Top Navigation
Main Navigation
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • गीतकार पन्त अमेरिकामै बसेर गीत लेख्छन्
गीतकार पन्त अमेरिकामै बसेर गीत लेख्छन्
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ २५, २०८०
Navaraj Panta

गण्डकी । सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ। उनी भन्छन्, “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो सिर्जनाकर्मको धरातल त्यही हो जहाँ म जन्मे, हुर्के।” पढाइ र रोजगारीका लागि १० वर्षअघि अमेरिका छिरेका पन्तले सिर्जनाको लत पनि सँगसँगै लिएर गए।

प्रवासिनुअगावै उनले लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’लगायत चर्चित गीतमा शब्द रचेको थियो। विसं २०६८ मा सार्वजनिक उक्त गीत नै पन्तले लेखेको पहिलो गीत हो। यसमा वसन्त थापाले सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले स्वर दिएको छ।

सोहीताका चर्चा कमाएको लोकदोहोरी गीत ‘मायालुको सहरमा’ पनि पन्तकै सिर्जना हो। वसन्त थापाको सङ्गीतमा गणेश पौडेल र पूर्णकला बिसीले गाएको उक्त गीतले पनि व्यावसायिक सफलता पायो। ‘डाँडै फुर्के सल्लो’ र ‘मायालुको सहर’ बाट भर्खर गीतकारका रूपमा उदाएका बेला परिस्थितिवश पन्तले देश छाड्नुपर्याे।

पन्त, अमेरिका पुगेपछि पनि गीत सिर्जनाबाट भने टाढिएन। विसं २०७५ जेठतिरको कुरा हो। पन्त बाल्टीमोरस्थित एक कम्पनीमा काम गर्दै थिए। त्यही बेला गायक एवं सङ्गीतकार वसन्त थापाले पन्तसँग नयाँ गीत मागे। आफ्ना सबैभन्दा श्रद्धायोग्य सङ्गीतकारले भनेपछि गीत नलेख्नु पनि कसरी ! पन्त केहीबेर घोत्लिए। छिनभरमै फुर्‍यो ‘सालको पातको टपरी...’।

Nepal Oil Corporation

“गुन्गुनाउँदै काम गर्दै थिएँ, एक्कासी गीतको थेगो फुर्याे। कागजको चिर्पेटोमा शब्द उतारेँ”, पन्तले भने, “कामबाट कोठामा फर्केपछि गीतलाई साफी गरेर सङ्गीत भर्न वसन्त दाइलाई पठाएँ, पहिले थेगो लेखेपछि बल्ल ‘सालको पातको टपरी...’ को धुन तयार भएको थियो।” पराइ भूमिमा बसेर लेखेको त्यही गीतले पन्तलाई गीतकारका रूपमा थप उचाइ दियो।

गीतकार पन्तको शब्द रचना, सङ्गीतकार वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध उक्त गीत नेपाली लोकसङ्गीतमा इतिहास रच्न सफल गीत हो।

जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको लोकदोहोरी गीतमा मानिन्छ। अहिलेसम्म उक्त गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा ९ करोड २० लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ।

प्रायः गीतमा रचनाकारबारे उतिसाह्रो चासो नलिने र गीतकार आझेलेमा पर्ने प्रवृत्तिबीच ‘सालको पातको टपरी’ सार्वजनिक हुँदा गीतकार पन्तका विषयमा सङ्गीतवृत्तमा पनि उत्तिकै चर्चा चल्यो। उक्त गीत सफल हुनुमा शब्द, सङ्गीत र स्वर गरी तीनै पक्षको भूमिका रहेको भन्दै प्रशंसा भएको थियो।

“मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढावलाई मैले कथानक बनाएर गीतमा उतारेँ। वसन्त दाइले जीवन्त सङ्गीत दिनुभयो। कुलेन्द्र विश्वकर्मा र विष्णु माझीजस्ता मुर्धन्य गायकगायिकाको स्वरले गीत सबैको मनप्रिय बन्यो”, गीतकार पन्तले भने।

गीतकारका रूपमा पन्तले मात्र नभएर सङ्गीतकार र गायकगायिकाले पनि पटकपटक सामना गरिरहेको प्रश्न हो, ‘सालको पातको टपरी’ जत्तिकै अर्को गीत कहिले आउँछ? “सालको पातकै टिम मिलेर नयाँ गीतमा काम गरिरहेका छौँ, नयाँ प्रयोग गर्न खोजेका छौँ, हेरौँ कति सफल भइन्छ”,  गीतकार पन्तले भने, “कुनै गीत सर्वाधिक चलेपछि अवश्य पनि त्यसपछिका गीतमा काम गर्दा कुनैपनि सर्जक र गायकगायिकालाई अझ राम्रो गर्न मनोवैज्ञानिक दबाब त हुन्छ नै, त्यो मैले पनि महसुस गरेको छु।” ‘सालको पातको टपरी’ लेख्दा पनि यति सफल होला भनेर आफूले नसोचेको उनले बताए।

पन्तको शब्द, वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा आउन लागेको नयाँ गीत हो ‘माहुरी भिरैमा’। शब्द र भाकाले पूर्णता पाइसकेको र अहिले काठमाडौँको स्टुडियोमा सङ्गीत संयोजनको काम भइरहेको पन्तले जानकारी दिए।

बाल्टीमोरमा मेकानिकल इन्जिनियरिङ विषय पढिरहनुभएका पन्तले आफूलाई बालापनदेखि नै गीतसङ्गीतमा अभिरुचि जागेको बताए। “सानो छँदा सुनेको बमबहादुर कार्कीको ‘नरोउनरोउ हे दुलही’बाट म असाध्यै प्रभावित भएको थिएँ। गाईगोरु, बाख्रा लिएर वनपाखा जाँदा, घाँसदाउरा गर्दा भगवान भण्डारी, विष्णु खत्रीलगायतका गीत धेरै सुन्थ्यौँ”, उनले भने।

गायक तथा सङ्गीतकार वसन्त थापा, गायक कुलेन्द्र विश्वकर्मा, गीतकार प्रल्हाद सुवेदीलगायतसँगको सङ्गतले आफूलाई गीत लेखनमा प्रेरित गरेको उनले बताए। अग्रजको प्रेरणा, सिर्जनाप्रतिको कठोर मेहनत र निष्ठाका कारण गीत लेखनमा सफलता मिलेको हो।

बागलुङको बागलुङ नगरपालिका-१२ अमलाचौरमा जन्मिएका पन्तले अमेरिका बसेर ‘सालको पातको टपरी’, ‘कुन्नी कसले लग्यो’, ‘पानपाते ठूली’, ‘एक्लो सिमल’ ‘रानी महल’, ‘आँखी गाजल’ लगायत कैयन गीत रचना गरेको छ। “कला र गीतसङ्गीतको सिमाना नहुनेरहेछ। न त कुनै भूगोलले सिर्जनाकर्म रोक्न नै सक्दोरहेछ”, ३४ वर्षीय पन्तले भने, “जिजीविषाले जहाँ पुगे पनि मेरो गीत लेखन र अरु सिर्जनाकर्मको जमिन भनेको त्यही गाउँघर र परिवेश हो।”

कुनै घटना, विषय र परिवेशले आफूमा गीत लेखनको मनस्थिति तयार हुने गरेको पन्तले सुनाए। काठमाडौँबाट घरको यात्रामा थिएँ, दमौली नजिक पुग्दा पारी पाखामा एक्लो रुख र घर देखेँ, त्यो दृश्यले मलाई उद्देलित बनायो, त्यसैलाई भावभूमि बनाएर गीत रचे ‘डाँडै फुर्के सल्लो’ जुन गीत एकदमै रुचाइयो पनि”, उनले भने।

कङ्क्रिटको सहरमा बसेर पनि नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई शब्दमा टिप्न पन्त सिपालु छन्। उनी प्रकृतिको धुन र लोकका सुस्केरालाई सुटुक्क टिप्छन् र शब्दमा प्राण भर्छन्।

चाहे त्यो पञ्चेबाजामा होस् या सुनिमाया भाकामै किन नहोस्। पन्तले गायक ईश्वर सिंहसँग मिलेर बागलुङको गलकोटमा प्रचलित मौलिक ‘सुनिमाया’ भाकामा गीत ल्याउन लागेको बताए।

चलनचल्तीका लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेखेको छ। पन्तको मूल सिर्जनाकर्म गीत लेखन हो।

फुटकर रूपमा कविता, गीतलगायत साहित्यिक विधामा पनि कलम चलाउँछन्। “भौतिकरूपमा मेरो उपस्थिति जहाँ रहेपनि म सिर्जनात्मक दृष्टिले नेपालदेखि टाढा छैन, चाहेर पनि अब लोकसङ्गीतप्रतिको प्रेम र समर्पणबाट अलग हुन सक्दिनँ”, पन्तले भने।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:१६
##nawarajpanta
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
दिदीभाइको कथानकतामा गजबको गीत  सार्वजनिक
दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक शनिबार, असार २१, २०८२
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा बुधबार, असार १८, २०८२
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक शनिबार, जेठ ३२, २०८२
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक बुधबार, जेठ २९, २०८२
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान शनिबार, जेठ ११, २०८२
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।। आइतबार, जेठ ५, २०८२
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन आइतबार, जेठ ५, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्