Top Navigation
Main Navigation
मंगलबार, फागुन १२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, फागुन १२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • आमाले कलेजोको टुक्रा दिएर छोरालाई बचाइन
आमाले कलेजोको टुक्रा दिएर छोरालाई बचाइन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, माघ १०, २०८०
liver donor sita bhatta

भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेको छ।

कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएको हो।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए।

उनको नेतृत्वमा चिकित्सकसहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरेको हो। कलेजो झिकेको ६ दिनमा आमा र ९ दिनपछि छोरालाई ‘डिस्चार्ज’ गरिएको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिएका हुन्।

हाल बालक र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा श्रेष्ठको भनाइ छ। “यति सानो बालकको शरीरमा कलेजो प्रत्यारोपण भएको केन्द्रमा यो नै पहिलो पटक हो। चिकित्सा विज्ञानमा कलेजको प्रत्यारोपण सबैभन्दा जटिल प्रत्यारोपणका रुपमा मानिन्छ”, उनले भने।

बालकमा कलेजो प्रत्यारोपणका लागि केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक जनशक्ति, पाटन अस्पतालका बालरोग विशेषज्ञ डा पूजा अमात्यलगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल र डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको सहायता लिइएको उनले बताए।

दाताको काटिएको कलेजो ३ महिनामै ९० प्रतिशतसम्म वृद्धि हुने र दातामा कुनै समस्या नआउने डा श्रेष्ठको भनाइ छ। रिसब बुबा रूपक र आमा सीता भट्टका एक्ला छोरा हुन्।

रिसवलाई सुरुमा बान्ता हुने, वाकवाकी लाग्ने, खाना अपच हुने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो। त्यहाँ जाँच गर्दा उनको कलेजोमा क्यान्सर पहिचान भएपछि कीमोथेरापी दिइएको थियो।

आमा सीताका अनुसार क्यान्सर रोगको पहिचान भएपछि बालकलाई उपचारका लागि भारतका दिल्लीमा लगिएको थियो। तर भारतमा उपचार गर्दा धेरै खर्च भएपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा ल्याएर बालकमा कलेजो प्रत्यारोपण गरिएको हो।

सीताले भने, “क्यान्सर रोग पहिचान भएपछि उपचार गरी पूर्ण निको हुन्छ भन्ने लागेको थिएन, तर यो अस्पतालमा आएपछि मैले कलेजो काटेर दिएँ र छोराले नयाँ जीवन पाउन सक्यो।”

केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालले एउटा कलेजो प्रत्यारोपणका लागि १५ देखि २० लाखसम्मसम्म खर्च हुने बताउ। तर ३ वर्षे बालकको हकमा भने १५ लाख मात्रै अस्पतालले लिएको उनको भनाइ छ। केन्द्रले पहिलो पटक सन् २०१६ डिसेम्बरमा कलेजो प्रत्यारोपण गरेको थियो।

केन्द्रले सुरुको केही वर्ष वार्षिक १/२ वटामा मात्रै कलेजो प्रत्यारोपण गर्दै आएकोमा यस वर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए। केन्द्र स्थापनाको ११ वर्षमा कूल १ हजार १ सय ८८ जनामा मिर्गौला र १८ जनामा कलेजो प्रत्यारोपण भइसकेको उनी बताउँछन्।

केन्द्रले आव २०६९/७० मा १३ जनाको मिर्गौला प्रत्यारोपण, आव २०७०/७१ मा २७ जना, आव २०७१/७२ सालमा ४१ जना, आव २०७/७३ सालमा १ सय १ जनाको मिर्गौला प्रत्यारोपण भएको थियो।

साथै आव २०७३/७४ मा १ सय ३२ जना, आव २०७४/७५ मा १ सय ५३ जना, आव २०७५/७६ मा १ सय ७९ जना, आव २०७६/७७ मा ४९ जना, आव २०७७/७८ मा ४५ जना, आव २०७८/७९ मा १ सय ६० जना, आव २०७९/८० मा १ सय ८६ जना र आव २०८०/८१ मा १ सय १ जनामा मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए।

आर्थिक वर्ष २०७३/७४ बाट कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सोही वर्ष २ जनामा कलेजो प्रत्यारोपण गरेको थियो भने आव २०७४/७५ देखि आव २०७७/७८ मा ४ वर्षमा १/१ जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका थिए। डा श्रेष्ठका अनुसार आव २०७८/७९ मा ३ जनाको, आव २०७९/८० मा २ जनाको र चालु आवमा ७ जनामा कलेजो प्रत्यारोपण भइसकेको छ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २२:१६
##humanliver #liver
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव शनिबार, फागुन ९, २०८२
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ? शनिबार, फागुन २, २०८२
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन शनिबार, माघ १८, २०८२
किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण
किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण बुधबार, माघ १, २०८२
जाडोलाई तह लगाउँने ११ उपाय
जाडोलाई तह लगाउँने ११ उपाय मंगलबार, पुस १५, २०८२
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
  • नंः २ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ३ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ४ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ५ नामी साप्ताहिक
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्