहर बजार रोजेपछि परम्परागत पेसा नै धरापमा पर्ने चिन्ता पुराना पुस्तालाई छ।

तमानखोला गाउँपालिका-५ खुङ्खानीका रनबहादुर सिर्पालीले भेडापालन गर्न थालेको ६५ वर्ष बित्यो। ७३ वर्षको उमेरमा पनि उनले २ सय ५० भन्दा बढी भेडाबाख्रा पाल्दै आएको छ। बाउबाजेबाट सिकेको पेसालाई सिर्पालीले अहिलेसम्म निरन्तरता दिँदै आएको छ।

१५ वर्षअगाडि गाउँमा ४० घरपरिवार भेडापालनमा आबद्ध भए पनि अहिले ५/७ घर मात्रै यो पेसामा रहेको उनको भनाइ छ। अधिकांश स्थानीयले पशुपाल्दा चरनका लागि सोलेडाँडा हुँदै, म्याग्दी, सैलुङ धवलागिरि हिमालको काखसम्म पुग्ने गरेको सुनाउँदै अचेल धेरै टाढा पुग्न नपर्ने सिर्पालीले सुनाउँछन्। घरै अगाडि मोटर गाडी गुड्न थालेपछि स्थानीय घाँस दाउरा गर्न जङ्गल जानुको सट्टा बजार झर्ने गरेको उनको भनाइ छ।

“हामीहरु गोठमै जन्मेउँ, गोठमै हुर्कियौँ र गोठमै काम गर्दै आएका छौँ, हाम्रो पालामा पनि लाहुर जाने भन्ने चलन थियो, तर गइएन, आफ्नो गाउँ छोड्न सकिएन, वर्षौंदेखि पाल्दै आएका वस्तुभाउ छोड्न सकिएन, अहिलेसम्म पनि हामी पशुकै अघिपछि लेक बेंसी गरिरहेका छौँ,” सिर्पालीले भने, “हामीभन्दा पाका मान्छे बितिसके, हामीपछिका गाउँमा कम बस्छन्, हाम्रै दौंतरी मात्रै भेडाबाख्रा पाल्ने गरेका छन्, युवा केटाहरु बजारमै बस्न खोज्छन्, विदेश जान्छु भनेर जान्छन्, ५/७ साल आउँदैनन्, आए पनि वन जङ्गलमा गएर भेडाबाख्रा पाल्दैनन्, हाम्रो परानपछि (मृत्युपछि) गाउँमा भेडाबाख्रा पाल्ने मान्छे नै हुने छैनन्।”

ढोरपाटन नगरपालिका-९ का बुधबहादुर बिक पनि ४२ वर्षदेखि भेडाबाख्रा पालन गर्दै आएको छ। बेलाबेला बिरामी हुने गर्दा अहिले ज्यानले त्यति साथ दिएको छैन। डेढ सय भेडाबाख्रा पाल्दै आएकामा अहिले घटाएर पचासको हाराहारीमा मात्रै छन्।

१० वर्षपहिले करिब ३० घरका छिमेकी पशुपालनमा आबद्ध भए पनि अहिले घटेर निकै कम भएको विकले सुनाए। छोरो नातिले आफूले गर्दै आएको पेसालाई साथ नदिएको भन्दै गाउँका धेरैले कम मात्रामा पशु पाल्ने गरेको उनको भनाइ छ। दशकौँदेखि सयौँको सङ्ख्यामा पशुपालन गर्दै आए पनि अहिलेसम्म राज्यको एक रुपैयाँ पनि अनुदान नलिएको बिकले बताए।

उनले भने, “भेडाबाख्रा पाल्ने, वनजङ्गल गर्ने त टाढैको कुरा भयो, गाउँमा बस्ने मान्छे नै घट्न थालेका छन्, हाम्रो पालामा ६/७ दिन लगाएर खर्क जान्थ्यौँ, खर्कमा बर्खाको पाँच महिना उत्तिकै बिताउँथ्यौँ, रोल्पा रुकुमबाट धेरै गोठालाहरु आउँथे, डाँडापाखा सबै सेताम्य भेडाले ढाकिन्थे, गन्नै नसकिने हुन्थे, अहिले त गोठाला पनि कम भए, भेडाबाख्रा पनि थोरै भएका छन्, पहिलेको जस्तो खर्कहरु रमाइलो छैनन्, घाँसपातको पीर पनि हुँदैन।”

तमानखोलाका रनबहादुर र ढोरपाटनका बुधबहादुर जस्ता थुप्रै गोठाला अहिले नयाँ पुस्ताले परम्परागत पेसा नअङ्गालेकामा निराश छन्। खर्क र उराठिलो बनेका बुकीले पशुचौपायाालाई कुरिरहेका छन्। तर अब तिनीहरुको पर्खाइ पर्खाइमै सीमित हुने निश्चित जस्तो बनेको छ।

किनकि नयाँ पुस्ता बुकीमा पुगेर भेडा चराउनुको साटो विदेश पुगेर अनेक काम गर्न तयार छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले हरेक वर्ष पशुपालनमा किसानलाई आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याइरहेको छ। त्यस्ता कार्यक्रमले दूरदराजका किसानलाई भने छुन सकेको छैन।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले किसानको उत्पादनले उचित मूल्य नपाउने समस्याले गर्दा पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको बताए। केन्द्रले घाँस उत्पादन, दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने, भेडाबाख्रा पालन गर्ने किसानलाई लक्षित गरी घाँस उत्पादन बढाउनाका साथै रोगको समस्याबाट पशुचौपायाालाई बचाउन खोप कार्यक्रमलाई जोड दिएको उनको भनाइ छ।

“पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ, खासगरी विदेश जाने ट्रेनले गर्दा घटेको हो, हामीहरुले किसानलाई प्रोहोत्सान गर्ने कार्यक्रम गरिरहेका छौँ, सानो कार्यक्रम पालिकाबाट गर्ने, ठूलो जिल्लाले गर्ने गरी योजना पनि बनाएका छौँ, नश्ल सुधार गर्ने कार्यक्रमलाई पनि जोड दिएका छौँ,” उनले भने, “हाम्रो मुख्य प्राथमिकता रोग नियन्त्रण गर्नु हो, किसानले दुःख गरेर पशुचौपायाा पाल्नु हुन्छ, समय–समयमा रोगले गर्दा मर्छन् र ठूलो क्षति हुन्छ, त्यसलाई रोक्नका लागि खोप प्रभावकारी हुने हुँदा त्यसतर्फ जोड दिएका छौँ।”

बागलुङमा हाल १ लाख ५० हजार भेडाबाख्रा, १ लाख १० हजार गाई, २४ हजार भैँसी, १० हजार बङ्गुरलगायत पशुचौपायाा रहेको प्रमुख डा सापकोटाले जानकारी दिए। अहिले जिल्लाको दशवटा पालिकामा विभिन्न रोगविरुद्ध खोप लगाउने अभियान सुरु भएको भन्दै गाउँ-गाउँमा पशु प्राधिकि खटाएको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०९:५३
##tamankhola #kharka #baglung
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्