Top Navigation
Main Navigation
सोमबार, वैशाख २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • गीतकार पन्त अमेरिकामै बसेर गीत लेख्छन्
गीतकार पन्त अमेरिकामै बसेर गीत लेख्छन्
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ २५, २०८०
Navaraj Panta

गण्डकी । सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ। उनी भन्छन्, “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो सिर्जनाकर्मको धरातल त्यही हो जहाँ म जन्मे, हुर्के।” पढाइ र रोजगारीका लागि १० वर्षअघि अमेरिका छिरेका पन्तले सिर्जनाको लत पनि सँगसँगै लिएर गए।

प्रवासिनुअगावै उनले लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’लगायत चर्चित गीतमा शब्द रचेको थियो। विसं २०६८ मा सार्वजनिक उक्त गीत नै पन्तले लेखेको पहिलो गीत हो। यसमा वसन्त थापाले सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले स्वर दिएको छ।

सोहीताका चर्चा कमाएको लोकदोहोरी गीत ‘मायालुको सहरमा’ पनि पन्तकै सिर्जना हो। वसन्त थापाको सङ्गीतमा गणेश पौडेल र पूर्णकला बिसीले गाएको उक्त गीतले पनि व्यावसायिक सफलता पायो। ‘डाँडै फुर्के सल्लो’ र ‘मायालुको सहर’ बाट भर्खर गीतकारका रूपमा उदाएका बेला परिस्थितिवश पन्तले देश छाड्नुपर्याे।

पन्त, अमेरिका पुगेपछि पनि गीत सिर्जनाबाट भने टाढिएन। विसं २०७५ जेठतिरको कुरा हो। पन्त बाल्टीमोरस्थित एक कम्पनीमा काम गर्दै थिए। त्यही बेला गायक एवं सङ्गीतकार वसन्त थापाले पन्तसँग नयाँ गीत मागे। आफ्ना सबैभन्दा श्रद्धायोग्य सङ्गीतकारले भनेपछि गीत नलेख्नु पनि कसरी ! पन्त केहीबेर घोत्लिए। छिनभरमै फुर्‍यो ‘सालको पातको टपरी...’।

“गुन्गुनाउँदै काम गर्दै थिएँ, एक्कासी गीतको थेगो फुर्याे। कागजको चिर्पेटोमा शब्द उतारेँ”, पन्तले भने, “कामबाट कोठामा फर्केपछि गीतलाई साफी गरेर सङ्गीत भर्न वसन्त दाइलाई पठाएँ, पहिले थेगो लेखेपछि बल्ल ‘सालको पातको टपरी...’ को धुन तयार भएको थियो।” पराइ भूमिमा बसेर लेखेको त्यही गीतले पन्तलाई गीतकारका रूपमा थप उचाइ दियो।

गीतकार पन्तको शब्द रचना, सङ्गीतकार वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध उक्त गीत नेपाली लोकसङ्गीतमा इतिहास रच्न सफल गीत हो।

जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको लोकदोहोरी गीतमा मानिन्छ। अहिलेसम्म उक्त गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा ९ करोड २० लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ।

प्रायः गीतमा रचनाकारबारे उतिसाह्रो चासो नलिने र गीतकार आझेलेमा पर्ने प्रवृत्तिबीच ‘सालको पातको टपरी’ सार्वजनिक हुँदा गीतकार पन्तका विषयमा सङ्गीतवृत्तमा पनि उत्तिकै चर्चा चल्यो। उक्त गीत सफल हुनुमा शब्द, सङ्गीत र स्वर गरी तीनै पक्षको भूमिका रहेको भन्दै प्रशंसा भएको थियो।

“मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढावलाई मैले कथानक बनाएर गीतमा उतारेँ। वसन्त दाइले जीवन्त सङ्गीत दिनुभयो। कुलेन्द्र विश्वकर्मा र विष्णु माझीजस्ता मुर्धन्य गायकगायिकाको स्वरले गीत सबैको मनप्रिय बन्यो”, गीतकार पन्तले भने।

गीतकारका रूपमा पन्तले मात्र नभएर सङ्गीतकार र गायकगायिकाले पनि पटकपटक सामना गरिरहेको प्रश्न हो, ‘सालको पातको टपरी’ जत्तिकै अर्को गीत कहिले आउँछ? “सालको पातकै टिम मिलेर नयाँ गीतमा काम गरिरहेका छौँ, नयाँ प्रयोग गर्न खोजेका छौँ, हेरौँ कति सफल भइन्छ”,  गीतकार पन्तले भने, “कुनै गीत सर्वाधिक चलेपछि अवश्य पनि त्यसपछिका गीतमा काम गर्दा कुनैपनि सर्जक र गायकगायिकालाई अझ राम्रो गर्न मनोवैज्ञानिक दबाब त हुन्छ नै, त्यो मैले पनि महसुस गरेको छु।” ‘सालको पातको टपरी’ लेख्दा पनि यति सफल होला भनेर आफूले नसोचेको उनले बताए।

पन्तको शब्द, वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा आउन लागेको नयाँ गीत हो ‘माहुरी भिरैमा’। शब्द र भाकाले पूर्णता पाइसकेको र अहिले काठमाडौँको स्टुडियोमा सङ्गीत संयोजनको काम भइरहेको पन्तले जानकारी दिए।

बाल्टीमोरमा मेकानिकल इन्जिनियरिङ विषय पढिरहनुभएका पन्तले आफूलाई बालापनदेखि नै गीतसङ्गीतमा अभिरुचि जागेको बताए। “सानो छँदा सुनेको बमबहादुर कार्कीको ‘नरोउनरोउ हे दुलही’बाट म असाध्यै प्रभावित भएको थिएँ। गाईगोरु, बाख्रा लिएर वनपाखा जाँदा, घाँसदाउरा गर्दा भगवान भण्डारी, विष्णु खत्रीलगायतका गीत धेरै सुन्थ्यौँ”, उनले भने।

गायक तथा सङ्गीतकार वसन्त थापा, गायक कुलेन्द्र विश्वकर्मा, गीतकार प्रल्हाद सुवेदीलगायतसँगको सङ्गतले आफूलाई गीत लेखनमा प्रेरित गरेको उनले बताए। अग्रजको प्रेरणा, सिर्जनाप्रतिको कठोर मेहनत र निष्ठाका कारण गीत लेखनमा सफलता मिलेको हो।

बागलुङको बागलुङ नगरपालिका-१२ अमलाचौरमा जन्मिएका पन्तले अमेरिका बसेर ‘सालको पातको टपरी’, ‘कुन्नी कसले लग्यो’, ‘पानपाते ठूली’, ‘एक्लो सिमल’ ‘रानी महल’, ‘आँखी गाजल’ लगायत कैयन गीत रचना गरेको छ। “कला र गीतसङ्गीतको सिमाना नहुनेरहेछ। न त कुनै भूगोलले सिर्जनाकर्म रोक्न नै सक्दोरहेछ”, ३४ वर्षीय पन्तले भने, “जिजीविषाले जहाँ पुगे पनि मेरो गीत लेखन र अरु सिर्जनाकर्मको जमिन भनेको त्यही गाउँघर र परिवेश हो।”

कुनै घटना, विषय र परिवेशले आफूमा गीत लेखनको मनस्थिति तयार हुने गरेको पन्तले सुनाए। काठमाडौँबाट घरको यात्रामा थिएँ, दमौली नजिक पुग्दा पारी पाखामा एक्लो रुख र घर देखेँ, त्यो दृश्यले मलाई उद्देलित बनायो, त्यसैलाई भावभूमि बनाएर गीत रचे ‘डाँडै फुर्के सल्लो’ जुन गीत एकदमै रुचाइयो पनि”, उनले भने।

कङ्क्रिटको सहरमा बसेर पनि नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई शब्दमा टिप्न पन्त सिपालु छन्। उनी प्रकृतिको धुन र लोकका सुस्केरालाई सुटुक्क टिप्छन् र शब्दमा प्राण भर्छन्।

चाहे त्यो पञ्चेबाजामा होस् या सुनिमाया भाकामै किन नहोस्। पन्तले गायक ईश्वर सिंहसँग मिलेर बागलुङको गलकोटमा प्रचलित मौलिक ‘सुनिमाया’ भाकामा गीत ल्याउन लागेको बताए।

चलनचल्तीका लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेखेको छ। पन्तको मूल सिर्जनाकर्म गीत लेखन हो।

फुटकर रूपमा कविता, गीतलगायत साहित्यिक विधामा पनि कलम चलाउँछन्। “भौतिकरूपमा मेरो उपस्थिति जहाँ रहेपनि म सिर्जनात्मक दृष्टिले नेपालदेखि टाढा छैन, चाहेर पनि अब लोकसङ्गीतप्रतिको प्रेम र समर्पणबाट अलग हुन सक्दिनँ”, पन्तले भने।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:१६
##nawarajpanta
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
विचार
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्