Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • भारी बाेकेर कमाएकाे पैसाले विद्यालय स्थापना गर्ने महान व्यक्तित्व सुवास तामाङ
भारी बाेकेर कमाएकाे पैसाले विद्यालय स्थापना गर्ने महान व्यक्तित्व सुवास तामाङ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ २७, २०८०
subash tamang bhojpur

भोजपुर । सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय सुवास तामाङले गाउँमा नै विद्यालयले स्थापना गरेको छ।

पै‌तिस वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका-९ बैदर भञ्याङमा विद्यालय स्थापना गरेको हो।

उनले विसं २०४६ मा चित्राले बारेर विद्यालय सञ्चालन गरेको थियो। उनले लालीगुँरास प्राथमिक विद्यालय स्थापना गरेर कक्षा ५ सम्मको पठाई थालेको थियो।

त्यसपछि उनले विसं २०५१ मा चन्द्रसूर्य माध्यमिक विद्यालय स्थापना गरेर कक्षा ६ देखि १० सम्म सञ्चालन गरे। विसं २०६८ चैतदेखि दुई विद्यालयलाई गाभेर चन्द्र सूर्य माध्यमिक विद्यालय बनाइएको उनले जानकारी दिए।

तत्कालीन समयमा विदेशी पर्यटकको भारी बोक्ने काम गर्ने तामाङले विदेशीबाट चन्दा सङ्कलन तथा आफूले भारी बोकेर कमाएको पैसाले यो स्थानमा दुई विद्यालय स्थापना गरेको बताए।

त्यो समयमा यहाँका शिक्षकलाई उनले नै तलब दिए। विद्यालय स्थापना गरेको १८ वर्षसम्म आफैँले रकम सङ्कलन गरेर तलब खुवाएको उनको भनाइ छ। आफ्ना पिता लघुसिंह तामाङले देखेको सपनालाई पूरा गर्न धेरै दुःख र सङ्घर्षले विद्यालय स्थापना गर्न सफल भएको उनले बताए।

“मेरो पिताको यो स्थानमा विद्यालय स्थापना गर्ने सपना थियो”, उनले भने, “तर उहाँको देहावसान भयो, पिताको सपनालाई साकार पार्न यो काममा जुटे र स्थापना गर्न पनि सफल भएँ, भारी बोकेर ल्याएको पैसाले मैले सुरुमा चित्राले बारेर विद्यालय चलाएको थिए, भारी बोक्ने क्रममा विदेशीलाई मेरो योजना सुनाएँ, त्यसपछि उनीहरुले मलाई थप सहयोग पनि गरे।”

विद्यालयका लागि आफूले दुई पटक गरेर ७८ रोपनी जग्गा निःशुल्क दिएको तामाङले बताए। पछिल्लो समयमा दिएको सात रोपनी जग्गामा हालको चन्द्र सूर्य मावि सञ्चालन भइरहेको छ।

बाँकी ७१ रोपनी जग्गा पनि विद्यालयले भोगचलन गरिरहेको उनले बताए। “म सामान्य परिवारमा जन्मेको मान्छे हुँ”, उनले भने, “तर यहाँ विद्यालय नहुँदा भोगेको दुःखलाई मैले नजिकबाट नियालेको थिएँ, विद्यालय स्थापना गरी छाड्ने अठोटका साथ अघि बढे, काम गर्दै जाने क्रममा अहिले सफल पनि भए, गाउँका बालबालिकाले अहिले घरको खाना खाएर शिक्षा लिन पाएका छन्, त्यो देख्दा गर्वले छाती फुल्छ।” सरकारले विद्यालयको स्वामित्व लिएसँगै ६ वर्षअघिबाट विद्यालय सञ्चालनको भार कम भएको उनले सुनाए।

तामाङले सुरुआत गरेर सञ्चालन भइरहेको विद्यालयको कोशी प्रदेशका प्रदेशसभा सदस्य विनोद बान्तावाले पनि अनुगमन गरेको छ। आफ्नो ठाउँको शैक्षिक सुधारका लागि समाजसेवी तामाङले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनले बताए। “समाजका लागि उहाँले गरेको काम उदाहरणीय छ”, बान्तावाले भने, “भारी बोकेर योसम्मको काम गर्नु सामान्य कुरा होइन, यस्ता मान्छेको कामलाई हामीले कदरसँगै अनुसरण गर्न आवश्यक छ।”

यो विद्यालयमा हाल करिब ३ सय विद्यार्थी अध्ययनरत रहेको स्थानीय तथा विद्यालयका शिक्षक कुसुम तामाङले बताए। भौगोलिक रुपमा विकट मानिने स्थानमा विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको उनी बताउँछन्।

“यहाँ विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको छ”, शिक्षक तामाङले भने, “अहिले तीन सयको हारहारीमा बालबालिका बढ्दै आएका छन्, उहाँले पुर्याउनु भएको योगदानलाई समाजले भुल्नु हुँदैन, यो एउटा उदाहरणीय काम हो।”

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:५४
##subashtamanga #shubashtamang #bhojpur
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ? आइतबार, जेठ २४, २०८३
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव सोमबार, जेठ ११, २०८३
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ सत्ताको बहुमत, सदनमा अल्पमत
  • नंः ३ बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
  • नंः ४ देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ?
  • नंः ५ याे देशमा न्याय छैन, उदाहरणकाे लागि माइतिघर गएर हेरे हुन्छ
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्